Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • आखिर के का लागि आन्दोलन 
आखिर के का लागि आन्दोलन 
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, चैत १९, २०८१

सोमबार प्रतिनिधिसभामा रोमाञ्चक दृश्यहरु देखिन्थे । एकातिर राजा चाहियो, अर्कोतिर कुनै हालतमा राजाको कुरा गर्न नै पाइँदैन । ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भन्ने व्यंग्यात्मक गीतजस्तै । संसद् दलहरुका लागि झगडा गरेको जस्तो गर्ने थलो बन्दै छ ।

प्रत्यक्ष प्रसारणमा हुञ्जेल कुटुँला जस्तो । बाहिर निस्केपछि छुटुँला जस्तो । गाईजात्रा भनेजस्तै । हुन त संसद् पछिल्लो समयमा यस्तै यस्तै जात्रा गर्ने रंगमञ्चका रुपमा स्थापित हुँदै गएको छ । हो भन्नेले हो भन्नुस् होइन भन्नेले होइन भन्नुस् । कुरा खतम ! तर सधैं त्यत्तिले मात्र कहाँ पुग्थ्यो र संसद्, संसदका रुपमा नै रहन सकेको छैन । एकले अर्कालाई आरोप लगाउने यो अहिलेको मात्र रोग पनि होइन । पुरानै रोग हो ।

मालिक र दासबीचको विभेद अन्त्य गर्नका लागि कानुन बनाउने त्यही ठाउँमा माथिल्ला पदकाले तलकालाई होच्याउने । त्यही भएर होला ‘तँ भन्दा म के कम’ भन्ने खालको भयो । कांग्रेस होस् कि एमाले, माओवादी हुन् या राजावादी, आ–आफ्नै बाजा बजाइरहेका छन् त्यही संसद्मा ।जुम्लाका ज्ञानेन्द्र शाही हुन् कि ताप्लेजुङका योगेश भट्टराई, यो वा त्यो नाममा एउटा न एउटा तानाशाह स्वीकार गर्ने ! ज्ञानेन्द्र शाही राजाको पछि योगेश केपी–ओलीको पछि । स्वाभाविकै हो आ–आफ्नो अभिभावक स्वीकार गरेकै छन् ।

२०५१ सालमा माओवादीले जनयुद्ध भन्दै सरकारी भवन जलाए, ६१ तिर गगनहरुले सरकारी गाडीहरु जलाए । अहिले राजावादीहरुले फेरि उही बाटो अपनाउँदै घर, गाडी जलाए । २० वर्षअघि लोकतन्त्रका लागि आन्दोलन भयो । २० वर्षमा कसले के पाए कसले के गुमाए आफूले आफैंलाई प्रश्न गर्दा नै ठीक होला । 
आन्दोलन के का लागि ? व्यवस्था परिवर्तनका लागि कि अवस्था परिवर्तनका लागि ? पुराना कुरा नगरौं भन्दै पन्छिन खोजे हाम्रा किरण बाजे ! त्यसो भए २०१७ सालदेखि ०४६ सम्म के पाए जनताले ? ०४७ देखि ०८१ सालसम्म के पाए ? सबैको साझा प्रश्न नै त्यही हो भन्छन्, सानो राजा ।किरण बाजे खै किन हो त्यत्ति खुलेनन् । संसद्देखि सडकसम्म शक्ति प्रदर्शन के का लागि हो त ? जनतालाई आन्दोलनले के दिन्छ र ? आन्दोलन भन्यो आगो बाल्यो सरकारी सम्पत्ति खरानी बनायो । यो त २० वर्षअघि नै बन्द हुनुपर्ने थियो ।

Hardik health

किरण बाजे आन्दोलनका हर्ताकर्ता । यता सानो राजा आन्दोलनको विपक्षमा । कुरो के मिल्थ्यो ! संसद्मा ज्ञानेन्द्र, योगेश र विश्वप्रकाश जस्तै । संसद्मा राजतन्त्रवादी र गणतन्त्रवादीबीचको जुहारी । एउटा वारि एउटा पारि ।जे होस् पहिले–पहिले १० वर्षमा हुने आन्दोलन अहिले २० वर्षमा सरेको छ । दुई–चार दशकपछि ३० वर्षमा सर्ला ! आखिर के का लागि । चाहे त्यो गणतन्त्रवादीको होस् चाहे राजावादीको होस् । जब जनताको आशा र भरोसा टुटेपछि यस्तै आन्दोलन र आगोमात्र देखिने हो । 

केही वर्षपछि वृद्धाश्रमहुँदै गरेको मुलुकमा आन्दोलनका जात्रा किन ? सानो राजाले किरण बाजेलाई कोट्याइरहेका छन् । तर किरण बाजे ढुंगा बोल्ला मान्छे बोल्नेवाला छैनन् । आज किन हो सानो राजाको पालोजस्तै । उहीमात्र एकोहोरो । सरकार, सरकारजस्तै भएन । कांग्रेस–एमाले दुई मिलेर तानाशाह लाद्न खोजेपछि बालेन शाहले टुकुचामा गाड्न समयसीमा तोक्ने दिन पनि आयो । अनि निरंकुशतन्त्र फाल्नेहरु नै ज्ञानेन्द्र शाहका पक्षमा आगो बाल्न आए ?

‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबैं टेडी’ भनेजस्तै भो । गणतन्त्रको फल कसैकसैका लागिमात्र मिठो भो । सारा दुनियाँलाई तितो भो । जनताले राजा नै कहाँ मागेका थिए र ? व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तन खोजेका थिए । भोका नागरिकले खाना खोजे । बेरोजगारले रोजगारीको अवसर खोजे । बिरामीले उपचार खोजे । अभिभावकले गुणस्तरीय शिक्षालय खोजे । तर शिक्षालय व्यापारीको भो ! अस्पताल माफियाको भो ! बेरोजगारलाई दुबई, कतार मान्छे बेचेजस्तै भो । आफैं केही गर्न खोज्नेहरुका लागि जन्माउन पाएको छैन सरकारको करले थिलथिलो भो !

बाँच्नका लागि केही त गर्नै पर्ने भो । दलमा लाग्नेहरुका लागि सर्वत्र फलिफापमात्र भो नागरिकहरुका लागि नेताहरुकै कारण बिल्लीबाठ भो । २०५२ सालमा गाउँबाट लखेटे, ०६२ मा सदरमुकामबाट खेदेझै ०८२ मा कता खेद्ने हुन् ? आखिर के का लागि आन्दोलन र आगो ?सरकार जनताको भैदिएको भए, युवाहरु खाडीमा बेचिनु पर्दैनथ्यो होला ? गाउँमा डाँडामाथिको घाम जस्तै भएका बा आमाहरु घिटीघिटी भएर काल कुरेर बस्नु पर्दैनथ्यो होला । सन्तान, बाउ आमाको काखमा लुट्पुटिएर सधैंभरि वरिपरि बस्ने वातावरण कसले खोस्यो ? कहिले कांग्रेस–एमालेले खोस्यो, कहिले पञ्चेले खोज्यो, कहिले माओवादीले खोस्यो । खोस्नेबाहेक के पो दियो र !

त्यही संसद्मा गाईजात्रा होइन जनताका लागि आवाज उठ्नुपर्ने थियो । त्यही संसद्बाट रोजगारी वृद्धि, उद्योगधन्दा सञ्चालनका कुरा उठ्नुपर्दथ्यो । शिक्षा र स्वास्थ्य सरकारको नियन्त्रणमा हुने निर्णय गर्नु पथ्र्यो । हरेक नागरिकले आफ्नो क्षमता र सीपअनुसारको काम आफ्नै गाउँ टोलमा बसेर गर्न पाउनु पथ्र्यो ।तर, जनताको हात रित्तो, ऋणै ऋणको भारले थिच्यो । संसद्देखि सडकसम्म आन्दोलनको रन्को । नेता सबलाई राजा बन्ने रहर । जनता बबुरा त्यही आन्दोलन र आगोमा परेर मर !
 


प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०९:४५
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP