Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रकृति लम्साल प्रकरणबाट सिकौं
प्रकृति लम्साल प्रकरणबाट सिकौं
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ७, २०८१

हरेक वर्ष नेपालबाट एक लाखभन्दा बढी विद्यार्थी उच्च शिक्षाका लागि विदेशिन्छन् । उनीहरु विदेशिँदा नेपाली अभिभावकको करोडौं लगानी सँगसँगै जान्छ । विदेश पढ्न जानुको अनेक कारण छन्– रहर, बाध्यता, देखासिकी, आकर्षण आदि.. ।

विदेशी कलेजहरु आफ्नो डिग्री बेच्न नेपालीको घरआँगनसम्मै आइपुग्छन् । शैक्षिक मेला सञ्चालन गर्छन् । परामर्शमा अनेकन सपना बाँड्छन् । राम्रो अंक ल्याएकालाई छात्रवृत्तिको लोभ देखाइन्छ । यही सपनामा मोहित भएर विद्यार्थीहरु विदेशको डिग्री पाउन आतुर हुन्छन् । राम्रो अंक, छात्रवृत्तिको पहिलो योग्यता हो । यसैमा ध्यान दिन्छन् अभिभावक । नेपाली विद्यालयलाई प्रभावमा पारेर आफ्ना सन्तानको प्रमाणपत्रमा अंकको ओइरो लगाउन लगाउँछन् । आधाभन्दा बढी पैसा तिरेर ५० प्रतिशत छात्रवृत्ति भन्दा पनि अभिभावक मक्ख पर्छन् ।

यसरी नै प्रकृति लम्सालजस्ता पात्र विदेशी डिग्रीका लागि विदेशिन बाध्य हुन्छन् । देशमा उच्च शिक्षाको व्यवस्था भए पनि नेपाली समाजमा विदेशी डिग्रीको मान्यता छ । विश्वविद्यालय प्रशासनको मनोमानी, क्यालेण्डरअनुसार विश्वविद्यालय नचल्नु, चरम राजनीतिक थलोका रुपमा विश्वविद्यालयलाई राजनीतिक दलले प्रयोग गर्नु नेपाली विश्वविद्यालयको विडम्बना बनेको छ । हाम्रोलाई राम्रो अंक र अरुकोलाई पटक–पटक फेल गराउने बेथिति यहाँको रोग नै हो । यस्तै जालझेल सहनुभन्दा चुपचाप दुःख खपेरै विश्वको कुनै कुनाबाट डिग्रीको प्रमाणपत्र बोकेर ल्याउँदा उज्यालो अनुहार देखिन्छ नेपाली विद्यार्थीमा ।

Hardik health

सायद प्रकृति पनि यस्तै पात्र हुनुपर्छ । मेकानिकल इञ्जिनियरिङमा स्नातक गरिरहेकी उनले आफ्नो सपना भने पूरा गर्न पाएनन् । उनको मृत्युको कारण जे होला, तर उनको मृत्यु प्रकरणले नेपाली शिक्षा पद्दतिलाई भने नराम्ररी झापट हानेको छ । एक जना विश्वविद्यालयको कर्मचारीले नेपालको हैसियत सम्झाइदिएको छ । जुन सत्य हो, त्यो तीतो हुन्छ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयकी ती कर्मचारीले नेपालीलाई भारतले कसरी सित्तैमा खुवाउँदै र पढाउँदै आएको छ र त्यति त नेपालको बजेट पनि हुँदैन भनेर केही सेकेण्डमै सम्झाइदिएकी छन् । कर्मचारीले विद्यार्थीलाई गलहत्याएर निकालेका छन् । चौतर्फी विरोधपछि भने विश्वविद्यालयले माफी मागेको छ । 

विश्वविद्यालयको विद्यार्थीप्रति नै यस्तो व्यवहार गरिन्छ भने नागरिकस्तरको व्यवहार कस्तो होला ? पक्कै पनि यसमा देशको बेथिति चित्रण हुन्छ । विश्वको जुनसुकै कुनामा पुगे पनि अहिले नेपालीप्रतिको व्यवहार खस्कँदो छ । यो देशको शासकवर्गको कमजोरीकै कारण हो । त्यसैले सदनदेखि सामाजिक सञ्जालमा गलफत्ती गर्नुभन्दा प्रकृति लम्साल प्रकरणबाट पाठ सिक्ने कि !
 


प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ सोमबार, जेठ ११, २०८३
विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर आइतबार, जेठ १०, २०८३
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
बेरुजुको चाङभित्रको वित्तीय अराजकता
बेरुजुको चाङभित्रको वित्तीय अराजकता आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP