Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • असार १७ गते निर्वाचन गर्ने निर्णय, विरोधमा व्यवसायी
वैदेशिक रोजगार व्यवसायी संघको चुनाव सर्यो असार १७ गते निर्वाचन गर्ने निर्णय, विरोधमा व्यवसायी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २८, २०८१

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सरेको छ । संघले यही फागुन २ गतेलाई तय गरेको ३१औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी असार १७ गते गर्ने गरी सार्ने निर्णय गरेको हो । संघका महासचिव मेघनाथ भुर्तेलले निर्वाचन सार्ने निर्णय भएको पुष्टि गरे ।

उनले उक्त निर्णयको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराइसकेको बताए । ‘पदलोलुप भएर निर्वाचन सारिएको होइन, वर्तमान कार्यसमितिले अगाडि बढाएका केही महत्वपूर्ण विषयहरु टुंगोमा पु¥याउनुपर्ने छ । अन्तिममा पुगिसकेका ती विषय नयाँ कार्यसमितिले अगाडि बढाउन नसक्ने अवस्था देखेर निर्वाचन केही समय पर सार्ने निर्णय भएको हो,’ महासचिव भुर्तेलले प्रभावसँग भने । 

संघको भवन, सय संख्याको प्रावधान खारेजी, मागपत्र प्रमाणीकरण निर्देशिका, सेवा शुल्कलगायतका विषय अन्तिम चरणमा पुगेकाले वर्तमान कार्यसमितिबाटै टुंग्याउन निर्वाचन सार्नुपरेको उनको भनाइ छ । ‘सय संख्याले जसरी व्यवसायीको घाँटी ङ्याक्ने काम भइरहेको छ, वर्तमान कार्यसमितिले पहिलोपटक मन्त्रिपरिषद्बाट निर्णय गराएर खारेजीका लागि संसद्मा पेस गराउन सफल भएको छ । संसद्को आउँदो अधिवेशनमा यसलाई ‘क्लियर’ गर्नु छ । नयाँ कार्यसममिति आउँदा यो विषय कहाँबाट फलो गर्ने भन्ने बाटो खोजिराख्नुपर्छ । वर्तमान कार्यसमिति हुँदा यो विषय टुंग्याउन सहज हुन्छ,’ महासचिव भुर्तेलको दाबी छ ।

संघको निर्वाचन सार्ने निर्णयको व्यवसायीहरुबाट भने विरोध भएको छ । लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपाललगायतले तोकिएकै समयमा निर्वाचन गर्न माग गरेका छन् । यी संस्थाले आइतबार संघमा समयमै निर्वाचन गर्न माग गर्दै निवेदन पेस गरेका थिए । तर, उक्त निवेदन नै दर्ता गर्न नमानेको एक व्यवसायीले बताए । 

Nada Auto Show 2026
Hardik health

कांग्रेसनिकट लोकतान्त्रिक एसोसिएसन र माओवादी केन्द्रनिकट गणतान्त्रिक मञ्चको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार बनेका भुवनसिंह गुरुङले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने माग गरे । उनले हारको मनस्थितिबाट अन्तिम समयमा आएर निर्वाचन सार्ने निर्णय भएकोप्रति विरोध जनाए । ‘निर्वाचन सार्ने निर्णयमा हाम्रो सहमति छैन । अन्तिम समयमा आएर निर्वाचन सार्ने निर्णय वर्तमान कार्यसमितिको हतास मानसिकता र हारको मनस्थितिबाट आएको प्रस्ट देखिन्छ । चुनावी प्रक्रियामा होमिएपछि जसरी पनि तोकिएकै मितिमा सम्पन्न गर्नुपर्छ,’ गुरुङले भने ।

आफू संघमा रहेको अस्तव्यस्ततालाई सुदृढीकरण गर्ने एजेण्डा लिएर चुनावमा होमिएको उनले बताए । संघमा बेथिति निम्त्याउनेहरुबाट निर्वाचन नहुने परिस्थिति सिर्जना गरिएको उनको आरोप छ । ‘एकलौटी ढंगले चुनाव सार्न खोजिएको छ । संघको वर्तमान नेतृत्वमा चरम अकर्मण्यता देखियो । व्यवसायीहरु चुनावमा होमिइसकेको अवस्थामा सार्नुको औचित्य के हो ? १५–२० दिनदेखि निर्वाचनमा लागिपर्दाको आर्थिक क्षति कसले बेहोर्ने ?,’ गुरुङले प्रश्न गरे ।

सत्ता गठबन्धनमा रहेका दुई दलको नेतृत्वमा छुट्टाछुट्टै प्यानल घोषणा भएका थिए । लोकतान्त्रिक एसोसिएसनले माओवादीनिकट गणतान्त्रिक मञ्चसँग गठबन्धन गर्दा एमालेनिकट प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले एकीकृत समाजवादी पार्टीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनसँग गठबन्धन गरेको थियो । यसरी सत्तापक्षीय दुई दलले फरक–फरक प्रतिपक्षी दलसँग चुनावी तालमेल गरेपछि ती दलका नेतृत्वको हस्तक्षेपमा संघको निर्वाचन सारिएको जानकारहरु बताउँछन् । 

संघका महासचिव भुर्तेलले यसलाई स्वीकार गरेका छन् । उनले अप्राकृतिक गठबन्धनका कारण सरकार सञ्चालनमा नै समस्या हुने भएकोले सरकारबाट चासो हुनु स्वाभाविक भएको बताए । ‘वर्तमान सरकारमा कांग्रेस–एमालेको गठबन्धन छ । अहिले संघको चुनावमा एमालेले एकीकृत समाजवादीसँग गठबन्धन गरेको छ, कांग्रेसले माओवादीसँग । यो अप्राकृतिक गठबन्धन भयो । यसले सरकारको कार्यसञ्चालनमा पनि असर पर्ने भएकोले सरकार नेतृत्वबाट चासो हुनु स्वाभाविक हो,’ भुर्तेलले भने ।

लोकतान्त्रिक एसोसिएसनका उम्मेदवार गुरुङले भने राजनीतिक नेतृत्वबाट कुनै कुरा नआएको बताए । प्रगतिशीलसँग गठबन्धन गरेको एकीकृत संगठनले आइतबार नै विज्ञप्ति जारी गरेर निर्वाचन तोकिएकै समयमा गर्न माग गरेको छ । 

‘अधुरा काम टुंग्याउन निर्वाचन सार्नुपर्यो’
Meghnath-Bhurtel-1739180403.jpg
मेघनाथ भुर्तेल
महासचिव, वैदेशिक रोजगार व्यवसायी संघ

वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिले फागुन २ गतेका लागि निर्धारण गरिएको निर्वाचन असार १७ गतेलाई सार्ने निर्णय गरेको छ । कार्यसमितिको उक्त निर्णय जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको छ । अब संघको स्थापना दिवसको दिन असार १७ गते निर्वाचन हुने छ ।

निर्वाचन सार्नुको पछाडि वर्तमान कार्यसमिति पदलोलुप भएर होइन, हामी निर्वाचन गर्ने तयारीमै छौं । निर्वाचन समिति बनाएर हामीले निर्वाचनको कार्यक्रम अघि बढाइसकेका थियौं । प्रतिनिधि दर्ताको काम चलिरहेको थियो । तर, वर्तमान कार्यसमितिले अगाडि बढाएका केही महत्वपूर्ण विषयहरु टुंगोमा पु¥याउनुपर्ने छ । अन्तिममा पुगिसकेका ती विषय नयाँ कार्यसमितिले अगाडि बढाउन नसक्ने अवस्था देखेर निर्वाचन केही समय पर सार्ने निर्णय भएको हो ।

पूर्वअध्यक्षहरु र विभिन्न संस्थाका प्रतिनिधिहरुले पनि वर्तमान कार्यसमितिको स्पिरिटलाई ‘ब्रेक’ गर्न हुन्न भन्ने राय प्राप्त भयो । आम व्यवसायीको हितका लागि नै हामी निर्वाचन सार्ने निर्णयमा पुगेका हौं । ज–जसले संघका मुद्दाहरुलाई नजिकबाट बुझेका छन्, उनीहरुले निर्वाचन सार्ने निर्णयलाई सकारात्मक रुपमा लिएका छन् । आम व्यवसायीले तत्कालै यो कुरा बुझ्दैनन् ।

पहिलो त संघको भवन अधुरो छ, यसलाई टुंग्याउनुपर्ने छ । अर्को महत्वपूर्ण कुरा सय संख्याको प्रावधानले जसरी व्यवसायीको घाँटी ङ्याक्ने काम भइरहेको छ, वर्तमान कार्यसमितिले पहिलोपटक मन्त्रिपरिषद्बाट निर्णय गराएर खारेजीका लागि संसद्मा पेस गराउन सफल भएको छ । संसद्को आउँदो अधिवेशनमा यसलाई ‘क्लियर’ गर्नु छ । नयाँ कार्यसममिति आउँदा यो विषय कहाँबाट फलो गर्ने भन्ने बाटो खोजिराख्नुपर्छ । वर्तमान कार्यसमिति हुँदा त्यो अलमल रहँदैन । अर्को मागपत्र प्रमाणीकरण निर्देशिका, २०८० टुंग्याउनुपर्ने छ । सेवा शुल्क, यथार्थ लागत खर्चको वर्गीकरणलगायतका कुरा टुंग्याउनु छ । यी कार्य वर्तमान कार्यसमितिबाट मात्रै सम्भव हुने अग्रजहरुको पनि ठहर छ ।  

अर्कोतर्फ वर्तमान सरकारमा कांग्रेस–एमालेको गठबन्धन छ । अहिले संघको चुनावमा एमालेले एकीकृत समाजवादीसँग गठबन्धन गरेको छ, कांग्रेसले माओवादीसँग । यो अप्राकृतिक गठबन्धन भयो । यसले सरकारको कार्यसञ्चालनमा पनि असर पर्ने भएकोले सरकार नेतृत्वबाट चासो हुनु स्वाभाविक हो । यो राजनीतिक विषय भयो । चुनाव सार्नुको पछाडिचाहिँ राजनीतिक विषय छैन, आम व्यवसायीको हितको विषय जोडिएको छ । 


‘निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ’
Bhuwan-Singh-Gurung-1739180401.jpg
भुवनसिंह गुरुङ
अध्यक्षका उम्मेदवार, लोकतान्त्रिक–गणतान्त्रिक संयुक्त प्यानल

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सार्ने निर्णयमा हाम्रो सहमति छैन । अन्तिम समयमा आएर निर्वाचन सार्नु वर्तमान कार्यसमितिको हतास मानसिकता र हारको मनस्थितिबाट आएको प्रस्ट देखिन्छ । चुनावी प्रक्रियामा होमिएपछि जसरी पनि तोकिएकै मितिमा सम्पन्न गर्नुपर्छ । हारको मनस्थितिबाहेक निर्वाचन सार्नुपर्ने कुनै कारण नै छैन । होइन भने चुनावी प्रक्रियामा जाऔं ।

संघमा रहेको अस्तव्यस्ततालाई सुदृढीकरण गर्ने मूल एजेण्डा लिएर म नेतृत्वका लागि अगाडि बढेको छु । व्यवसायीको हित नचाहने, वर्षौंदेखि संघमा बसेर बेथिति सिर्जना गर्ने नाइकेहरुका कारण निर्वाचन सार्ने निर्णय भएको हो । व्यवसायीको हित र वैदेशिक रोजगार क्षेत्रको अस्तव्यस्ततालाई सुदृढीकरण गर्न म दृढ भएर लड्ने छु । 

निर्वाचन सार्ने विषयमा हामीसँग एकपटक पनि छलफल गरिएन । हामीलाई जानकारीसमेत छैन । आम व्यवसायी तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ भन्ने पक्षमा छ । संघमा आबद्ध संस्थाहरुले तोकिएकै समयमा गर्न माग गर्दै निवेदन पेस गरेकामा कार्यालय सचिवले दर्ता नै गरेनन् । एकलौटी ढंगले चुनाव सार्न खोजिएको छ । संघको वर्तमान नेतृत्वमा चरम अकर्मण्यता देखियो । व्यवसायीहरु चुनावमा होमिइसकेको अवस्थामा सार्नुको औचित्य के हो ? १५–२० दिनदेखि निर्वाचनमा लागिपर्दाको आर्थिक क्षति कसले बेहोर्ने ?
 


प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP