Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीको ठगी हेर्न विभागले तोक्यो सहायता अधिकृत, निःशुल्क सेवा दिने
वैदेशिक रोजगारीको ठगी हेर्न विभागले तोक्यो सहायता अधिकृत, निःशुल्क सेवा दिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २, २०८१

काठमाडौं– वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि कानुनी सहायता अधिकृतको व्यवस्था गरेको छ । देशभरका जिल्ला प्रशासन कार्यालयबाट सिफारिस हुने वैदेशिक रोजगारसम्बन्धी ठगीका उजुरीमा निःशुल्क सहायता तथा सहजीकरण गर्न ‘फोकल पर्सन’ तोकेको विभागले सूचनामार्फत जानकारी गराएको छ ।

विभागका अनुसार गत साउन १ गतेदेखि नै यो सेवा प्रदान गर्दै आए पनि यसलाई अझ प्रभावकारी र सहज बनाउन प्रदेशगत हिसाबले अधिकृतहरु छुट्याइएको हो । विभागले हाल तीन जना सहायता अधिकृतलाई विभिन्न प्रदेशको जिम्मा दिएको छ । जसअन्तर्गत रोजी तुल्सिबाख्योले कोशी र बागमती प्रदेशका जिल्ला प्रशासनबाट आएका उजुरीमाथि समन्वय गर्ने छिन् ।

निशा सुवालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समस्याहरु हेर्ने छिन् भने अस्मिता पुरीले मधेस र गण्डकी प्रदेशका जिल्ला प्रशासनबाट आएका समस्या हेर्ने छिन् । सहायता अधिकृतको फोन नम्बर विभागले आफ्नो वेबसाइटमा राखेको छ । विभागका अनुसार समान्यतया प्रत्येक दिन एक जनाले १० देखि १५ वटासम्म यस्ता उजुरीमाथि समन्वय गर्दै आएका छन् । फोकल पर्सनको करार अवधि ६ महिनाको रहेको र त्यसपछि काम हेरेर समय थप्दै जाने विभागले जनाएको छ ।

Nada Auto Show 2026
Hardik health

गत असारसम्म सेफर माइग्रेसन प्रोग्राम (सामी) अन्तर्गत रहेको पिपुल्स फोरमले यस्ता समस्याहरुमा सहायता प्रदान गर्दै आएको थियो । त्यसपछि फोरमको करार अवधि सकिएकाले साउनदेखि विभागले नै सहायता कक्षको स्थापना गरी कानुनी सहायता अधिकृत नियुक्त गरेको जनाएको छ । प्रत्येक जिल्लामा भएका आप्रवासी स्रोत केन्द्रमा ठगीका उजुरीहरु आएपछि तीनका विषयमा कस्तो प्रक्रियाबाट अगाडि बढ्ने भनेर सोधपुछ गर्दा तोकिएका फोकल पर्सनले जानकारी गराउने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी बताउँछन् ।

सबै ठाउँका निवेदन, मिलापत्र, जाहेरीहरु लेख्ने जस्ता काम गर्दै आएको सुवेदीको भनाइ छ । ‘एक जना व्यक्तिको हकमा एक लाख सम्मको र दुई या दुई भन्दा बढि भएमा तीन लाख सम्मको जाहेरी निःशुल्क लेख्दिरहेका छौँ,’ सुवेदी भन्छन्, ‘जिल्ला प्रशासनबाट आएका उजुरीमात्र नभइ कानुनी सहायतासंग सम्बन्धित विषयमा जोसुकै व्यक्तिले पनि सहायताका लागि सम्पर्क गर्न सक्यो ।’राजधानी बाहिर रहेका व्यक्तिले ठगीविरुद्ध उजुरी गर्दा कुन–कुन निकायमा पुग्ने, कस्ता कागजात तयार पार्नेलगायतका विषयमा परामर्श लिन सक्ने उनको भनाइ छ । 


प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP