Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #इरान_इजरायल
  • #जनकराज_गिरी
  • #इन्दिरा मानन्धर
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #खखडेहरा_पर्व
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बजेट अधिवेशनबाट पारित होला त सय संख्या खारेज गर्ने विधेयक ?
बजेट अधिवेशनबाट पारित होला त सय संख्या खारेज गर्ने विधेयक ?
ममता थापा
ममता थापा मंगलबार, वैशाख ९, २०८२

काठमाडौं– संघीय संसद्को बजेट अधिवेशन सुरु हुन लाग्दा सय संख्याको प्रावधान खारेज गर्ने वैदेशिक रोजगारसम्बन्धी विधेयक पारित हुनेमा आशंका देखिएको छ । बजेट अधिवेसनमा बजेटकै विषयले प्राथमिकता पाउने हुँदा वैदेशिक रोजगारसम्बन्धी उक्त विधेयक संसद्को प्राथमिकता सूचीमा पर्ने सम्भावना न्यून देखिएको हो । 

शिक्षा ऐन माग गर्दै शिक्षकहरुले लगातार राजधानीमा आन्दोलन गरिरहँदासमेत सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षा विधेयक प्राथमितामा नपर्ने बताइसकेका छन् । उनले बजेट अधिवेशनमा बजेटकै विषयले प्राथमिकता पाउने हुँदा अन्य विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउन सम्भावना नहुने बताएका छन् । सभामुखको यस्तो अभिव्यक्तिले पनि वैदेशिक रोजगारसम्बन्धीको उक्त विधेयक यही १२ वैशाखबाट सुरु हुने बजेटबाट पारित हुनेमा आशंका बढाएको हो ।

ऐनमा संशोधन भइसकेको छ । असारअघि नै विधेयक पारित हुन्छ । व्यवसायीले ढुक्क भएर संस्था नवीकरण गर्न पाउने छन् ।
जीवन परियार
प्रतिनिधिसभा सदस्य

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्राथमिकताका साथ उठाउँदै आएको यो विषय आगामी असारसम्म जसरी पनि टुंगोमा पु¥याउन संघको नवनिर्वाचित नेतृत्व लागिपरेका छन् । संघको गत चैत २९ गते सम्पन्न साधारणसभामा १०० संख्याको बाध्यात्मक व्यवस्था हटाउने प्रतिबद्धता जनाएका कारण पनि संघको नयाँ कार्यसमितिमाथि दबाब छ । 

Hardik health

संघका अध्यक्ष भुवन गुरुङ असारसम्म जसरी पनि संसद्बाट उक्त विधेयक पारित गराउन सरोकारवालाहरुसँग छलफल अगाडि बढाइएको बताउँछन् । संसद्बाट विधेयक पारित गराएर सबै व्यवसायीको एकैपटक नवीकरण गर्ने वातावरण बनाउने उनले बताए । ‘यो विषयलाई प्राथमिकतामा राखेर छलफल तीव्र बनाएका छौं,’ अध्यक्ष गुरुङले प्रभावसँग भने, ‘व्यवसायीलाई यो बाध्यात्मक अवस्थाबाट मुक्त गराउन हामी लागिरहेका छौं ।’

संसदीय सुनुवाइ समितिका सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य जीवन परियारले यो प्रावधान संशोधन भइसकेकाले छिट्टै पारित हुने दाबी गरे । असारअघि नै विधेयक पारित हुने भएकाले व्यवसायीले ढुक्क भएर संस्था नवीकरण गर्न पाउने उनले आश्वासन दिए । ‘यससम्बन्धी ऐन पारित हुँदै छ । यो व्यवस्था संशोधन भइसकेको छ । अब बस्ने सदनबाट विधेयक पारित हुन्छ,’ सांसद परियारले प्रभावसँग भने । 

सरोकारवालाले विधेयक पारित हुने आश्वासन दिइरहँदा अधिकांश व्यवसायी यसमा विश्वस्त हुन सकेका छैनन् । म्यानपावर कम्पनी नवीकरणका लागि एक वर्षभित्र कम्तीमा १०० जना कामदार पठाउनुपर्ने बाध्यात्मक व्यवस्थाले फेरि अप्ठ्यारोमा पार्ने त्रास उनीहरुमा देखिन्छ । गत हिउँदे अधिवेसनबाटै यो प्रावधान खारेज गर्ने विधेयक पारित गराउन संघले दबाब दिएको थियो । तर, त्यो सम्भव भएन ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा १३ मा तोकिएको संख्या नपु¥याउने कम्पनीलाई खारेज गर्न सक्ने प्रावधान छ । अघिल्लोपटक सय संख्या नपुग्दा श्रममन्त्री शरतसिंह भण्डारीको सिफारिसमा अन्तिम एक पटकका लागि भन्दै बाधा अड्काउ फुकाउने व्यवस्थाको प्रयोग गर्नुपरेको थियो । मन्त्रिपरिषद्ले श्रममन्त्रीको सिफारिसमा वैदेशिक रोजगार ऐन, २०६४ को दफा (१३) को उपदफा (२)को खण्ड घ को(२) अनुसार आर्थिक वर्ष २०७९/८० र २०८०/८१ गरी दुई वर्षमा वार्षिक न्यूनतम १०० जना श्रमिक वैदेशिक रोजगारीमा पठाउन नसकेर खारेज हुने अवस्थामा रहेका म्यानपावर नवीकरणको बाटो खुलाएको थियो ।

सय संख्या खारेजीको विषयलाई प्राथमिकतामा राखेर छलफल तीव्र बनाएका छौं । व्यवसायीलाई यो बाध्यात्मक अवस्थाबाट मुक्त गराउन हामी निरन्तर लाग्छौं ।
भुवनसिंह गुरुङ
अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

त्यतिबेला करिब २५० वटा म्यानपावर खारेज हुनबाट जोगिएका थिए । त्यसभन्दा अघि २०७८ सालमा पनि व्यवसायीहरुले तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरसमक्ष लबिइङ गरेपछि अन्तिमपटकका लागि भन्दै बाधा अड्काउ फुकाउ प्रयोग गरिएको थियो । 

तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित गर्न भन्दै २०७५ सालमा प्रत्येक वर्ष कम्तीमा १०० जना कामदार पठाउन नसक्ने म्यानपावर कम्पनी खारेज हुने व्यवस्था कार्यान्वयनमा ल्याएका थिए । आफूहरुको विरोधकाबीच उक्त व्यवस्था ल्याएको भन्दै व्यवसायीले खारेजीको माग गर्दै आएका छन् । व्यवसाय सञ्चालन गरे पनि यति नै काम गर्नुपर्छ भनेर सरकारले बाध्य बनाउन नपाउने व्यवसायीहरुको भनाइ छ ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
खाडी राष्ट्रहरुबाट फर्कन चाहने सूचीमा ५४ हजारभन्दा बढी, युएई अग्रस्थानमा
खाडी राष्ट्रहरुबाट फर्कन चाहने सूचीमा ५४ हजारभन्दा बढी, युएई अग्रस्थानमा मंगलबार, फागुन २६, २०८२
‘रिटर्नी’ व्यवस्थापनमा नयाँ सरकारलाई चुनौती
‘रिटर्नी’ व्यवस्थापनमा नयाँ सरकारलाई चुनौती सोमबार, फागुन २५, २०८२
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस् शुक्रबार, फागुन २२, २०८२
द्वन्द्वले त्रासमा मध्यपूर्वका नेपाली
द्वन्द्वले त्रासमा मध्यपूर्वका नेपाली बुधबार, फागुन २०, २०८२
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस मंगलबार, फागुन १९, २०८२
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री आइतबार, फागुन १७, २०८२
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन आइतबार, फागुन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
भोट के मा ? 
भोट के मा ? 
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP