Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीका लागि नौ महिनामा छ लाखभन्दा बढीले छाडे मुलुक
चैत महिनामा ७३ हजार ४०३ जना विदेसिए, युएई बन्यो पहिलो गन्तव्य रोजगारीका लागि नौ महिनामा छ लाखभन्दा बढीले छाडे मुलुक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ८, २०८२

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा छ लाख भन्दा बढी रोजगारीका लागि विदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष साउनदेखि चैत मसान्तसम्मको अवधिमा श्रम (नयाँ तथा पुनः) स्वीकृति लिएर छ लाख सात हजार ८७४ जना विदेसिएका हुन् ।

यसरी विदेसिनेमा पुरुषको संख्या पाँच लाख ३९ हजार ७१४ रहेको छ । उक्त अवधिमा ६८ हजार १६० जना नेपाली महिलाले रोजगारीका लागि मुलुका छाडेको तथ्यांक छ । मुलुकमा रोजगारीको अवसर नहुँदा युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । यो क्रम बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ । अहिले दैनिक करिब दुई हजारको हाराहारीमा युवाहरु वैदेशिक रोजगारीमा गइरहेको देखिन्छ ।

चालु आवको नवौं महिना अर्थात् चैतमा मात्र ७३ हजार ४०३ जना वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका छन् । जसमा पुरुष ६५ हजार ५६७ जना र महिला सात हजार ८३६ जना रहेका छन् । अघिल्लो महिनाको तुलनामा चैतमा विदेसिनेको संख्या बढेको छ । गत फागुनमा ६८ हजार ९६३ जना श्रम स्वीकृति लिएर विदेश गएका थिए । यो संख्या चैतमा झण्डै साढे चार हजारले बढेको छ । २०८० चैतको तुलनामा गत चैतमा झण्डै तीन हजार बढीले श्रम स्वीकृति लिएको देखिएको छ ।   

Hardik health

चैत महिनामा नेपाली श्रमिकहरुको पहिलो गन्तव्य युएई बनेको छ । पछिल्लो समय नेपालीहरुको प्रमुख रोजगार गन्तव्य बनेको युएईमा २३ हजार ६७१ जना चैत महिनामा श्रम स्वीकृति लिएर गएका छन् । युएईपछि साउदी अरेबियामा १४ हजार ७७ जना गएको विभागले जनाएको छ ।

यसैगरी तेस्रो नम्बरमा परेको कतारमा ११ हजार १४५ जना गएका छन् । अघिल्ला वर्षहरुमा प्रमुख गन्तव्य बनेको मलेसियामा जाने संख्या भने न्यून बनेको छ । यद्यपि, धेरै श्रमिक जाने मुलुकको सूचीमा चौथो नम्बरमा परेको छ । मलेसियामा चैत महिनामा पाँच हजार ३४१ जना श्रम स्वीकृति लिएर गएको देखिन्छ । उक्त महिनामा कुवेतमा चार हजार ५७०, रोमानियामा दुई हजार ३४६, जापानमा एक हजार ७१२, दक्षिण कोरियामा एक हजार ४९८ जना, बहराइनमा एक हजार ३२३ जना र साइप्रसमा एक हजार ४९ जना गएको तथ्यांक छ । 

चैत महिनामा जिटुजी प्रणालीमार्फत एक हजार ३१८ जना दक्षिण कोरियामा रोजगारीका लागि पुगेका छन् । जसमा एक हजार १७० पुरुष र १४८ जना महिला रहेका छन् । यता इजरायलमा जिटुजीमार्फत नै २१६ जना गएको तथ्यांक छ । जसमा १३८ महिला र ७८ जना पुरुष रहेका छन् । चैत महिनामा वैदेशिक रोजगारीका लागि जानेमध्ये २९ हजार १८५ जना म्यानपावर कम्पनीमार्फत र १० हजार ४३५ जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ ।

चैत महिनामा सबैभन्दा बढी ४२ हजार ४५४ जना दक्ष कामदार विभिन्न मुलुकमा गएका छन् । यसैगरी २१ हजार ६९५ जना अदक्ष, आठ हजार ८९९ जना अर्धदक्ष, २७७ जना व्यावसायिक र ७८ जना उच्च दक्षता भएका कामदार बाहिरएको तथ्यांक छ । मुलुकको अर्थतन्त्रलाई धान्ने प्रमुख क्षेत्र वैदेशिक रोजगार बन्दै आएको छ । यद्यपि, सरकारले बाध्यात्मक वैदेशिक रोजगारमा जानुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्ने योजना अघि सारेको छ । तर, व्यवहारमा भने उक्त योजना कार्यान्वयन फितलो देखिएको छ । जसकारण स्वदेशमै रोजगारी दिने कुरा आश्वासनमै सीमित हुन पुगेको छ ।  

चैत महिनामा नेपाली कामदार गएकाे १० मूलुक
देश  संख्या
युएई  २३६७१
साउदी अरेबिया  १४०७७
कतार   १११४५
मलेसिया  ५३४१
कुवेत ४५७०
रोमानिया २३४६
जापान   १७१२
दक्षिण कोरिया    १४९८
बहराइन  १३२३
साइप्रस  १०४९


स्रोतः वैदेशिक रोजगार विभाग


प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती आइतबार, चैत १५, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP