Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भण्डारी नेतृत्वको प्रमुख उपलब्धि प्रशासनिक भवन खरिद
भण्डारी नेतृत्वको प्रमुख उपलब्धि प्रशासनिक भवन खरिद
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २७, २०८१

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रशासनिक भवन खरिद वर्तमान कार्यसमितिको प्रमुख उपलब्धि भएको बताएको छ । राजेन्द्र भण्डारी नेतृत्वको कार्यसमितिले मंगलबार पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गरेको हो ।
यही चैत २९ मा हुने निर्वाचनसहितको ३०औं साधारणसभाबाट संघको नयाँ नेतृत्व चयन हुँदै छ । निर्वाचनको पूर्वसन्ध्यामा सार्वजनिक वर्तमान कार्यसमितिको उपलब्धिमा प्रशासनिक भवन खरिदलाई प्रमुख उपलब्धिको रुपमा सारिएको हो । संघले केही महिनाअघिमात्र काठमाडौं महानगरपालिका–७ स्थित सिफलमा भवन खरिद गरेको थियो । उक्त प्रशानिक भवनको उद्घाटन सोमबारमात्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरेका हुन् । 

‘संघले आफू स्थापित भएको ३२ वर्षपछि आफ्नै प्रशासनिक भवन पायो । करिब एक हजार व्यवसायीको छाता संस्थाको आफ्नै भवन खरिद गर्न सक्नु वर्तमान कार्यसमितिको प्रमुख उपलब्धि हो,’ पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले भने । यसबाहेक संघले वैदेशिक रोजगार क्षेत्रको समस्या समाधानका लागि नीतिगत सुधार र व्यवसायीको हक हितका लागि प्रयत्न तथा सामाजिक उत्तरदायित्वका कार्य गरिएको उनले बताए । 

‘वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित, व्यासायिक र पारदर्शी बनाउँदै यसलाई गर्व गर्न लायक व्यवसाय बनाउन हामीले भरपुर प्रयास गर्यौं,’ अध्यक्ष भण्डारीले भने, ‘तथापि, हामीले उठाएका केही एजेण्डाहरु प्रयास गर्दागर्दै पनि टुंगोमा पुर्याउन सकेका छैनौं । यसलाई अब आउने नयाँ नेतृत्वले पूरा गर्ने छ भन्ने हाम्रो विश्वास छ ।’ यो कार्यसमितिले २६ महिनाको कार्यकाल सम्पन्न गर्दै नेतृत्व हस्तान्तरण गर्न लागेको हो ।

संघले आफू स्थापित भएको ३२ वर्षपछि आफ्नै प्रशासनिक भवन पायो । करिब एक हजार व्यवसायीको छाता संस्थाको आफ्नै भवन खरिद गर्न सक्नु वर्तमान कार्यसमितिको प्रमुख उपलब्धि हो । वैदेशिक रोजगार व्यवसायलाई गर्व गर्न लायक व्यवसाय बनाउन हामीले भरपुर प्रयास गर्यौं ।
राजेन्द्र भण्डारी
अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ 

Hardik health


अध्यक्ष भण्डारीले गुनासो सुनुवाइको संयन्त्रअन्तर्गत वैदेशिक रोजगार विभाग श्रमग्रामपरिसरमा उजुरी, गुनासो सुन्न र समाधान गर्न दुई कोठे मेलमिलाप कक्ष निर्माण गरी व्यवसायी तथा कामदारको ३४ सय उजुरी÷गुनासाहरु व्यवसायी र कामदार सँगै राखेर समाधान गरिएको बताए । यसैगरी व्यवसायीहरुमाझ सबैभन्दा पेचिलो बनेको विषय सय संख्याको बाध्यात्मक प्रावधानलाई दुई पटकसम्म बाधा अड्काउ फुकाउने काम गराउन सफल भएको विषय उपलब्धिको सूचीमा छ ।

यो व्यवस्थालाई ऐनबाट हटाउने काम अन्तिम चरणमा पुर्याइएको अध्यक्ष भण्डारीले बताए । एक वर्षमा न्यूनतम १०० जना कामदार पठाउनुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाका कारण कतिपय म्यानपावर कम्पनी नवीकरणसमेत हुन नसकेको बताइएको छ । यसलाई हटाउन संघले प्रभावकारी भूमिका खेलेको भण्डारीको दाबी छ ।

वैदेशिक रोजगार व्यवसायमा लगाउन खोजिएका सिण्डिकेटका प्रयासलाई विफल बनाउन पनि वर्तमान कार्यसमिति सफल भएको उनले बताए । वैदेशिक रोजगार ऐनअनुसार व्यवसायीले राखेको धरौटीबाट २५ प्रतिशत ब्याज वैदेशिक रोजगार कोष सञ्चालनका लागि ल्याइएको, युरोपको मागपत्र प्रमाणीकरण र साउदी आइडी खुलाउन, कोरिया–जापान तथा इजरायल रोजगारीमा व्यवसायीहरुको पहुँच पुर्याउन, नयाँ र आकर्षक रोजगार गन्तव्य विकास गर्न साथै वैदेशिक रोजगार ऐन २०६४ संशोधनमा भूमिका खेलेको, विदेशबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेकाहरु उद्यमीलाई सम्मान गरेर विदेशमा सिकेको सीप, क्षमता र आर्जित पँुजी स्वदेशमा लगाउन प्रोत्साहित गर्ने कार्यको थालनी गरेकोलगायत वर्तमान कार्यसमितिको उपलब्धि सूचीमा उल्लेख गरिएको छ । 

वर्तमान कार्यसमितिले आफ्नो कार्यकालको उपलब्धिसँगै संघको आगामी कार्ययोजनासमेत अघि सारेको छ । अध्यक्ष भण्डारीले आगामी नेतृत्वले सेवा शुल्क निर्धारण, मागपत्र प्रमाणीकरण, आकर्षक गन्तव्यमा व्यवसायीको पहुँच बढाउँदै सम्मानित र व्यवस्थित वैदेशिक रोजगार बनाउन काम गर्नुपर्ने औंल्याए ।
आगामी कार्ययोजनामा संघले समयसापेक्ष ऐन नियम परिमार्जनमा पहल गर्नुपर्ने, सेवा शुल्क व्यवस्थापन र कामदारको लागत निर्धारण,  विभिन्न नयाँ गन्तव्य मुलुकहरुसँग श्रम सम्झौताका लागि पहल गर्नुपर्ने, मागपत्र प्रमाणीकरण सहजीकरण गर्नुपर्नेलगायत सातवटा बुँदा प्रस्ताव गरिएको छ ।


यी हुन् वर्तमान कार्यसमितिका उपलब्धि

  •  वैदेशिक रोजगार व्यवसायी संघको आफ्नै प्रशासनिक भवन खरिद
  •  गुनासो सुनुवाइको संयन्त्रअन्तर्गत वैदेशिक रोजगार विभाग श्रमग्रामपरिसरमा उजुरी, गुनासो सुन्न र समाधान गर्न दुई कोठे मेलमिलाप कक्ष निर्माण
  •  व्यवसायी तथा कामदारको ३४ सय उजुरी÷गुनासाहरु व्यवसायी र कामदार सँगै राखेर समाधान
  •  सरकारी तथा गैरसरकारी संस्थाहरुसँगको सहकार्य तथा संवादलाई सुमधुर बनाउने कार्य
  •  क्षेत्रगत सुधार, नीतिगत सुधार र सामाजिक उत्तरदायित्वका कामलाई प्रमुख प्राथमिकता दिएर काम गरिएको
  •  सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा क्षमता अभिवृद्धि कार्यक्रम
  •  युएईमा रोजगार मेला आयोजना गर्नुका साथै साउदी, कतार, युएई, मलेसियालगायतका मुलुकमा स्थलगत भ्रमण तथा अन्र्तक्रिया कार्यक्रम गरिएको
  •  विदेशमा रहेका नेपाली कुटनीतिक निकायमा नयाँ नियुक्त भएका राजदूत, श्रम सहचारी तथा श्रम काउन्सिलरसँग भेटघाट तथा अन्र्तक्रिया
  •  अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाएर व्यवसायीको आवाज उठाइएको
  •  सय संख्याको बाध्यात्मक प्रावधानलाई दुई पटकसम्म बाधा अड्काउ फुकाउने काम गराइएको र यो व्यवस्थालाई ऐनबाट हटाउने काम अन्तिम चरणमा पुर्याइएको
  •  वैदेशिक रोजगार व्यवसायमा लगाउन खोजिएका सिण्डिकेटका प्रयासलाई विफल बनाउनुका साथै हालसालै मात्र मलेसिया रोजगारमा गएका कामदारलाई ४५ डलर रोजगारदातामार्फत लाद्न खोजेकोमा यसको विरुद्ध आन्दोलन गरेर यसलाई हटाइएको
  •  वैदेशिक रोजगार ऐनअनुसार व्यवसायीले राखेको धरौटीबाट २५ प्रतिशत ब्याज वैदेशिक रोजगार कोष सञ्चालनका लागि ल्याइएको
  •  युरोपको मागपत्र प्रमाणीकरण खुलाउन साउदी आइडी खुलाउन, कोरिया–जापान तथा इजरायल रोजगारीमा व्यवसायीहरुको पहुँच पुर्याउन, नयाँ र आकर्षक रोजगार गन्तव्य विकास गर्न साथै वैदेशिक रोजगार ऐन २०६४ संशोधनमा भूमिका खेलेको
  •  व्यवसायीको मृत्यु तथा बिरामी भएमा उनीहरुको परिवारलाई आर्थिक सहयोग गर्ने व्यवस्था सुरु
  •  विभिन्न परिबन्धमा परेर साउदी अरबको जेलमा परेका व्यवसायी वीरेन्द्र साह तेलीको रिहाइका लागि पैरवी
  •  सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम, जनचेतनामूलक कार्यक्रम, वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई समस्या पर्दा सहयोग तथा स्वदेशमै प्राकृतिक विपत्तीमा परेकाहरुलाई सहयोग
  •  विदेशबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेकाहरु उद्यमीलाई सम्मान गरेर विदेशमा सिकेको सीप, क्षमता र आर्जित पँुजी स्वदेशमा लगाउन प्रोत्साहित गर्ने कार्यको थालनी
  •  संघमा सदस्यता आबद्धता बढाएर झण्डै एक हजार सदस्य बनाइएको
  •  व्यवसायीमाथि हुने आक्रमणमा सुरक्षाको प्रत्याभूत गराउन, व्यवसायीहरुलाई एकताबद्ध बनाउन र सबै व्यवसायीलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाइएको
     


प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री मंगलबार, कात्तिक १८, २०८२
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा मंगलबार, कात्तिक १८, २०८२
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, कात्तिक १७, २०८२
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता सोमबार, कात्तिक १७, २०८२
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ आइतबार, कात्तिक १६, २०८२
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP