Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कन्सल्टेन्सीमाथि कानुनी दायरा बढाऊ
कन्सल्टेन्सीमाथि कानुनी दायरा बढाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ३०, २०८१

देशमा रोजगारी छैन । जसका कारण युवाहरु नयाँ–नयाँ श्रम गन्तव्यको खोजीमा छन् । यसरी नयाँ श्रम गन्तव्यको खोजीमा रहेका युवालाई आफ्नो जालोमा पार्न विभिन्न व्यक्ति, समूह र संस्थासमेत सक्रिय देखिन्छ ।साठीको दशकमा म्यानपावर कम्पनी र यसका एजेन्टहरुबाटै वैदेशिक रोजगारीमा जानेहरु ठगिन्थे । यस्ताखालको ठूलै समस्या सिर्जना भएपछि सरकारले कडा कानुन बनाएर नियमन थाल्यो ।

वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि म्यानपावरले धरौटीबापत एक करोड रुपैयाँ नगद र तीन करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नैपर्ने व्यवस्था भयो । जसकारण कुनै श्रमिक ठगिए त्यही धरौटीबाट क्षतिपूर्ति दिने व्यवस्था सुरू भयो । वैदेशिक रोजगार विभागलगायत नियमक निकायको कडाइका कारण म्यानपावर व्यवसायी यसखालको गतिविधिबाट टाढा हुँदै गए ।

म्यानपावर व्यवसायीले दक्ष श्रमिकमात्र पठाउन थालेसँगै जुनसुकै अवस्थामा जसरी पनि विदेश जाने युवाहरु शैक्षिक परामर्शको अनुमति लिएर खोलिएका कन्सल्टेन्सी धाउन थाले । कन्सल्टेन्सी यस्तो संस्था हो, जुन वैधानिकरुपमा युवालाई विदेश पठाउन पाउँदैन तर अवैध तवरले यो धन्दामा लागिरहेको छ । म्यानपावर कम्पनीलाई जसरी धरौटीको कुनै व्यवस्था कन्सल्टेन्सीलाई छैन । तर भाषाको पढाइ, म्यानपावरलेभन्दा पनि धेरै कमाइ हुने देशमा पठाइदिने भन्दै युवाहरुलाई तानिरहेको छ कन्सल्टेन्सीवालाले ।

Hardik health

निश्चित रकम जम्मा गर्न लगाउने, पूरा रकम नबुझाए गन्तव्य मुलुकमा नलगिदिने र कसैलाई उजुरी वा गुनासो गरे पैसा नै फिर्ता नदिनेसम्मको धम्की कन्सल्टेन्सीका सञ्चालकले दिन्छन् । यतिमात्र हैन, कतिपयको रकम ठगेर कन्सल्टेन्सीका सञ्चालकहरु फरारसमेत भएका छन् । नेपाली युवाको पछिल्लो आकर्षक गन्तव्य हो युरोपेली मुलुक । यी मुलुकमा जान युवाहरु जुनसुकै मूल्य चुकाउन तयार हुन्छन् । जसका कारण पनि कन्सल्टेन्सीबाट जति ठगिए पनि अवसर पाइन्छ कि भनेर सहेर पर्खिबसेका हुन्छन् । जब सञ्चालकहरु सम्पर्कमा आउँदैनन् तबमात्र उनीहरु उजुरी लिएर पुग्छन् सम्बन्धित निकायमा । यसरी ठगिने सयौं युवा छन् । ठगिएका उनीहरु एक त समाजमा खुलेर भन्न सक्दैनन् ।  दोस्रो आधिकारिक कागजपत्र नहुँदा आफैं समस्यामा पर्छन् ।

अहिले उपत्यकाका चोकबजारमा यस्ता कन्सल्टेन्सी छ्यापछ्याप्ती भेटिन्छन् । कतिपयले म्यानपावर सञ्चालकहरुले नै धेरै रकम धरौटी राखेर म्यानपावर सञ्चालन गर्नुभन्दा धरौटी नराखी कन्सल्टेन्सी चलाएर ठगी थालेको आरोपसमेत लाग्न थालेको छ । जस्तोसुकै गरे पनि ठगी ठगी नै हो । यस्तो धन्दामा लागेकाहरुलाई कडाभन्दा कडा कारवाही हुनैपर्छ । यसैगरी यस्ता ठगीबाट युवाहरुलाई जोगाउन कन्सल्टेन्सीलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ, जसरी म्यानपावरलाई सामाजिक दायित्वअन्तर्गत नियमन गरिन्छ र करोड धरौटी राख्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।
 


प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
प्रश्नपत्र ‘लिक’ प्रकरणले उब्जाएका प्रश्न
प्रश्नपत्र ‘लिक’ प्रकरणले उब्जाएका प्रश्न सोमबार, साउन ११, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP