Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भुवनसिंह गुरुङ नेतृत्वको प्यानल घोषणा
वैदेशिक रोजगार व्यवसायी संघको चुनाव भुवनसिंह गुरुङ नेतृत्वको प्यानल घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १८, २०८१

यस्तो बन्यो गुरुङ प्यानल
अध्यक्षः भुवनसिंह गुरुङ
प्रथम उपाध्यक्षः नरेन्द्रप्रसाद ढकाल
द्वितीय उपाध्यक्षः देवकुमार खोखाली
तृतीय उपाध्यक्षः हर्कबहादुर लिम्बू
महासचिवः महेशकुमार बस्नेत
सचिवः कुन्छादोर्जे डिम्दोङ
कोषाध्यक्षः विक्रम श्रेष्ठ
सदस्यहरुः
विद्यालक्ष्मी बज्राचार्य, देवीप्रसाद गिरी, दीपककुमार राय, सुवर्ण लामा, सुमनराज पाण्डे, तिलरुपा दाहाल, गीता राउत, कृष्ण ढकाल, रेखा शेर्मा र भरत सापकोटा

 

  •  लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिक मञ्चबीच तालमेल
  •  व्यवसायीको सेवामा समर्पित हुने गुरुङको प्रतिबद्धता

काठमाडौं– नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि उम्मेदवार सार्वजनिक गरेको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था एसोसिएसनले आइतबार घोषणासभा आयोजना गरी भुवनसिंह गुरुङको नेतृत्वमा १७ जनाको उम्मेदवारी घोषणा गरेको हो ।

यही चैत २९ गते हुने संघको निर्वाचनमा नेकपा माओवादी केन्द्रनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँग तालमेल गरेर लोकतान्त्रिक एसोसिएसन प्रतिस्पर्धामा उत्रँदै छ । संघको २१ सदस्यीय कार्यसमितिमा सचिव र तीन वटा सदस्य पद गणतान्त्रिकलाई दिइएको छ ।अध्यक्षका प्रत्यासी गुरुङ एसोसिएसनका पूर्वअध्यक्ष एवं संघका पूर्वद्वितीय उपाध्यक्षसमेत हुन् । गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालिका सञ्चालक गुरुङ यस क्षेत्रका स्थापित एवं सबै व्यवसायीमाझ समन्वयकारी भूमिका निर्वाह गर्ने नेतृत्वको रुपमा परिचित छन् । 

Hardik health

गुरुङको प्यानलबाट प्रथम उपाध्यक्ष पदमा नोकरी नेपाल प्रालिका सञ्चालक नरेन्द्रप्रसाद ढकाल उम्मेदवार बनेका छन् । यसैगरी द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रालिका सञ्चालक देवकुमार खोखाली, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका सञ्चालक महेशकुमार बस्नेत सचिवमा आकृति रिक्रुटमेन्ट प्रालिका कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्षमा शुभहारती म्यानपावर प्रालिका विक्रम श्रेष्ठले उम्मेदवारी दिएका छन् । सचिव पदका उम्मेदवार डिम्दोङ गणतान्त्रिक मञ्चको कोटाबाट उम्मेदवार बनेका हुन् । 

गुरुङ प्यानलबाट सदस्य पदमा इम्पेरियल ओभरसिज प्रालिकी विद्यालक्ष्मी बज्राचार्य, हिमालयन भ्याली नेपाल प्रालिका देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिका दीपककुमार राय, रसुवा ओभरसिज प्रालिका सुवर्ण लामा, सेक्युर नेपाल जब प्लेसमेन्ट प्रालिका सुमनराज पाण्डे, युनिक ओभरसिज प्रालिका तिलरुपा दाहाल, ग्लोबल एचआर हब प्रालिकी गीता राउत, इगल म्यानपावर कन्सल्टेन्ट प्रालिका कृष्ण ढकाल, रिजा ओभरसिज प्रालिकी रेखा शेर्मा र युनिभर्सल एचआर सोलुसन प्रालिका भरत सापकोटाले उम्मेदवारी दिने भएका छन् ।

गुरुङको प्रतिबद्धताः व्यवसायीको हितमा चौबीसै घण्टा खट्छु
लोकतान्त्रिक एसोसिएसनको उम्मेदवारी घोषणासभालाई सम्बोधन गर्दै गुरुङले आफू वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रतिबद्धतासहित संघको नेतृत्व गर्न अगाडि बढेको बताए । यस क्षेत्रका समस्यालाई आफूले विगत १६ वर्षदेखि नियालिरहेको उल्लेख गर्दै उनले व्यवसायीलाई दुःख दिने सबै समस्याको समाधान आफूलेमात्र गर्न सक्ने दाबी गरे ।

शक्तिको आडमा व्यवसायीलाई दुःख दिने प्रवृत्ति अन्त्य गर्न प्रतिबद्ध भई लाग्ने उनले बताए । व्यवसायीको सेवाबाहेक आफ्नो कुनै स्वार्थ नरहेको अध्यक्षका प्रत्यासी गुरुङको प्रस्टोक्ति छ । ‘म चौबीसै घण्टा व्यवसायीका लागि काम गरिरहेको छु । मलाई कुनै लोभ लालच छैन । २१ वर्ष भयो यो क्षेत्रमा काम गरेको । म काम गर्ने मान्छे हो, बोल्ने होइन,’ उनले भने । गुरुङले आफूलाई जिताए व्यवसायीको संरक्षण गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसमापति धनराज गुरुङ, सांसद रामहरि खतिवडा, सहमहामन्त्री जीवन परियार, नैनसिंह महर, पूर्वसहरी विकासमन्त्री सीता गुरुङलगायतले सम्बोधन गरेका थिए । एसोसियसनका अध्यक्ष दीपक थापा, संघका पूर्वअध्यक्ष हंसराज वाग्ले, संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ लगायतले एसोसिएसनका उम्मेदवारहरुलाई जिताउन सबै एक जुट भएर लाग्न व्यवसायीहरुलाई अपिल गरेका थिए । 

संघको ३०औं तथा ३१आंैं साधारणसभा तथा निर्वाचन यही चैत २९ गते हुँदै छ । यसअघि गत फागुन २ गतेका लागि तोकिएको संघको चुनाव अन्तिम समयमा स्थगित गरिएको थियो । 
 


प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री मंगलबार, कात्तिक १८, २०८२
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा मंगलबार, कात्तिक १८, २०८२
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, कात्तिक १७, २०८२
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता सोमबार, कात्तिक १७, २०८२
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ आइतबार, कात्तिक १६, २०८२
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP