Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
विचार
  • Home
  • विचार
  • आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम
आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ८, २०८२
डा शेरबहादुर पुन

“यो वर्ष कुन सङ्क्रमण प्रकोप÷महामारीका रुपमा देखिएला ?” यो प्रश्नको तत्काल सटिक उत्तर त नहोला तर विगतको अनुभव अनि कमजोरीबाट भने सम्भावित सङ्क्रमण महामारीको अनुमान गर्न भने सकिन्छ । नेपालले बर्सेनि विशेषतः मनसुनको समयमा कुनै न कुनै प्रकोपको सामना गर्दै आइरहेको इतिहास छ ।

यसमा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले थप समस्या दिएको देखिन्छ । एक दशकअगाडिसम्म पानीजन्य सङ्क्रमणको महामारी बढी देखिने गर्दथ्यो भने पछिल्ला केही वर्षयता तुलनात्मक रुपमा कीटजन्य रोगले तीव्र गति लिइरहेको देखिन्छ ।

यद्यपि पानीजन्य सङ्क्रमणको जोखिमपूर्ण रुपमा नियन्त्रणमा आइसकेको भन्न खोजिएको भने होइन । अब चाँडो नेपालमा मनसुनको प्रवेश हुँदै गर्दा मौसमी महामारीको जोखिम पनि बढ्दै गइरहेको छ । विगतका अनुभवहरुका आधारमा सम्भावित महामारीको विश्लेषण यहाँ गर्न खोजिएको हो ।  

डेङ्गु
केही दिनअगाडि समकक्षीहरुसँग बसिरहेको बेला लामखुट्टे अघिपछि गरिरहेको थियो । मनसुन भित्रिसकेको त छैन तर लामखुट्टे सक्रिय हुनु केही अस्वाभाविक तर बढी चिन्ताको विषय भने पक्कै मान्नु पर्दछ । स्मरण रहोस्, सन् २०१९ मा धरानमा डेङ्गु अचानक फैलँदा नेपालमा मनसुन प्रवेश गरिसकेको अवस्था थिएन । अर्थात् त्यो बेला बेमौसमी झरी पर्दा लामखुट्टेको अस्वाभाविक वृद्धि अनि एकपछि अर्काे जिल्ला हुँदै डेङ्गु अन्तत्वोगत्वा काठमाडौँसम्म आइपुग्दा काठमाडौँवासीले पहिलोपटक डेङ्गुको ठूलो चुनौतीको सामना गर्नु परेको थियो ।

Hardik health

आधिकारिक तथ्याङ्कलाई हेर्ने हो भने हाल केही वर्षयता लगभग १२ महिनाजसो डेङ्गु देखिन थालेको छ  । ठूलो र लामो महामारीको रुप लिने हो भने मनसुन सुरु भएदेखि नै डेङ्गु फैलन थाल्ने गरेको अनि कुनै निश्चित ठाउँमा प्रकोपको रुप लिँदा भने ‘पोष्ट मनसुन’ अर्थात् दसैँ–तिहार पछि डेङ्गु देखिने गरेको लेखकको अनुभव छ । सन् २०२२ मा डेङ्गुले काठमाडौँमा विनाशकारी महामारी निम्त्याएको थियो । यो सन् २०१९ पछि तीन वर्षको अन्तरालमा देखिएको सबैभन्दा ठूलो महामारी थियो । नेपालको तथ्याङ्कलाई हेर्ने हो भने दुईदेखि तीन वर्षको अन्तरालमा डेङ्गुले प्रकोप÷महामारीको स्वरुप लिने गरेको छ ।

प्रत्येक महामारीसँगै भाइरसको सङ्क्रामकता, आक्रमकता र जटिलता पनि बढ्दै गएको देखिन्छ । यसर्थ पनि अब काठमाडौँमा डेङ्गुले कुनै पनि समयमा नयाँ महामारीको लहर निम्त्याउन सक्ने प्रबल सम्भावनालाई नकार्न सकिँदैन । र, त्यो विगतको भन्दा अझ बृहत् नहोला भन्न सकिँदैन । तर, दुर्भाग्य नै भन्नुपर्छ कि हामीले अझ पनि डेङ्गु रोक्ने उपायहरुलाई गम्भीरताका साथ लिने वा नियन्त्रणका लागि पर्याप्त प्रयास गरेको भने देखिँदैन ।

स्क्रब टाइफस 

यो रोग ‘ओरिएनटा सुसुगामुसी’ नामक ब्याक्टेरियाका कारणले हुने गर्दछ । यो चिगर माइट नामक किर्नाको टोकाइका कारणबाट हुने कीटजन्य रोग हो । सन् २०१५ मा केही बालबालिकाको मृत्यु स्क्रब टाइफसले भएको प्रमाणित भएपछि यसले नेपालमा विशेष चर्चा पाएको हो । कतिपयले २०७२ सालको भूकम्पले गर्दा यो रोग फैलिएको÷देखिएको भने तापनि यो ब्याक्टेरिया दुई दशकअगाडि नै नेपालमा देखिइसकेको अध्ययन–अनुसन्धानहरुले देखाएका छन् । तर, धरान घटनाअगाडिसम्म स्क्रब टाइफस नियमित परीक्षणमा समावेश नहुने हुँदा यसको अवस्थाका बारेमा सन् २०१५ अगाडि अनभिज्ञ नै देखिन्छ ।

नेपालमा बर्सेनि विशेष गरेर मनसुन ‘सिजन’मा स्क्रब टाइफसको सक्रियता बढी देखिने गरेको अस्पताल तथ्याङ्कहरुले देखाउँछन् । केहीको उपचारमा ढिलाइ हुँदा वा उपचारका क्रममा मृत्युसमेत हुने गरेको देखिन्छ । विशेषतः गाउँघरतिर अथवा वनजङ्गल जाँदा (घाँसदाउरा काट्न जाँदा) अथवा पछिल्लो समय शहरमा हाइकिङमा जाने बढ्दो प्रचलनले पनि स्क्रब टाइफसको जोखिम बढेको देखिन्छ । कुनै कारणले अग्ला वा ठूला झाडीमा वा घाँसेमैदानको सम्पर्कमा आउँदा मानिसमा चिगर माइट टाँसिने अनि त्यसले टोक्ने गर्दछ र स्क्रब टाइफस रोगको सम्भावना बढेर जाने गर्दछ । अहिले पनि धेरैले ज्वरोलाई बेवास्ता गर्दा स्क्रब टाइफसले जटिल अवस्था लिएको देखिन्छ । स्क्रब टाइफससम्बन्धी जानकारीलाई अझै प्रभावकारी रुपमा प्रचार गर्नुपर्ने खाँचो छ । 

हैजा 
दुई दशकअगाडि काठमाडौँमा हैजाका बिरामी नियमित जस्तो देखिन्थे । नियमित मात्र होइन मनसुन सुरु भएसँगै अस्पताल नै भरिभराउ हुने गर्दथ्यो । घण्टा बित्न नपाउँदै ४०÷५० जना अस्पताल भर्ना हुन आउने गरेको लेखकको अनुभव छ । हाल त्यो भयावह अवस्था छैन तर हैजालाई नेपालमा इतिहासमा सीमित राख्न सकेको अवस्था पनि छैन । काठमाडौँमा अहिले पनि हैजा नियमित जस्तो देखिने गरेको पाइन्छ । केही वर्षपहिले हैजाका कारणले नवलपरासीमा केही बिरामीको मृत्यु भएको थियो । हैजा कडा भएको अवस्थामा पनि तुरुन्तै उपचार पाए मृत्युको सम्भावनालाई घटाउन सकिन्छ ।

तर, भौगोलिक रुपमा विकट एवं दुर्गम ठाउँहरुमा जटिल प्रकृतिको हैजा देखिए त्यसबाट व्यक्तिको मृत्यु पनि हुने सम्भावना रहन्छ । किनभने त्यस्ता ठाउँबाट बिरामीलाई सुविधासम्पन्न अस्पतालसम्म समयमा ल्याउन कठिन हुने गर्दछ । जस्तै, सन् २००९ को अप्रिल–जुलाई महिनामा जाजरकोटमा १११ जनाको हैजाका कारण ज्यान गयो । जाजरकोटमा धेरै पटक हैजा दोहोरिएको पनि देखिन्छ । अर्थात् हामीले यो घटनाबाट पाठ सिकेको वा गम्भीर भएको देखिँदैन । हाल हैजा फैलने तरिका वा स्रोतमा पनि केही फरक देखिन थालेको छ । हैजा मुख्यतया पानी अनि सङ्क्रमित खानेकुराबाट फैलने गर्दछ । पछिल्लो समय मानिसहरु पानी र खानेकुरामा केही हदसम्म सजक हुन थालेका देखिन्छन् ।

तर, बजारमा पाइने कतिपय जारका वा बोतलमा राखिएका पिउने पानीमा नियमितजसो कोलिफोर्म भेटिएका खबर आइरहेका छन् । अर्थात् यसलाई दिसा मिसिएको पानी घरघर पुग्ने गरेको सङ्केतका रुपमा लिन सकिन्छ । यस्ता पानी निर्मलीकरण गरेर नपिउने भएकाले हैजाको जोखिम बढेको हो । त्यस्तै केही दिनयता झिङ्गा पनि यत्रतत्र देखिन सुरु भएको छ । झिङ्गा पनि हैजा फैलाउने एक माध्यम हो । विगतमा झिङ्गाबाट रोग फैलिन्छ भनेर नियमित रुपमा जानकारीहरु प्रवाह भइरहन्थ्यो, तर आजभोलि यस्तो प्रचारमा कमी आएको छ । त्यस्तै व्यावसायिक पानीको नियमित तथा प्रभावकारी अनुगमन नहुँदा हैजाको जोखिम यथावत् देखिन्छ र यसबाट प्रकोप÷महामारीको सम्भावनालाई बढाएको छ ।          

जापानिज इन्सिफलाइटिस  
लामो समयको अन्तरालपछि नेपालमा गत वर्ष जापानिज इन्सिफलाइटिस अस्वाभाविक रुपमा बढेको थियो जसका कारण कम्तीमा १४ जनाको ज्यान गएको थियो । यो अघिल्लो वर्षको भन्दा दोब्बर थियो । त्यस्तै यस भाइरसबाट ६० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए । यसबाट जापानिज इन्सिफलाइटिसले ‘स्टेप ल्याडर’ तरिकाले पुनः देखिने गर्दै गइरहेको देखिन्छ । त्यसो भए “के यो वर्ष पनि सङ्क्रमित र मृत्युदरको सम्भावना छ त ?” भन्ने प्रश्न गम्भीर रुपमा देखा परेको छ ।

यो प्रश्नको उत्तर केही हदसम्म बर्सेनि बढ्दो सङ्क्रमणको कारण र फैलन रोक्ने पूर्वतयारीको अवस्थाले तय पनि गर्नेछ । यो भाइरसविरुद्ध प्रयोग भएका खोपको प्रभावकारिताको अवधि वा खोपले निरन्तरता पाए÷नपाएको जानकारी पनि महत्वपूर्ण हुनेछ । जापानिज इन्सिफलाइटिस फैल्याउने लामखुट्टे मनसुनमा सक्रिय भइरहेको अवस्थाको सङ्केत गत वर्ष देखिएको जापानिज इन्सिफलाइटिस बिरामीको सङ्ख्याबाट पनि अनुमान गर्न सकिन्छ । यसर्थ यो वर्ष पनि विगतको वर्षभन्दा फरक हुने सम्भावना कमै छ ।

श्वासप्रश्वास सङ्क्रमण
बर्सेनि मनसुनको मध्यतिर श्वासप्रश्वास सङ्क्रमण विशेषत फ्लु भाइरसको लहर देखिने गर्दछ । विगतको अनुभवलाई आधार मान्ने हो भने फ्लु भाइरसले बेलाबेलामा महामारीको रुप समेत लिने गरेको देखिन्छ । कोभिड–१९ अगाडि ‘एचवानएनवान पिडिएम ०९’ नामक फ्लु भाइरस प्यानडेमिक घोषणा भएको थियो । सन् १९१८ मा पनि ‘स्पेनिस फ्लु’ को नामले चिनिने फ्लु भाइरसले अनुमानित पाँच करोड मानिसको ज्यान लिएको तथ्याङ्क छ । हुन त नेपालमा यसलाई ‘भाइरल’ वा सामान्य रुघाखोकीका रुपमा लिने चलन भए तापनि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिकाको स्वास्थ्यलाई जटिल बनाउने गरेको देखिन्छ ।

फ्लुविरुद्ध उपलब्ध खोपले सङ्क्रमणलाई जटिल हुनबाट रोक्न धेरै हदसम्म सहयोगी हुने गर्दछ । फ्लु सक्रिय भएको अवधिभरि बाहिर वा सार्वजनिक स्थानमा जाँदा मास्क लगाउने तथा घरमा आएपछि राम्ररी साबुनपानीले हात धुने बानीले पनि सङ्क्रमण रोक्न धेरै हदसम्म सहयोगी हुनेछ । यस्ता जानकारीहरु विभिन्न सञ्चारका माध्यममार्फत निरन्तर जानकारी दिने अनि विद्यालयमा पनि विद्यार्थीलाई अनिवार्य सिकाउन सके अझ प्रभावकारी हुनेछ ।         

अज्ञात वा आयातित सङ्क्रामक रोग
नेपालमा हाल पनि औँलामा गन्न सक्ने सरुवा रोगलाई वा सङ्क्रमणलाई नियमित परीक्षणमा समावेश गर्ने गरिन्छ । यसर्थ पनि अधिकांश बिरामीमा ज्वरोका कारण पत्ता लाग्ने गरेको पाइन्न । नेपालीहरु हरेक हप्ता हजारौँको सङ्ख्यामा रोजगारीका लागि विदेश जाने गर्दछन् । त्यहाँबाट नेपालमा पहिला नदेखिएका सङ्क्रमणहरु भित्रिन सक्ने जोखिम उच्च हुने गर्दछ । कोभिड–१९, अफ्रिकी मलेरिया, चण्डीपुरा भाइरस जस्ता भाइरसहरु नेपालमा पछिल्लो समय भित्रिएका केही रोगहरुका नाम हुन् । जिका भाइरस, निपाह भाइरस, क्यासिनुर फोरेस्ट डिजिज (मङ्की ज्वरो), मर्स कोरोना भाइरसजस्ता सङ्क्रामक रोगहरु छिमेकी देश भारत वा मध्यपूर्वका देशहरुमा देखिँदै आइरहेका छन् जुन नेपालका लागि पनि जोखिम मान्नु पर्दछ ।

यी सङ्क्रमणहरु नियमित परीक्षणको सीमितताले गर्दा नेपाल भित्रिएका वा भित्रिनसकेका भनेर यकिन भने गर्न सकेको छैन । हाल नभित्रिएको रहेछ भने पनि आगामी दिनहरुमा भित्रिँदैन भन्ने कुनै आधार पनि देखिँदैन । यी उल्लिखित रोगहरु पनि हावाजन्य वा कीटजन्य सङ्क्रमणहरु नै भएकाले मनसुन सिजनमा फैलन सक्ने जोखिम रहन्छ । तसर्थ हाल उपलब्ध नियमित परीक्षणबाट पत्ता नलागेका सङ्क्रमणलाई थप परीक्षणको व्यवस्था गर्नु उचित हुनेछ । किनभने हाल यी पुष्टि हुन बाँकी रहेका सङ्क्रामक रोगले भोलि प्रकोप वा महामारीको रुप नलेला भन्न सकिँदैन । यसको बलियो उदाहरणका रुपमा सन् २००४ मा एकजनामा पुष्टि भएको डेङ्गु भाइरस हाल आएर नेपालका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा खडा हुनु नै हो ।              

अन्तमा, सङ्क्रमणले महामारीको स्वरुप लिइसकेपछि आत्तिने अनि सकिएपछि बिर्सने बानी हाल पनि यथावत् नै देखिन्छ । कोभिड–१९ र सन् २०२२ को डेङ्गु महामारी यसको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । मनसुन अगाडि विगतका अनुभव तथा उपलब्ध स्रोतसाधनका आधारमा योजना बनाउने अनि मनसुन सुरु भएसँगै योजनाको कार्यान्वयन पक्षलाई लागू गर्नुपर्दछ । माथि उल्लिखित सङ्क्रामक रोगहरु आगामी दिनहरुमा (मनसुनमा) प्रकोप÷महामारीका रुपमा देखिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

सरुवा रोगविज्ञ डा शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्  । 


प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप विचार
युवा पुस्तामा सकारात्मक सोचको खाँचो 
युवा पुस्तामा सकारात्मक सोचको खाँचो  शुक्रबार, असार २६, २०८३
पाली भाषाको प्राचीनता र व्यापकता
पाली भाषाको प्राचीनता र व्यापकता बिहीबार, असार २५, २०८३
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ मंगलबार, असार २३, २०८३
असारे विकासको परिपाटी बन्द गरौं
असारे विकासको परिपाटी बन्द गरौं मंगलबार, असार २३, २०८३
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या सोमबार, असार २२, २०८३
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव आइतबार, असार २१, २०८३
प्रजातन्त्रमा नागरिक शिक्षाको आवश्यकता
प्रजातन्त्रमा नागरिक शिक्षाको आवश्यकता बिहीबार, असार १८, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP