Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अभिमुखीकरण तालिमका लागि छुट्याइयो छ वटा देशगत समूह 
अभिमुखीकरण तालिमका लागि छुट्याइयो छ वटा देशगत समूह 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १७, २०८१
  • एउटा व्यवसायीले बढीमा दुई समूहमा तालिम सञ्चालन पाइने
  •  दुईवटा क्लस्टर दिन ‘चलखेल’ भएको अभिमुखीकरण व्यवसायी महासंघको आरोप


काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानुपूर्व दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन गर्न छुट्याइएको  छ वटा क्लस्टर (समूह)मा पर्ने देशहरुको सूची सार्वजनिक गरेको छ । विभागले क्लस्टर कार्यान्वयनबारे यसअघि नै नीतिगत निर्णय गरिसकेको भए पनि शुक्रबार पूर्णसूची सार्वजनिक गरेको हो । 

गन्तव्य मुलुकलाई मलेसिया, जिसिसीमा आबद्ध देशहरु, जिसिसिमा आबद्ध नभएका देशहरु, जापान र दक्षिण कोरिया, इजरायल र युरोपका देशहरु भनेर छ वटा समूहमा विभाजन गरिएको छ । जिसिसीमा आबद्ध देशमा साउदी अरब, युएई, कतार, ओमान, बहराइन र कुवेत रहेका छन् । एसिया, अफ्रिका र अमेरिका महादेशका देशहरु जिसिसीमा आबद्ध नभएका देशको समूहमा रहेका छन् । 

विभागले अभिमुखीकरण तालिम सञ्चालन गर्न इच्छुक संस्थाहरूलाई क्लस्टर छनोट वा परिवर्तन गर्नका लागि सात दिनको समय दिएको छ । साथै एकभन्दा बढी क्लस्टरमा तालिम सञ्चालन गर्न चाहने अभिमुखीकरण तालिमप्रदायक संस्थाले पनि विभागमा निवेदन दिन सक्ने छन् । यसका लागि विभागले अनुगमन गर्दा आवश्यक जनशक्ति र पूर्वाधार भएको खण्डमा बढीमा दुईवटा क्लस्टरमा तालिम सञ्चालन गर्न अनुमति दिने जनाएको छ । विभागले यसअघि पुस २२ मा नै सूचना निकालेर माघ १ गतेबाट क्लस्टरअनुसार अभिमुखीकरण तालिम सञ्चालन हुने भन्दै सात दिनभित्र क्लस्टर छनोट गर्न सूचना निकालेको थियो । त्यसपछि मुलुकभरमा २४३ वटा संस्थाले क्लस्टरअनुसार नै तालिम सञ्चालन गरिरहेको व्यवसायीहरुले बताएका छन् ।

Hardik health

चलखेलको आशंका
विभागको सबै काम स्वागतयोग्य भए पनि एउटा व्यवसायीलाई दुई वटा क्लस्टर दिने विषय शंकास्पद भएको नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले बताए । कानुनमा एउटा संस्थालाई एउटा क्लस्टर दिने व्यवस्था भएकोमा स्वार्थ समूहको प्रभावमा परेर दुईवटा क्लस्टर दिने चलखेल भएको उनको भनाइ छ । 

‘पहिला सबै व्यवसायीलाई सबै क्लस्टर दिइएको थियो । अहिले संसदीय कार्यविधिले एउटामात्र क्लस्टर चलाउन पाउने भनेर देश छान्नका लागि समय दिएको छ, तर चलखेल भएरै दुईवटा दिने भनेर बुझिसकियो,’ अध्यक्ष गौतमले भने, ‘दुईवटा क्लस्टर लिन पाएपछि अर्काको काममा पनि आँखा लगाउन पाइयो, सबै चलखेल त हो नि ! कानुनमै नभएको कुरा लागू हुन्छ भने ‘कन्फ्लिक्ट अफ इन्टे«स्ट’ले नै हो ।’

इजरायल कसैले नरोजेपछि समस्या
विभागका अनुसार सबैभन्दा धेरै अभिमुखीकरण प्रदायक संस्थाले खाडी मुलुक छानेका छन् भने इजरायल कसैले पनि छानेका छैनन् । इजरायलमा व्यक्तिगत श्रम स्वीकृति लिएर थोरै मात्र श्रमिक रोजगारीमा जाने भएकाले कुनै पनि व्यवसायीले काम गर्न नमान्दा पुनः सूचना निकालिएको विभागको भनाइ छ । 

‘जिटुजीमार्फत इजरायल जानेलाई सरकारले तालिम दिइरहेको छ । इजरायलको क्लस्टर कुनै पनि संस्थाले छानेनन् । तर इजरायल त व्यक्तिगतरुपमा पनि जान्छन् । जानेहरु थोरै संख्यामा भए पनि अभिमुखीकरण दिनुप¥यो,’ विभागका निर्देशक छवि पौडेलले भने, ‘इजरायल जाने एक महिनामा तीन–चार जनामात्र हुँदा रहेछन् । त्यही भएर समस्या आयो । त्यसैले यो अप्ठ्यारोलाई सन्तुलन गर्न दुईवटा क्लस्टर दिन खोजिएको हो ।’

अर्कोतर्फ अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि,२०७६ को दोस्रो संशोधनमा एकपटकमा एउटा क्लस्टर भनिएको तर एउटा संस्थालाई कतिवटा क्लस्टर दिने भन्ने स्पष्ट व्यवस्था नभएकाले व्यवसायीको प्रभावमा दुईवटा क्लस्टर दिन खोजियो भन्नु गलत भएको उनको भनाइ छ । कार्यविधिको परिच्छेद–२ मा ‘अभिमुखीकरण देशगत समूहअनुसार सञ्चालन गर्नुपर्ने’ भनेर मात्र लेखिएको छ । ‘कार्यविधि पहिलोचोटि बनाएकाले यस्ता विषयमा ध्यान दिइएन, अहिले कार्यान्वयन गर्ने बेलामा थाहा भयो समस्या छ भनेर । व्यवसायीको व्यावसायिक पक्षलाई पनि मध्यनजर गर्नुपर्छ । समस्या भएका विषयलाई व्यावहारिक बनाउँदै लैजानुपर्छ,’ निर्देशक पौडेलले भने ।
 


प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP