Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अभिमुखीकरण तालिमका लागि छुट्याइयो छ वटा देशगत समूह 
अभिमुखीकरण तालिमका लागि छुट्याइयो छ वटा देशगत समूह 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १७, २०८१
  • एउटा व्यवसायीले बढीमा दुई समूहमा तालिम सञ्चालन पाइने
  •  दुईवटा क्लस्टर दिन ‘चलखेल’ भएको अभिमुखीकरण व्यवसायी महासंघको आरोप


काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानुपूर्व दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन गर्न छुट्याइएको  छ वटा क्लस्टर (समूह)मा पर्ने देशहरुको सूची सार्वजनिक गरेको छ । विभागले क्लस्टर कार्यान्वयनबारे यसअघि नै नीतिगत निर्णय गरिसकेको भए पनि शुक्रबार पूर्णसूची सार्वजनिक गरेको हो । 

गन्तव्य मुलुकलाई मलेसिया, जिसिसीमा आबद्ध देशहरु, जिसिसिमा आबद्ध नभएका देशहरु, जापान र दक्षिण कोरिया, इजरायल र युरोपका देशहरु भनेर छ वटा समूहमा विभाजन गरिएको छ । जिसिसीमा आबद्ध देशमा साउदी अरब, युएई, कतार, ओमान, बहराइन र कुवेत रहेका छन् । एसिया, अफ्रिका र अमेरिका महादेशका देशहरु जिसिसीमा आबद्ध नभएका देशको समूहमा रहेका छन् । 

विभागले अभिमुखीकरण तालिम सञ्चालन गर्न इच्छुक संस्थाहरूलाई क्लस्टर छनोट वा परिवर्तन गर्नका लागि सात दिनको समय दिएको छ । साथै एकभन्दा बढी क्लस्टरमा तालिम सञ्चालन गर्न चाहने अभिमुखीकरण तालिमप्रदायक संस्थाले पनि विभागमा निवेदन दिन सक्ने छन् । यसका लागि विभागले अनुगमन गर्दा आवश्यक जनशक्ति र पूर्वाधार भएको खण्डमा बढीमा दुईवटा क्लस्टरमा तालिम सञ्चालन गर्न अनुमति दिने जनाएको छ । विभागले यसअघि पुस २२ मा नै सूचना निकालेर माघ १ गतेबाट क्लस्टरअनुसार अभिमुखीकरण तालिम सञ्चालन हुने भन्दै सात दिनभित्र क्लस्टर छनोट गर्न सूचना निकालेको थियो । त्यसपछि मुलुकभरमा २४३ वटा संस्थाले क्लस्टरअनुसार नै तालिम सञ्चालन गरिरहेको व्यवसायीहरुले बताएका छन् ।

Hardik health

चलखेलको आशंका
विभागको सबै काम स्वागतयोग्य भए पनि एउटा व्यवसायीलाई दुई वटा क्लस्टर दिने विषय शंकास्पद भएको नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले बताए । कानुनमा एउटा संस्थालाई एउटा क्लस्टर दिने व्यवस्था भएकोमा स्वार्थ समूहको प्रभावमा परेर दुईवटा क्लस्टर दिने चलखेल भएको उनको भनाइ छ । 

‘पहिला सबै व्यवसायीलाई सबै क्लस्टर दिइएको थियो । अहिले संसदीय कार्यविधिले एउटामात्र क्लस्टर चलाउन पाउने भनेर देश छान्नका लागि समय दिएको छ, तर चलखेल भएरै दुईवटा दिने भनेर बुझिसकियो,’ अध्यक्ष गौतमले भने, ‘दुईवटा क्लस्टर लिन पाएपछि अर्काको काममा पनि आँखा लगाउन पाइयो, सबै चलखेल त हो नि ! कानुनमै नभएको कुरा लागू हुन्छ भने ‘कन्फ्लिक्ट अफ इन्टे«स्ट’ले नै हो ।’

इजरायल कसैले नरोजेपछि समस्या
विभागका अनुसार सबैभन्दा धेरै अभिमुखीकरण प्रदायक संस्थाले खाडी मुलुक छानेका छन् भने इजरायल कसैले पनि छानेका छैनन् । इजरायलमा व्यक्तिगत श्रम स्वीकृति लिएर थोरै मात्र श्रमिक रोजगारीमा जाने भएकाले कुनै पनि व्यवसायीले काम गर्न नमान्दा पुनः सूचना निकालिएको विभागको भनाइ छ । 

‘जिटुजीमार्फत इजरायल जानेलाई सरकारले तालिम दिइरहेको छ । इजरायलको क्लस्टर कुनै पनि संस्थाले छानेनन् । तर इजरायल त व्यक्तिगतरुपमा पनि जान्छन् । जानेहरु थोरै संख्यामा भए पनि अभिमुखीकरण दिनुप¥यो,’ विभागका निर्देशक छवि पौडेलले भने, ‘इजरायल जाने एक महिनामा तीन–चार जनामात्र हुँदा रहेछन् । त्यही भएर समस्या आयो । त्यसैले यो अप्ठ्यारोलाई सन्तुलन गर्न दुईवटा क्लस्टर दिन खोजिएको हो ।’

अर्कोतर्फ अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि,२०७६ को दोस्रो संशोधनमा एकपटकमा एउटा क्लस्टर भनिएको तर एउटा संस्थालाई कतिवटा क्लस्टर दिने भन्ने स्पष्ट व्यवस्था नभएकाले व्यवसायीको प्रभावमा दुईवटा क्लस्टर दिन खोजियो भन्नु गलत भएको उनको भनाइ छ । कार्यविधिको परिच्छेद–२ मा ‘अभिमुखीकरण देशगत समूहअनुसार सञ्चालन गर्नुपर्ने’ भनेर मात्र लेखिएको छ । ‘कार्यविधि पहिलोचोटि बनाएकाले यस्ता विषयमा ध्यान दिइएन, अहिले कार्यान्वयन गर्ने बेलामा थाहा भयो समस्या छ भनेर । व्यवसायीको व्यावसायिक पक्षलाई पनि मध्यनजर गर्नुपर्छ । समस्या भएका विषयलाई व्यावहारिक बनाउँदै लैजानुपर्छ,’ निर्देशक पौडेलले भने ।
 


प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री मंगलबार, कात्तिक १८, २०८२
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा मंगलबार, कात्तिक १८, २०८२
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, कात्तिक १७, २०८२
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता सोमबार, कात्तिक १७, २०८२
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ आइतबार, कात्तिक १६, २०८२
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP