Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस नेताहरु सरकारसँग असन्तुष्ट
कांग्रेस नेताहरु सरकारसँग असन्तुष्ट
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १२, २०८१

काठमाडौं– नेपाली कांग्रेसका नेताहरु आफ्नै सरकारसँग असन्तुष्ट बन्न थालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा समूहकै पदाधिकारीबाटै सरकारको विरोध सुरु भएको छ ।

सोमबार कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले देउवाकै अघि असन्तुष्टि पोखे । ‘हामी सबैलाई थाहा छ । अहिले सबैभन्दा ठूलो दुई दलको सरकार छ । सभापतिजी सधैं भन्नुहुन्छ– हाम्रो पार्टी सरकारमा छ नि यार,’ सहमहामन्त्री आङ्देम्बेले भने, ‘हाम्रो सरकार हुँदा पनि हामीले किन अनुभूति गर्न पाएनौैं त ?’

निर्माण व्यवसायीको भेलामा ललितपुरको सानेपामा आयोजित कार्यक्रममा आङ्देम्बेले प्रश्न गरेपछि भेलामा उपस्थितले उनलाई जोडदार समर्थन गरेका थिए । सभापति देउवाले भने उनको प्रश्नमा कुनै सम्बोधन गरेनन् ।

हामी सबैलाई थाहा छ । अहिले सबैभन्दा ठूलो दुई दलको सरकार छ । सभापतिजी सधैं भन्नुहुन्छ– हाम्रो पार्टी सरकारमा छ नि यार । हाम्रो सरकार हुँदा हुँदा पनि हामीले किन अनुभूति गर्न पाएनौैं त ?
भीष्मराज आङ्देम्बे
सहमहामन्त्री, नेपाली कांग्रेस

Hardik health


यद्यपि, कांग्रेसभित्र सरकार विरोधी स्वर बलियो हुँदै गएको छ । शुक्रबार कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइरालाले सरकारको खुलेर विरोध गरेका थिए । कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले केही काम नगरेको कोइरालाको दाबी थियो । ‘सरकार बनाउँदा सात बुँदे सम्झौता गर्नुभयो । प्रधानमन्त्रीले रोस्ट्रममै उभिएर भन्नुभयो । संविधान पुनरवलोकन गर्ने भन्ने कुरा छ । तर एउटा पनि काम भएको छैन,’ कोइरालाले भने, ‘जनता यसै निराश भइरहेका छन् । जनतामा रहेको वितृष्ण हटाउनुपर्छ ।’

बत्तीसपुतलीको अनुपम फुडल्यान्डमा कोइरालाले कांग्रेस मियो बन्न छाडेर अरु पार्टीको पुच्छर भएकोसमेत बताए । ‘कांग्रेस मियो बन्नुपथ्र्यो । कांग्रेस एमालेको पछि लागिरहेको छ । कहिले माओवादीको पछि लागिरहेको छ । जनताले त विश्वास गर्छ नेपाली कांग्रेसलाई तर मियो बन्नुपर्यो नि,’ कोइरालाले भने । कोइराला समूहबाट यो सरकारमा बद्री पाण्डे, रामनाथ अधिकारी र तेजुलाल चौधरी मन्त्री छन् । तीनै मन्त्रीले पनि कार्यसम्पादनमा खासै प्रभावकारी काम गर्न नसकेको कोइराला आफैंले बताउँदै आएका छन् । 

सरकार बनाउँदा सात बुँदे सम्झौता गर्नुभयो । प्रधानमन्त्रीले रोस्ट्रममै उभिएर भन्नुभयो । संविधान पुनरवलोकन गर्ने भन्ने कुरा छ । तर एउटा पनि काम भएको छैन
डा. शेखर कोइराला
नेता, नेपाली कांग्रेस

यता देउवा गुटबाटै केन्द्रीय सदस्य बनेका एनपी साउद पनि पछिल्लोपटक सरकारको आलोचनामा उत्रने नेतामा पर्छन् । शुक्रबार उनले सरकारको कटु आलोचना गरेका हुन् । ‘आज संविधान संशोधनको बाटोमा पनि दुईतिहाइको सरकारले पहिलो पाइला पनि चाल्न सकेको छैन,’ पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका साउदले भने, ‘सत्तारुढ गठनबन्धकै तर्फबाट पनि संविधानका केही एजेण्डाहरू बाहिर ल्याउने काम हामीले गर्न सकेका छैनौं ।’ 

सरकार गठनका बेला कांग्रेस–एमालेले सात बुँदे सहमतिपत्रमा ‘काइते’ शैलीमा संविधान संशोधन उल्लेख गरेको साउदको दाबी थियो । ‘कानुनी भाषामा अलिअलि काइते भन्ने शब्द प्रयोग गरिन्छ । त्यही काइते शब्दावलीमा सात बुँदेको २ नम्बरमा लेखिएको थियो– संविधानका सफल पक्षहरूलाई बलियो बनाउने, र कमिकमजोरीलाई हटाउने भनेर लेखिएको थियो,’ साउदले भने, ‘शासकीय स्वरुपका बारेमा एजेण्डा खोलिएको थिएन । समानुपातिकका बारेमा एजेण्डा खोलिएको थिएन । अन्य कुराका बारेमा पनि एजेण्डा खोलिएको थिएन । त्यसलाई अमूर्तरुपमा मात्रै प्रवेश दिएर प्रतिबद्धता व्यक्त गरिएको अवस्था थियो ।’

आज संविधान संशोधनको बाटोमा पनि दुईतिहाइको सरकारले पहिलो पाइला पनि चाल्न सकेको छैन ।
एनपी साउद
नेता, नेपाली कांग्रेस


साउदले कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमति विस्तार–विस्तारै विस्मरणमा जान लागेको पनि टिप्पणी गरे । ‘सात बुँदे सहमति गरेका छौं । सात बुँदे सहमतिका आधारमा सरकार सञ्चालन गर्ने भनिसकेपछि त्यो सात बुँदेका महŒवपूर्ण बुँदाहरू पनि अहिले विस्तारै विस्मरणमा जान थालेको अनुभव भइराखेको छ,’ उनले भने ।  

कार्यसम्पादन बैठकमा पनि विरोध
आइतबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा पनि सरकारको कार्यशैलीप्रति कांग्रेस नेताहरुले विरोध गरेका थिए । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सात बुँदे धारणा राख्दै सडकमा आएको विरोधलाई सम्बोधन गर्न आग्रह गरेका थिए । ‘सडकमा ओर्लेका जनता पनि नेपाली हुन् । यो सडक गतिविधिलाई वास्ता नगर्ने, सत्तातिर मात्र ध्यान दिने हो भने अफगानिस्तान, श्रीलंका, बांगलादेश, सिरियाका शासकहरूको नियतिबाट हामी अपवाद हुन सक्दैनौं,’ केसीले भनेका थिए । कार्यसम्पादन समितिमा अधिकांश सदस्यहरुले सरकारमा कांग्रेसको उपस्थिति खोजी गरेको थिए ।

पार्टीको तर्फबाट नेतृत्व गर्दै सरकारमा सहभागी प्रकाशमान सिंहले काम नै गर्न नसकेकोमा सबैभन्दा बढी प्रश्न बैठकमा उठेको थियो । त्यसपछि सभापति देउवाले जनताले अनुभूत गर्ने खालको काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए । ‘जनतामा काम भएन भन्ने आक्रोश छ । दुई ठूला दलको सरकार भएपछि जनताले अनुभूत गर्ने विकास दिनुपर्छ,’ कांग्रेस नेता गोपालमान श्रेष्ठले भने ।
 


प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘उपत्यकाको एकीकृत विकासमा जोड’
‘उपत्यकाको एकीकृत विकासमा जोड’ बुधबार, माघ २१, २०८२
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा बुधबार, माघ २१, २०८२
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो बुधबार, माघ २१, २०८२
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती मंगलबार, माघ २०, २०८२
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल सोमबार, माघ १९, २०८२
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक आइतबार, माघ १८, २०८२
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP