Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #चितुवाको उद्धार
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #मगर_दिवस
  • #जसपा नेपाल
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #टेम्केमैयुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • जलन अस्पताल कहिले बनाउने ?
जलन अस्पताल कहिले बनाउने ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ५, २०८१

नेपालमा धेरैजसो कार्यक्रमहरुको उद्घाटन दियो बालेर गरिन्छ । हरेक कार्यक्रममा दियो बाल्नुलाई शुभ साइतका रुपमा लिइन्छ । पानसमा बत्ती बालेर होस् या अरु जुनसुकै नाम दिएको भाँडामा बत्ती बाल्न आगोको प्रयोग गरिन्छ । पोखरामा शनिबार ‘पोखरा भ्रमण वर्ष’ कार्यक्रम उद्घाटनमा पनि विद्युतीय रिमोट कन्ट्रोलबाट पानसमा बत्ती बालियो । उक्त बत्तीको झिल्काका कारण उडाउन ठिक्का पारिएका बेलुनमा एक्कासि आगलागी भयो ।

बेलुन उडाउन अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यले हातमा समातेर तयारी अवस्थामा थिए । बेलुनमा आगलागी हुनसाथ त्यसभित्र भएको ग्यास एकैसाथ बल्यो । जसकारण अर्थमन्त्री पौडेल र मेयर आचार्य तातो हावा र आगोको लप्काले जल्न पुगे । बत्तीकै कारण नेपालमा बर्सेनि आगलागीदेखि जलनका घटना भइरहन्छन् । प्रविधिको फड्कोले विकास अघि बढेसँगै विद्युतीकरणका कारण पनि आगलागीका घटना नभएका हैनन् ।

यस्ता घटनाहरुका कारण जलन बढेकै कारण सरकारले यस प्रकारका दुर्घटनाका बिरामीलाई निःशुल्क उपचार गर्ने व्यवस्थासमेत गरेको छ । यद्यपि यस्तो घटनाका बिरामीलाई उपचार गराउन डेडिकेटेड अस्पताल छैन । कीर्तिपुर बर्न अस्पताललाई विस्तार गर्ने योजना कार्यान्वयनमा आएको छैन । यस्ता घटना जब ठूला मानिसहरुलाई हुन्छ तबमात्र सरकारको ध्यान आकर्षित हुने गर्छ ।

Hardik health

यसअघि सांसद चन्द्र भण्डारी ग्यास विष्फोटमा परी घाइते भएका थिए । ठीक दुई वर्षअघि काठमाडौंको शंखमुलमा भएको घटनामा परी भण्डारीको आमाको निधन भएको थियो भने उनलाई उपचारका लागि भारत लगिएको थियो । सरकारले उक्त घटनाको भोलिपल्ट नै नेपालमा जलन अस्पताल बनाउने निर्णय गरेको थियो । तर उक्त निर्णय कता पुग्यो केही थाहा छैन ।

तातोपानीका कारण, एसिडका कारण पनि जलनका घटना हुन्छन् । ग्यास विष्फोट, विद्युत् सर्ट हुँदा पनि यस्ता दुर्घटना हुन्छन् । अझ पछिल्लोसमय बेलुन भरेर पड्काउने, जन्मोत्सवमा फायर वर्क गर्नेजस्ता कार्यहरु पनि बढ्दो छ । यस्ता बेलुनमा हिलियम, हाइड्रोजनजस्ता ग्यास भरिएका हुन्छन् । ती निकै प्रज्वलनशील हुने भएकोले यो उडाउनु वा प्रयोगपूर्व पूर्वतयारी र सामान्य जानकारी दिने काम गरिन्न । यस्ता घटनाहरु कुनै जानीजानी कुनै अञ्जानबस हुने गर्छ ।

यस्तै घटनाका बिरामीलाई उपचार गराउन सरकारले जलन उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । तर सरकारले यो निर्णय कार्यन्वयनका लागि कुनै तदारुकता देखाएको छैन । छिट्टै पूर्वतयारी र जलन अस्पताल निर्माण कार्य अघि बढोस् ।
 


प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती
निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती आइतबार, फागुन १७, २०८२
देश निर्वाचनमय, सबैले संयमता अपनाऊ
देश निर्वाचनमय, सबैले संयमता अपनाऊ शुक्रबार, फागुन १५, २०८२
आचारसंहिता कार्यान्वयनमा निरीह आयोग
आचारसंहिता कार्यान्वयनमा निरीह आयोग बिहीबार, फागुन १४, २०८२
सडक कि मृत्युमार्गः कहिलेसम्म दराजमा थन्किने प्रतिवेदन ?
सडक कि मृत्युमार्गः कहिलेसम्म दराजमा थन्किने प्रतिवेदन ? बुधबार, फागुन १३, २०८२
हिमाली जिल्लाका मतदातालाई मतदानमा सहभागी गराऊ
हिमाली जिल्लाका मतदातालाई मतदानमा सहभागी गराऊ मंगलबार, फागुन १२, २०८२
निर्वाचनको माहोल बिग्रन नदेऊ
निर्वाचनको माहोल बिग्रन नदेऊ सोमबार, फागुन ११, २०८२
आश्वासनमा केन्द्रित दलका घोषणापत्र
आश्वासनमा केन्द्रित दलका घोषणापत्र आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP