Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भुवनसिंह गुरुङ नेतृत्वको प्यानल घोषणा
वैदेशिक रोजगार व्यवसायी संघको चुनाव भुवनसिंह गुरुङ नेतृत्वको प्यानल घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १८, २०८१

यस्तो बन्यो गुरुङ प्यानल
अध्यक्षः भुवनसिंह गुरुङ
प्रथम उपाध्यक्षः नरेन्द्रप्रसाद ढकाल
द्वितीय उपाध्यक्षः देवकुमार खोखाली
तृतीय उपाध्यक्षः हर्कबहादुर लिम्बू
महासचिवः महेशकुमार बस्नेत
सचिवः कुन्छादोर्जे डिम्दोङ
कोषाध्यक्षः विक्रम श्रेष्ठ
सदस्यहरुः
विद्यालक्ष्मी बज्राचार्य, देवीप्रसाद गिरी, दीपककुमार राय, सुवर्ण लामा, सुमनराज पाण्डे, तिलरुपा दाहाल, गीता राउत, कृष्ण ढकाल, रेखा शेर्मा र भरत सापकोटा

 

  •  लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिक मञ्चबीच तालमेल
  •  व्यवसायीको सेवामा समर्पित हुने गुरुङको प्रतिबद्धता

काठमाडौं– नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि उम्मेदवार सार्वजनिक गरेको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था एसोसिएसनले आइतबार घोषणासभा आयोजना गरी भुवनसिंह गुरुङको नेतृत्वमा १७ जनाको उम्मेदवारी घोषणा गरेको हो ।

यही चैत २९ गते हुने संघको निर्वाचनमा नेकपा माओवादी केन्द्रनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँग तालमेल गरेर लोकतान्त्रिक एसोसिएसन प्रतिस्पर्धामा उत्रँदै छ । संघको २१ सदस्यीय कार्यसमितिमा सचिव र तीन वटा सदस्य पद गणतान्त्रिकलाई दिइएको छ ।अध्यक्षका प्रत्यासी गुरुङ एसोसिएसनका पूर्वअध्यक्ष एवं संघका पूर्वद्वितीय उपाध्यक्षसमेत हुन् । गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालिका सञ्चालक गुरुङ यस क्षेत्रका स्थापित एवं सबै व्यवसायीमाझ समन्वयकारी भूमिका निर्वाह गर्ने नेतृत्वको रुपमा परिचित छन् । 

Hardik health

गुरुङको प्यानलबाट प्रथम उपाध्यक्ष पदमा नोकरी नेपाल प्रालिका सञ्चालक नरेन्द्रप्रसाद ढकाल उम्मेदवार बनेका छन् । यसैगरी द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रालिका सञ्चालक देवकुमार खोखाली, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका सञ्चालक महेशकुमार बस्नेत सचिवमा आकृति रिक्रुटमेन्ट प्रालिका कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्षमा शुभहारती म्यानपावर प्रालिका विक्रम श्रेष्ठले उम्मेदवारी दिएका छन् । सचिव पदका उम्मेदवार डिम्दोङ गणतान्त्रिक मञ्चको कोटाबाट उम्मेदवार बनेका हुन् । 

गुरुङ प्यानलबाट सदस्य पदमा इम्पेरियल ओभरसिज प्रालिकी विद्यालक्ष्मी बज्राचार्य, हिमालयन भ्याली नेपाल प्रालिका देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिका दीपककुमार राय, रसुवा ओभरसिज प्रालिका सुवर्ण लामा, सेक्युर नेपाल जब प्लेसमेन्ट प्रालिका सुमनराज पाण्डे, युनिक ओभरसिज प्रालिका तिलरुपा दाहाल, ग्लोबल एचआर हब प्रालिकी गीता राउत, इगल म्यानपावर कन्सल्टेन्ट प्रालिका कृष्ण ढकाल, रिजा ओभरसिज प्रालिकी रेखा शेर्मा र युनिभर्सल एचआर सोलुसन प्रालिका भरत सापकोटाले उम्मेदवारी दिने भएका छन् ।

गुरुङको प्रतिबद्धताः व्यवसायीको हितमा चौबीसै घण्टा खट्छु
लोकतान्त्रिक एसोसिएसनको उम्मेदवारी घोषणासभालाई सम्बोधन गर्दै गुरुङले आफू वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रतिबद्धतासहित संघको नेतृत्व गर्न अगाडि बढेको बताए । यस क्षेत्रका समस्यालाई आफूले विगत १६ वर्षदेखि नियालिरहेको उल्लेख गर्दै उनले व्यवसायीलाई दुःख दिने सबै समस्याको समाधान आफूलेमात्र गर्न सक्ने दाबी गरे ।

शक्तिको आडमा व्यवसायीलाई दुःख दिने प्रवृत्ति अन्त्य गर्न प्रतिबद्ध भई लाग्ने उनले बताए । व्यवसायीको सेवाबाहेक आफ्नो कुनै स्वार्थ नरहेको अध्यक्षका प्रत्यासी गुरुङको प्रस्टोक्ति छ । ‘म चौबीसै घण्टा व्यवसायीका लागि काम गरिरहेको छु । मलाई कुनै लोभ लालच छैन । २१ वर्ष भयो यो क्षेत्रमा काम गरेको । म काम गर्ने मान्छे हो, बोल्ने होइन,’ उनले भने । गुरुङले आफूलाई जिताए व्यवसायीको संरक्षण गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसमापति धनराज गुरुङ, सांसद रामहरि खतिवडा, सहमहामन्त्री जीवन परियार, नैनसिंह महर, पूर्वसहरी विकासमन्त्री सीता गुरुङलगायतले सम्बोधन गरेका थिए । एसोसियसनका अध्यक्ष दीपक थापा, संघका पूर्वअध्यक्ष हंसराज वाग्ले, संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ लगायतले एसोसिएसनका उम्मेदवारहरुलाई जिताउन सबै एक जुट भएर लाग्न व्यवसायीहरुलाई अपिल गरेका थिए । 

संघको ३०औं तथा ३१आंैं साधारणसभा तथा निर्वाचन यही चैत २९ गते हुँदै छ । यसअघि गत फागुन २ गतेका लागि तोकिएको संघको चुनाव अन्तिम समयमा स्थगित गरिएको थियो । 
 


प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP