Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एसोसिएसन र मञ्चले बनाए आठ समिति
एसोसिएसन र मञ्चले बनाए आठ समिति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २०, २०८१


रानाभाटलाई कांग्रेस र माओवादीनिकट व्यवसायीलाई चुनावमा परिचालन गर्ने जिम्मेवारी

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन नजिकिँदै गर्दा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले चुनावी तयारी तीव्र पारेका छन् । संघको आगामी कार्यसमिति चयनका लागि यही २९ चैतमा हुने निर्वाचनमा संयुक्त प्यानलबाट चुनाव लड्ने घोषणा गरेका यी दुई संगठनले निर्वाचनकै लागि विभिन्न समिति गठन गरेका छन् । 

एसोसिएसन र मञ्चले संयुक्तरुपमा निर्वाचन परिचालन मूल समारोह समितिसहित आठवटा समिति गठन गरेका हुन् । मूल समारोह समितिको संयोजकमा एसोसिएसनका संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट र सहसंयोजक गणतान्त्रिक मञ्चका वर्तमान अध्यक्ष धनलाल जैसी छन् । समितिमा यमबहादुर केसी, किरणकिशोर घिमिरे, विमलप्रसाद ढकाल, प्रज्ञान न्यौपाने, हंशराज वाग्ले, कुमुद खनाल, बलबहादुर तामाङ, ऋषिप्रसाद शर्मा, ज्ञानबहादुर तामाङ, परमेश्वर अधिकारी, ओम न्यौपाने, नवराज केसीलगाायत १०१ सदस्य रहेका छन् ।

किरणकिशोर घिमिरे संयोजक रहेको १५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । जसको सहसंयोजक बासु पुडासैनीलाई तोकिएको छ । प्रचारप्रसार समितिका सदस्यहरुमा रामप्रसाद गैरे, प्रतिमा महर्जन, शंकरप्रसाद आचार्य, मच्छिन्द्रनाथ सेर्मा, अमरप्रकाश तिवारी, पंकज कोइराला, विवस ढुंगाना, देवीप्रसाद काफ्ले, नरेश पुन, उद्ववप्रसाद सापकोटा, केदारनाथ अधिकारीलगायत छन् ।

निर्वाचनको आर्थिक पाटो हेर्न गठित आर्थिक समितिका संयोजक एसोसिएसनका वर्तमान अध्यक्ष दीपक थापा र सहसंयोजक सोमबहादुर तामाङ छन् । सदस्यहरुमा कुसाङ शेर्पा, लिलबहादुर तामाङ र राजु घिमिरे रहेका छन् । व्यवस्थापन समिति संयोजक विनोदजंग केसी र सहसंयोजक इन्द्रमणि न्यौपानेलाई तोकिएको छ । सदस्यहरु अभिन यमानसिंह बस्नेत, राजकाजी भोलान, रामप्रसाद गैरे र गोकुल रत्न छन् ।

Hardik health

निर्वाचनमा अनुशासन समितिको संयोजक कमलदेव मल्ल र सहसंयोजक बिल बस्नेतलाई तोकिएको छ । समितिका सदस्यहरु इन्द्र लामा र श्रद्धा खड्का छन् । महासमिति सदस्य महाधिवेशन प्रतिनिधि समन्वय समितिको संयोजक सञ्जय शेर्पा, सहसंयोजक मचिन्द्रनाथ सेर्मा र सदस्यमा चित्र केसी रहेका छन् ।प्रितम थापा मगरको संयोजकत्वमा संघ समन्वय समिति गठन गरिएको छ । जसको सहसंयोजक शिवकुमार कार्की र सदस्य एमबी राउत रहेका छन् । घटक जातीय भेगीय समन्वय समिति रविन शेरचनको संयोजकत्व र रमेश पाख्रिनको सहसंयोजकत्वमा गठन गरिएको छ । यस समितिमा तारामणि राई र व्यास माझी सदस्य छन् ।

त्यसैगरी ज्येष्ठ नागरिक एवं पुराना वैदेशिक रोजगार व्यवसायी समन्वय समितिको संयोजक दिलप्रसाद धिताललाई बनाइएको छ । यस समितिमा हिक्मत शेरचन, एकनारायण काफ्ले, तीर्थबहादुर गुरुङ, मदन खड्का, आरसी गिरी र सरोज लामा गरी छ जना सहसंयोजक छन् । लोकतान्त्रिक एसोसिएसन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो भने गणतान्त्रिक मञ्च नेकपा माओवादी केन्द्रनिकट व्यवसायीहरुको संगठन हो ।

गत आइतबार भुवनसिंह गुरुङको नेतृत्वमा एसोसिएसन र मञ्चको संयुक्त प्यानल घोषणा गरिएको थियो । यस प्यानलबाट प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रालिका सञ्चालक नरेन्द्रप्रसाद ढकाल उम्मेदवार बनेका छन् । यसैगरी द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रालिका सञ्चालक देवकुमार खोखाली, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका सञ्चालक महेशकुमार बस्नेत सचिवमा आकृति रिक्रुटमेन्ट प्रालिका कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्षमा शुभहारती म्यानपावर प्रालिका विक्रम श्रेष्ठले उम्मेदवारी दिएका छन् । सचिव पदका उम्मेदवार डिम्दोङ गणतान्त्रिक मञ्चको कोटाबाट उम्मेदवार बनेका हुन् । 

संयुक्त प्यानलबाट सदस्य पदमा इम्पेरियल ओभरसिज प्रालिकी विद्यालक्ष्मी बज्राचार्य, हिमालयन भ्याली नेपाल प्रालिका देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिका दीपककुमार राय, रसुवा ओभरसिज प्रालिका सुवर्ण लामा, सेक्युर नेपाल जब प्लेसमेन्ट प्रालिका सुमनराज पाण्डे, युनिक ओभरसिज प्रालिका तिलरुपा दाहाल, ग्लोबल एचआर हब प्रालिकी गीता राउत, इगल म्यानपावर कन्सल्टेन्ट प्रालिका कृष्ण ढकाल, रिजा ओभरसिज प्रालिकी रेखा शेर्मा र युनिभर्सल एचआर सोलुसन प्रालिका भरत सापकोटाले उम्मेदवारी दिने भएका छन् ।

चुनावमा एसोसिएसन र नेकपा माओवादी निकट गणतान्त्रिक मञ्च तालमेल गरेर चुनावमा होमिने भएका छन् । संघको २१ सदस्यीय कार्यसमितिमा सचिव र ३ वटा सदस्य गणतान्त्रिकलाई दिइएको छ भने बाँकि सबै पदमा एसोसिएसनका उम्मेद्वार छन् । 


 


प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP