काठमाडौं - स्थानीय बजारमा सुनचाँदीको मूल्यमा घटबढ भएको छ । आज प्रतितोला सुनको मूल्य रु पाँच सयले घटेकाे र चाँदीको मूल्य रु ५ ले बढेको हो ।
बिहिबार प्रतितोला रु एक लाख ७० हजार सात सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७० हजार दुइ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
त्यस्तै,हिजाे चाँदी प्रतितोला रु एक हजार नौ सय ८५ मा काराेबार भएकाेमा आज चाँदी प्रतितोला रु एक हजार नौ सय ९० मा किनबेच हुँदैछ ।