Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीका लागि नौ महिनामा छ लाखभन्दा बढीले छाडे मुलुक
चैत महिनामा ७३ हजार ४०३ जना विदेसिए, युएई बन्यो पहिलो गन्तव्य रोजगारीका लागि नौ महिनामा छ लाखभन्दा बढीले छाडे मुलुक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ८, २०८२

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा छ लाख भन्दा बढी रोजगारीका लागि विदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष साउनदेखि चैत मसान्तसम्मको अवधिमा श्रम (नयाँ तथा पुनः) स्वीकृति लिएर छ लाख सात हजार ८७४ जना विदेसिएका हुन् ।

यसरी विदेसिनेमा पुरुषको संख्या पाँच लाख ३९ हजार ७१४ रहेको छ । उक्त अवधिमा ६८ हजार १६० जना नेपाली महिलाले रोजगारीका लागि मुलुका छाडेको तथ्यांक छ । मुलुकमा रोजगारीको अवसर नहुँदा युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । यो क्रम बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ । अहिले दैनिक करिब दुई हजारको हाराहारीमा युवाहरु वैदेशिक रोजगारीमा गइरहेको देखिन्छ ।

चालु आवको नवौं महिना अर्थात् चैतमा मात्र ७३ हजार ४०३ जना वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका छन् । जसमा पुरुष ६५ हजार ५६७ जना र महिला सात हजार ८३६ जना रहेका छन् । अघिल्लो महिनाको तुलनामा चैतमा विदेसिनेको संख्या बढेको छ । गत फागुनमा ६८ हजार ९६३ जना श्रम स्वीकृति लिएर विदेश गएका थिए । यो संख्या चैतमा झण्डै साढे चार हजारले बढेको छ । २०८० चैतको तुलनामा गत चैतमा झण्डै तीन हजार बढीले श्रम स्वीकृति लिएको देखिएको छ ।   

Hardik health

चैत महिनामा नेपाली श्रमिकहरुको पहिलो गन्तव्य युएई बनेको छ । पछिल्लो समय नेपालीहरुको प्रमुख रोजगार गन्तव्य बनेको युएईमा २३ हजार ६७१ जना चैत महिनामा श्रम स्वीकृति लिएर गएका छन् । युएईपछि साउदी अरेबियामा १४ हजार ७७ जना गएको विभागले जनाएको छ ।

यसैगरी तेस्रो नम्बरमा परेको कतारमा ११ हजार १४५ जना गएका छन् । अघिल्ला वर्षहरुमा प्रमुख गन्तव्य बनेको मलेसियामा जाने संख्या भने न्यून बनेको छ । यद्यपि, धेरै श्रमिक जाने मुलुकको सूचीमा चौथो नम्बरमा परेको छ । मलेसियामा चैत महिनामा पाँच हजार ३४१ जना श्रम स्वीकृति लिएर गएको देखिन्छ । उक्त महिनामा कुवेतमा चार हजार ५७०, रोमानियामा दुई हजार ३४६, जापानमा एक हजार ७१२, दक्षिण कोरियामा एक हजार ४९८ जना, बहराइनमा एक हजार ३२३ जना र साइप्रसमा एक हजार ४९ जना गएको तथ्यांक छ । 

चैत महिनामा जिटुजी प्रणालीमार्फत एक हजार ३१८ जना दक्षिण कोरियामा रोजगारीका लागि पुगेका छन् । जसमा एक हजार १७० पुरुष र १४८ जना महिला रहेका छन् । यता इजरायलमा जिटुजीमार्फत नै २१६ जना गएको तथ्यांक छ । जसमा १३८ महिला र ७८ जना पुरुष रहेका छन् । चैत महिनामा वैदेशिक रोजगारीका लागि जानेमध्ये २९ हजार १८५ जना म्यानपावर कम्पनीमार्फत र १० हजार ४३५ जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ ।

चैत महिनामा सबैभन्दा बढी ४२ हजार ४५४ जना दक्ष कामदार विभिन्न मुलुकमा गएका छन् । यसैगरी २१ हजार ६९५ जना अदक्ष, आठ हजार ८९९ जना अर्धदक्ष, २७७ जना व्यावसायिक र ७८ जना उच्च दक्षता भएका कामदार बाहिरएको तथ्यांक छ । मुलुकको अर्थतन्त्रलाई धान्ने प्रमुख क्षेत्र वैदेशिक रोजगार बन्दै आएको छ । यद्यपि, सरकारले बाध्यात्मक वैदेशिक रोजगारमा जानुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्ने योजना अघि सारेको छ । तर, व्यवहारमा भने उक्त योजना कार्यान्वयन फितलो देखिएको छ । जसकारण स्वदेशमै रोजगारी दिने कुरा आश्वासनमै सीमित हुन पुगेको छ ।  

चैत महिनामा नेपाली कामदार गएकाे १० मूलुक
देश  संख्या
युएई  २३६७१
साउदी अरेबिया  १४०७७
कतार   १११४५
मलेसिया  ५३४१
कुवेत ४५७०
रोमानिया २३४६
जापान   १७१२
दक्षिण कोरिया    १४९८
बहराइन  १३२३
साइप्रस  १०४९


स्रोतः वैदेशिक रोजगार विभाग


प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ मंगलबार, मंसिर २३, २०८२
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन मंगलबार, मंसिर २३, २०८२
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर २२, २०८२
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा सोमबार, मंसिर २२, २०८२
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति आइतबार, मंसिर २१, २०८२
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी शुक्रबार, मंसिर १९, २०८२
घरेलु कामदारका रूपमा विदेशिने महिला हिंसाको सिकार
घरेलु कामदारका रूपमा विदेशिने महिला हिंसाको सिकार बिहीबार, मंसिर १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP