Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एसोसिएसन र मञ्चले बनाए आठ समिति
एसोसिएसन र मञ्चले बनाए आठ समिति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २०, २०८१


रानाभाटलाई कांग्रेस र माओवादीनिकट व्यवसायीलाई चुनावमा परिचालन गर्ने जिम्मेवारी

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन नजिकिँदै गर्दा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले चुनावी तयारी तीव्र पारेका छन् । संघको आगामी कार्यसमिति चयनका लागि यही २९ चैतमा हुने निर्वाचनमा संयुक्त प्यानलबाट चुनाव लड्ने घोषणा गरेका यी दुई संगठनले निर्वाचनकै लागि विभिन्न समिति गठन गरेका छन् । 

एसोसिएसन र मञ्चले संयुक्तरुपमा निर्वाचन परिचालन मूल समारोह समितिसहित आठवटा समिति गठन गरेका हुन् । मूल समारोह समितिको संयोजकमा एसोसिएसनका संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट र सहसंयोजक गणतान्त्रिक मञ्चका वर्तमान अध्यक्ष धनलाल जैसी छन् । समितिमा यमबहादुर केसी, किरणकिशोर घिमिरे, विमलप्रसाद ढकाल, प्रज्ञान न्यौपाने, हंशराज वाग्ले, कुमुद खनाल, बलबहादुर तामाङ, ऋषिप्रसाद शर्मा, ज्ञानबहादुर तामाङ, परमेश्वर अधिकारी, ओम न्यौपाने, नवराज केसीलगाायत १०१ सदस्य रहेका छन् ।

किरणकिशोर घिमिरे संयोजक रहेको १५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । जसको सहसंयोजक बासु पुडासैनीलाई तोकिएको छ । प्रचारप्रसार समितिका सदस्यहरुमा रामप्रसाद गैरे, प्रतिमा महर्जन, शंकरप्रसाद आचार्य, मच्छिन्द्रनाथ सेर्मा, अमरप्रकाश तिवारी, पंकज कोइराला, विवस ढुंगाना, देवीप्रसाद काफ्ले, नरेश पुन, उद्ववप्रसाद सापकोटा, केदारनाथ अधिकारीलगायत छन् ।

निर्वाचनको आर्थिक पाटो हेर्न गठित आर्थिक समितिका संयोजक एसोसिएसनका वर्तमान अध्यक्ष दीपक थापा र सहसंयोजक सोमबहादुर तामाङ छन् । सदस्यहरुमा कुसाङ शेर्पा, लिलबहादुर तामाङ र राजु घिमिरे रहेका छन् । व्यवस्थापन समिति संयोजक विनोदजंग केसी र सहसंयोजक इन्द्रमणि न्यौपानेलाई तोकिएको छ । सदस्यहरु अभिन यमानसिंह बस्नेत, राजकाजी भोलान, रामप्रसाद गैरे र गोकुल रत्न छन् ।

Hardik health

निर्वाचनमा अनुशासन समितिको संयोजक कमलदेव मल्ल र सहसंयोजक बिल बस्नेतलाई तोकिएको छ । समितिका सदस्यहरु इन्द्र लामा र श्रद्धा खड्का छन् । महासमिति सदस्य महाधिवेशन प्रतिनिधि समन्वय समितिको संयोजक सञ्जय शेर्पा, सहसंयोजक मचिन्द्रनाथ सेर्मा र सदस्यमा चित्र केसी रहेका छन् ।प्रितम थापा मगरको संयोजकत्वमा संघ समन्वय समिति गठन गरिएको छ । जसको सहसंयोजक शिवकुमार कार्की र सदस्य एमबी राउत रहेका छन् । घटक जातीय भेगीय समन्वय समिति रविन शेरचनको संयोजकत्व र रमेश पाख्रिनको सहसंयोजकत्वमा गठन गरिएको छ । यस समितिमा तारामणि राई र व्यास माझी सदस्य छन् ।

त्यसैगरी ज्येष्ठ नागरिक एवं पुराना वैदेशिक रोजगार व्यवसायी समन्वय समितिको संयोजक दिलप्रसाद धिताललाई बनाइएको छ । यस समितिमा हिक्मत शेरचन, एकनारायण काफ्ले, तीर्थबहादुर गुरुङ, मदन खड्का, आरसी गिरी र सरोज लामा गरी छ जना सहसंयोजक छन् । लोकतान्त्रिक एसोसिएसन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो भने गणतान्त्रिक मञ्च नेकपा माओवादी केन्द्रनिकट व्यवसायीहरुको संगठन हो ।

गत आइतबार भुवनसिंह गुरुङको नेतृत्वमा एसोसिएसन र मञ्चको संयुक्त प्यानल घोषणा गरिएको थियो । यस प्यानलबाट प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रालिका सञ्चालक नरेन्द्रप्रसाद ढकाल उम्मेदवार बनेका छन् । यसैगरी द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रालिका सञ्चालक देवकुमार खोखाली, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका सञ्चालक महेशकुमार बस्नेत सचिवमा आकृति रिक्रुटमेन्ट प्रालिका कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्षमा शुभहारती म्यानपावर प्रालिका विक्रम श्रेष्ठले उम्मेदवारी दिएका छन् । सचिव पदका उम्मेदवार डिम्दोङ गणतान्त्रिक मञ्चको कोटाबाट उम्मेदवार बनेका हुन् । 

संयुक्त प्यानलबाट सदस्य पदमा इम्पेरियल ओभरसिज प्रालिकी विद्यालक्ष्मी बज्राचार्य, हिमालयन भ्याली नेपाल प्रालिका देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिका दीपककुमार राय, रसुवा ओभरसिज प्रालिका सुवर्ण लामा, सेक्युर नेपाल जब प्लेसमेन्ट प्रालिका सुमनराज पाण्डे, युनिक ओभरसिज प्रालिका तिलरुपा दाहाल, ग्लोबल एचआर हब प्रालिकी गीता राउत, इगल म्यानपावर कन्सल्टेन्ट प्रालिका कृष्ण ढकाल, रिजा ओभरसिज प्रालिकी रेखा शेर्मा र युनिभर्सल एचआर सोलुसन प्रालिका भरत सापकोटाले उम्मेदवारी दिने भएका छन् ।

चुनावमा एसोसिएसन र नेकपा माओवादी निकट गणतान्त्रिक मञ्च तालमेल गरेर चुनावमा होमिने भएका छन् । संघको २१ सदस्यीय कार्यसमितिमा सचिव र ३ वटा सदस्य गणतान्त्रिकलाई दिइएको छ भने बाँकि सबै पदमा एसोसिएसनका उम्मेद्वार छन् । 


 


प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री मंगलबार, कात्तिक १८, २०८२
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा मंगलबार, कात्तिक १८, २०८२
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, कात्तिक १७, २०८२
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता सोमबार, कात्तिक १७, २०८२
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ आइतबार, कात्तिक १६, २०८२
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP