Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • फेरि चुनावमा होमिँदै वैदेशिक रोजगार व्यवसायी
फेरि चुनावमा होमिँदै वैदेशिक रोजगार व्यवसायी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ८, २०८१
  •  चैत २९ मै निर्वाचन हुनेमा विश्वस्त छैनन् व्यवसायी
  •     संघका अध्यक्ष भण्डारी भन्छन्– ढुक्क हुनु, अब निर्वाचन सर्दैन

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुबीच फेरि चुनावी माहोल सुरु भएको छ । व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यसअघि स्थगित निर्वाचनसहितको साधारणसभाको नयाँ मिति सार्वजनिक भएसँगै व्यवसायीहरु निर्वाचनको तयारीमा जुटेका हुन् । यसअघि फागुन २ गते निर्वाचन सम्पन्न गर्ने तयारी भएकोमा अन्तिम समयमा आएर स्थगित गरिएको थियो । निर्वाचन स्थगित गरेपछि संघ नेतृत्व आलोचित बन्दै आएका छन् । 

संघका अध्यक्ष राजेन्द्र भण्डारीले अब तोकिएकै मिति (चैत २९) मा चुनाव हुनेमा ढुक्क हुन आग्रह गरे । उनले प्रभावसँग टेलिफोनमा कुरा गर्दै अब कुनै पनि हालतमा स्थगित नहुने दाबी गरे । यसअघि राजनीति नेतृत्वबाट आएको दबाबका कारण अन्तिम समयमा निर्वाचन स्थगित गर्नुपरेको उनले बताए । ‘मैलै व्यक्तिगत चाहनाले चुनाव सारेको होइन । नेताहरुको दबाब थियो । अब त्यस्तो अवस्था छैन, चुनाव हुन्छ,’ भण्डारीले आश्वस्त पार्ने कोसिस गरे । 

अध्यक्ष भण्डारीले निर्वाचन हुने सुनिश्चित भएको बताइरहँदा व्यवसायीहरु भने २९ चैतमै चुनाव हुनेमा अझै आशंका व्यक्त गर्छन्  । भण्डारीकै पार्टीनिकट संगठन नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चबाट अध्यक्षको उमेदवार रहेका नरेश गेलालले नै उक्त मितिमा चुनाव नहुने ठोकुवा गरे । उनले असार १७ यता चुनाव हुने कुनै संकेत नदेखिएको प्रभावसँग बताए । 

‘अध्यक्षलाई कुर्सी छोड्नै मन छैन । चैतमा हुन्छ भन्ने त नाटक हो । फेरि विभिन्न बहाना बनाएर असारमै पु¥याउने निश्चित छ,’ गेलालले भने । उनले अबको चुनावमा आफूले जित्ने सुनिश्चित रहेको दाबी  गरे । यद्यपि, चुनाव हुनेमा ढुक्क नहुँदा तत्काल प्रचारप्रसारमा जुट्ने जाँगर नभएको उनले बताए । 

Nada Auto Show 2026
Hardik health

अर्कोतर्फ नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट अध्यक्षको उमेदवार बनेका भुवनसिंह गुरुङ भने चुनाव हुनेमा आशावादी देखिएका छन् । संघले सूचना निकालेर निर्वाचन र साधारणसभाको तालिका, समय, स्थानलगायतको जानकारी गराएकाले चुनाव हुने आशा बढेको उनले बताए । अब भने प्रचारप्रसारमा जुट्ने तयारी रहेको उनको भनाइ छ । 

एसोसिएसनभित्रै उमेद्वार टुंगो लगाउने क्रममा देखिएको असहमति अहिले टुंगिसकेको गुरुङको दाबी छ । आफ्नो पक्षमा मतको रुझान बढी भएकाले आफू विजय हुने उनले बताए । ‘म १६ वर्षदेखि यही पेसामा छु । विगतमा के भयो अहिले के भइरहेको छ सबै कन्ठस्थ छ । समयसापेक्ष नीति परिवर्तन गरी व्यवसायको शुद्धीकरण गर्ने उद्देश्यमात्र हो,’ उनले भने । आफ्नो अनुभव, एजेण्डा र व्यवसायीको हितका लागि गरेको कामलाई सम्झेर सबैले आफूलाई मत हाल्ने विश्वास उनको छ ।  

साधारणसभा हुनुभन्दा २१ दिनअघि सूचना निकाल्नुपर्ने नियमबमोजिम संघले बिहीबार निर्वाचन तथा साधारणसभासम्बन्धी सूचना निकालेर व्यवसायीलाई निर्वाचनसहितको साधारणसभाबारे जानकारी गराएको छ । संघमा ९५० भन्दा बढी व्यवसायी आबद्ध छन् । यसअघि गत फागुन २ गतेका लागि निर्धारण गरिएको साधारणसभा तथा निर्वाचनमा सहभागी हुन ८०० भन्दा बढी व्यवसायीले सदस्यता नवीकरण गराएका थिए । तर संघको वर्तमान कार्यसमितिले भवन खरिद, वैदेशिक रोजगार ऐन संशोधनलगायतको काम सकिनै लागेकाले त्यसलाई पूरा गर्ने भनेर संघको निर्वाचन तथा साधारणसभा असार १७ गतेको लागि सारेको थियो ।

बिहीबार जारी सूचनामा छुटेका सदस्यका लागि नवीकरणको म्याद यही चैत १५ गतेसम्म राखिएको छ । बाँकी सदस्यहरु नवीकरणका लागि आउने संघका सचिव अरुण अर्यालले बताए । सूचनामा बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा विहान ९ बजेबाट साधारणसभा हुने भनिएको छ । संघको ३०औं र ३१औं साधारणसभा तथा आगामी कार्यकालका लागि कार्यसमितिको निर्वाचन पनि सोही दिन हुने छ । साधारणसभाबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।

 


प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP