Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #रासस
  • #क्यालिस्थेनिक्स
  • #सामाजिक सुरक्षा कोष
  • #फोक्सिङटार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
‘वैदेशिक रोजगार क्षेत्रको शुद्धीकरणमा लाग्छु’ वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
ममता थापा
ममता थापा आइतबार, चैत ३१, २०८१
  • भुवनसिंह गुरुङको पक्षमा ४२८ र नरेश गेलालको पक्षमा ३६७ मत
  •  तीन पदाधिकारी र दुई सदस्यबाहेक सबै पदमा गुरुङ प्यानलका उम्मेदवार विजयी

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित भएका छन् । संघको शुक्रबार राति सम्पन्न निर्वाचनबाट नरेश गेलाललाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । 

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको संयुक्त प्यानलबाट उम्मेदवार बनेका गुरुङले ४२८ मत प्राप्त गरे । उनले प्रतिद्वन्द्वी गेलालले भन्दा ६१ मत बढी प्राप्त गरेका हुन् । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, लोकतान्त्रिक एसोसिएसनका असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त व्यावसायिक प्यानलबाट अध्यक्षमा उठेका गेलालको पक्षमा ३६७ मत खसेको थियो ।

नयाँ कार्यसमितिमा तीन पदाधिकारी र दुई सदस्यबाहेक सबै गुरुङ प्यानलका उम्मेदवार विजयी भएका छन् । प्रथम उपाध्यक्ष, तृतीय उपाध्यक्ष र कोषाध्यक्ष तथा दुई सदस्य पदमा गेलालपक्षका उम्मेवारले बाजी मारेका हुन् । प्रथम उपाध्यक्षमा लोकतान्त्रिकबाट विद्रोह गरी गेलाल प्यानलमा लागेका सुजितकुमार श्रेष्ठ विजयी भए । एलायन्स ह्युमन रिसोर्स प्रालिका सञ्चालक श्रेष्ठ संघका पूर्वमहासचिवसमेत हुन् । श्रेष्ठले ३७५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नोकरी नेपाल प्रालिका नरेन्द्रप्रसाद ढकालले ३०२ मत पाए । सोही पदमा स्वतन्त्र उम्मेदवारी दिएका ओभरसिज इम्प्लोइमेन्ट प्रालिका अख्तर हुसेनले १०१ मत प्राप्त गरे ।

द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रालिका देवकुमार खोखाली विजयी भए । गुरुङ प्यानलबाट लडेका उनले ४०२ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी मधुकर रिजालले ३७८ मतमा सीमित भए । तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआर प्रालिका बैकुण्ठप्रसाद पौडेल ४३५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी इम्प्लोइमेन्ट क्रियसन प्रालिका हर्कबहादुर लिम्बूले ३५० मत प्राप्त गरे ।

Hardik health

यसैगरी, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका महेशकुमार बस्नेत विजयी भए । गुरुङ प्यानलका उनी ४२३ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी डाइनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवालले ३६२ मत प्राप्त गरे । संघका निवर्तमान सचिव कटुवाल लोकतान्त्रिक एसोसिएसनबाट विद्रोह गरेर प्रगतिशील मञ्चसँगको गठबधन्नमा मिसिएका थिए । एसोसिएसनबाट साधारण सदस्यमासमेत नरहनेगरी निलम्बनमा परेका कटुवाल निर्वाचनमा पनि विफल भएका छन् ।

सचिवमा आकृति रिक्रुटमेन्ट प्रालिका कुन्छादोर्जे डिम्दोङ विजयी भए । उनले ३७९ मत प्राप्त गर्दा गेलाल पक्षका उम्मेदवार कन्फिडेन्ट इन्टरनेसनल म्यानपावर प्रालिका अनिल बोगटीले ३११ मतमात्र हात पारे । उक्त पदमा स्वतन्त्र उम्मेदवारी दिएका अक्सन इन्टरनेसनल प्रालिका ईश्वर सापकोटाले ९३ मत पाए । कोषाध्यक्षमा कालिञ्चोक एचआर प्रालिकी धनु सिञ्जाली विजयी भइन् । गेलाल प्यानलकी उनले ४२८ हासिल गर्दै गुरुङ प्यानलका विक्रम श्रेष्ठलाई पराजित गरेकी हुन् । शुभहारती म्यानपावर प्रालिका श्रेष्ठले ३५१ मत प्राप्त गरे ।

यस्तै कार्यसमिति सदस्यमा रिजा ओभरसिज प्रालिकी रेखा शर्मा (४४४ मत), इगल म्यानपावर कन्सल्टेन्ट प्रालिका कृष्ण ढकाल (४४१), युनिभर्सल एचआर सोलुसन प्रालिका भरत सापकोटा (४३५), राज ग्रुप अफ कम्पनीका राज लामा तामाङ (४२९), रसुवा ओभरसिज प्रालिका सुवर्ण लामा (४१०), विनर एचआरकी हेमा गुरूङ (३९४), रियो ओभरसिजकी रमा खड्का (३९०), हिमालन भ्याली नेपाल प्रालिका देवीप्रसाद गिरी (३७७), सेक्युअर नेपाल जब प्लेसमेन्ट प्रालिका सुमनराज पाण्डे (३६०) र इम्पेरियल ओभरसिज प्रालिकी विद्यालक्ष्मी बज्राचार्य (३४९) निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुमा गुरुङर खड्काबाहेक सबै गुरुङ प्यानलका हुन् । 

संघको २१ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचन प्रक्रियामार्फत निर्वाचित गरिएको हो । बाँकी चार जना सदस्य अध्यक्षले मनोनीत गर्ने व्यवस्था रहेको संघले जानकारी दिएको छ ।नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले शनिबार बिहान निर्वाचन समितिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । संघको कूल मतदाता ८९३ रहेकामा ८१३ जनाले मात्र मतदान गरेका निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचनअघि भएको ३०औं र ३१औं साधारणसभाबाट संघको निवर्तमान कार्यसमितिले पेस गरेको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।


‘वैदेशिक रोजगार क्षेत्रको शुद्धीकरणमा लाग्छु’
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा निर्वाचित गुरुङ नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको स्थापनाकालदेखि नै सक्रिय सदस्यका रुपमा कार्यरत व्यवसायी हुन् । विगतमा संघको सदस्यदेखि तृतीय र द्वितीय उपाध्यक्ष भएर काम गरिसकेको अनुभव उनीसँग छ । गुरुङ म्यानेजमेण्ट ओभर्सिज प्रालिका सञ्चालक गुरुङ दुई दशकभन्दा बढी समयदेखि यो पेसामा संलग्न छन् । 

आफूसँग वैदेशिक रोजगार व्यवसायमा १५ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको उनी बताउँछन् । आफूले यस क्षेत्रमा व्याप्त रहेका समस्यालाई लामो समयदेखि नियालेकाले तिनको समाधान गर्नु आफ्नो एकमात्र उद्देश्य रहेको गुरुङले बताउने गरेका छन् । व्यवसायीको मुद्दामा विगतदेखि नै आफूले काम गर्दै आएको र अब झन् चौबीसै घण्टा खटेर काम गर्ने उनको प्रतिबद्धता छ ।

गुरुङ आफू बोलीभन्दा पनि काममा विश्वास गर्ने बताउँछन् । जीवनको लामो समय यस क्षेत्रलाई दिएकाले यहाँको समस्याले आफूलाई पीडा हुने उनले बताए । यस क्षेत्रमा देखिएका फोहोरमैलाको शुद्धीकरण गर्ने उनको भनाइ छ ।  विजयी भएसँगै चुनावको समयमा गरेका प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने गुरुङले बताए । संघको व्यवस्थापकीय सुधार, सय संख्याको समस्याको अन्त्य, धरौटी रकमको ब्याज पाउने व्यवस्था, सेवा शुल्क तोकिनेलगायत विषयमा काम गर्ने प्रतिबद्धता उनले जनाएका थिए । व्यवसायीलाई फेरि एक सयको संख्याले समस्यामा पार्ने बेला भएकाले उक्त विषयमा सर्वप्रथम काम गर्ने उनको भनाइ छ । 

‘समयमै पहल गरेर असारमा सबै व्यवसायीको एकैचोटि नवीकरण गर्ने वातावरण मिलाउँछु,’ नवनिर्वाचित अध्यक्ष गुरुङले भने । आफ्नो १५ वर्षे अनुभवले यस क्षेत्रमा विभिन्न समस्या देखेको र ती समस्यालाई समाधान गर्ने अठोट लिएको उनले बताए । ‘वैदेशिक रोजगार ऐनलाई समयसापेक्ष संशोधन गर्न सके धेरै समस्याको हल हुन्छ । यसको संसोधन मेरो प्राथमिकता हो,’ उनले भने ।
 

संघको नवनिर्वाचित कार्यसमिति

अध्यक्षः भुवनसिंह गुरुङ
प्रथम उपाध्यक्षः सुजितकुमार श्रेष्ठ
द्वितीय उपाध्यक्षः देवकुमार खोखाली
तृतीय उपाध्यक्षः बैकुण्ठप्रसाद पौडेल
महासचिवः महेशकुमार बस्नेत
सचिवः कुन्छादोर्जे डिम्दोङ
कोषाध्यक्षः धनमाया सिञ्जाली

सदस्यहरु
रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, राज लामा तामाङ, सुवर्ण लामा, हेमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे र विद्यालक्ष्मी बज्राचार्य
 


प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP