Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
समाचार
  • Home
  • समाचार
  • चुनावी अभियानलाई सशक्त बनाउँदै गेलाल प्यानल
चुनावी अभियानलाई सशक्त बनाउँदै गेलाल प्यानल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २७, २०८१

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आउन तीन दिनमात्रै बाँकी छँदा नरेश गेलाल नेतृत्वको संयुक्त व्यावसायिक समूहले चुनावी अभियानलाई तीव्र बनाएको छ । आइतबार बसुन्धारामा चुनावीसभा आयोजना गरेर प्रतिबद्धतापत्र सार्वजनिक गरेको यो समूहले सोमबार बत्तीसपुतली र मंगलबार धुम्बाराहीमा चुनावी सभा सम्पन्न गरेको छ । 

व्यवसायीहरुलाई आफ्नो एजेण्डामा विश्वस्त तुल्याउन गेलाल समूह निरन्तर लागेको देखिन्छ । चुनावीसभाबाहेक व्यवसायीहरुको कार्यालयमै पुगेर पनि आफ्नो पक्षमा माहोल बनाउन यो समूह सक्रिय बनेको छ । नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल नेतृत्वको यो प्यानलमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको असन्तुष्ट समूह र नेकपा एकीकृत समाजवादी पार्टीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन आबद्ध रहेका छन् । 

गेलाल नेतृत्वको यो प्यानलले वैदेशिक रोजगार व्यवसायमा हुने सिण्डिकेटलाई निषेध गर्ने प्रतिबद्धता जनाएको छ । ‘करिब ९०० व्यवसायीले २५ सालदेखि गरिरहेको मलेसियाको व्यवसायलाई २०–२५ जना माफियाहरूले सिण्डिकेट गरी बाँकÞी ८७५ व्यवसायीको व्यवसाय पूर्णरूपमा धराशायी बनाउने प्रपञ्चलाई निषेध गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं,’ संघको आगामी अध्यक्षका उम्मेदवार गेलालले भने ।

Hardik health

मागपत्र पत्रिकामा एक पटक प्रकाशित गरेपछि कम्तीमा तीन महिना पुनः प्रकाशित गर्नु नपर्ने तथा अन्तिम स्वीकृति भइसकेको कामदार वैदेशिक रोजगारमा जान नचाहेमा म्यानपावर कम्पनीको अनुरोधमा स्वीकृति रद्द गर्न मिल्ने व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ । ‘कुनै पनि देशबाट तीन महिनाभित्र मेडिकल फेल भएर फर्केमा सम्बन्धित देशको मेडिकल प्रणालीमा हेरेर हाम्रो कार्यालयको अनुरोधमा अनफिट कामदारको स्वीकृत रद्द गरिदिने,’ गेलालको प्रतिबद्धता छ, ‘कामदारको जिमेल हाम्रो कार्यालयले रिसेट गर्न मिल्ने व्यवस्था गर्ने ।’

गेलाल नेतृत्वको संयुक्त व्यावसायिक समूहले ‘देश विकासको आधार, सुरक्षित वैदेशिक रोजगार’ लाई मुख्य चुनावी नारा बनाएको छ । वैदेशिक रोजगार व्यवसायलाई उच्च मूल्यांकन गर्दै यस क्षेत्रलाई उत्कृष्ट सेवामूलक उद्योग बनाउने परिकल्पना यो समूहले अघि सारेको छ । एचआर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिका सञ्चालक गेलालले आफू नेतृत्वको प्यानललाई जिताउन व्यवसायीहरुसँग अपिल गरे । चुनावीसभालाई सम्बोधन गर्दै उनले प्रतिबद्धतापत्रमा उल्लिखित बुँदाहरु अक्षरश कार्यान्वयनमा ल्याउने आश्वासन दिए ।

प्रगतिशील मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिवसमेत रहेका गेलालको नेतृत्वमा रहेको टिमको प्रथम उपाध्यक्षमा एलाइन्स ह्युमन रिसोर्स प्रालिका सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक प्रालिका मधुकर रिजाल र तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआरका बैकुण्ठप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । गेलालको प्यानलबाट महासचिवमा डाइनामिक स्टाफिङ सोलुसनका कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावरका अनिल बोगटी र सचिवमा कालिञ्चोक एचआरकी धनमाया सिञ्जाली उम्मेदवार रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा माउन्टेन ग्रुपमा देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इम्प्लोइमेन्टका राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रालिका चन्द्रबहादुर लिम्बू, रियो ओभरसिजकी रमा खड्का, विनर एचआरकी हिमा गुरुङ, गल्फ इम्पेयरका दिनेश बस्नेत, आयुष ओभरसिजका कामेश्वर शाह, सिगल ओभरसिजका छत्रबहादुर बस्नेत, डेस्टिनी ह्युमन रिसोर्सका युवराज देवकोटा र गल्फ एसिया म्यानपावरका राजेश यादव रहेका छन् ।संघको निर्वाचन यही चैत २९ मा हुँदै छ । संघको अध्यक्षका लागि गेलालसँग लोकतान्त्रिक–गणतान्त्रिक संयुक्त प्यानलबाट भुवनसिंह गुरुङ प्रतिस्पर्धामा छन् ।
 


प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री मंगलबार, कात्तिक १८, २०८२
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा मंगलबार, कात्तिक १८, २०८२
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, कात्तिक १७, २०८२
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता सोमबार, कात्तिक १७, २०८२
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ आइतबार, कात्तिक १६, २०८२
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP