Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • खै त गाउँ-गाउँमा सिंहदरवार ?
खै त गाउँ-गाउँमा सिंहदरवार ?
admin123
admin123 शुक्रबार, माघ ५, २०७४
download
Hardik health
 

 मन भण्डारी

नेपालगञ्ज/लामो समयदेखि जनप्रतिनिधिबिहीन स्थानीय तहहरुले जनप्रतिनिधि पाएको ६ महिना बितिसक्दा समेत जनताले अपेक्षा गरे जस्तो सेवा, सुबिधा र विकासको महशुस गर्न सकेका छैनन् । यस अघि कर्मचारीको भरमा संचालन भएका स्थानीय निकायहरुमा विकास भएन, भ्रष्टाचार भयो भनेर बेलाबखतमा ब्यापक गुनासो आउने गथ्र्यो । तर जनप्रतिनिधि आए पनि सर्वसाधारण जनतालाई राहत पुग्ने खालका कामहरु भएको देख्न पाइएको छैन । २० बर्ष सम्म जनप्रतिनिधि चुन्न नपाएका जनताले ठुलो अपेक्षाका साथ ६ महिना पहिले जनप्रतिनिधि चुनेका थिए । २० बर्ष सम्म स्थानीय निकायका कर्मचारीहरुलाई लाग्दै आएको आरोप जनप्रतिनिधिहरुलाई नलाग्ने र विकासले गति लिने आशामा सर्वसाधारण थिए । बिडम्बना जनताले सोचे जस्तो स्थानीय तहहरुले काम नगर्दा स्थानीयहरुले कुनै फरक महशुस गर्न पाएका छैनन् । सरकारले सिंहदरबारको अधिकार गाउँ, गाउँमा भनि नारा लगाए पनि जनताले सिंह दरबारको अधिकार भित्र के के पर्छ भन्ने नै बझेका छैनन् । शिक्षा, स्वास्थ्य, कृषि, पशु, लगायतका सबै निकायबाट प्रवाह हुने सेवा, सुविधाहरु समेत स्थानीय तहबाटनै प्रवाह गर्ने गरि नेपाल सरकारले नीति बनाए पनि जनाताले भने सेवा प्रवाह झन झन्झटिलो र असहज भएको महसुस गरेका छन् । स्थानीय तहहरुमा प्राप्त मात्रामा भौतिक पुर्वाधार नहँंदा शिक्षा, स्वास्थ्य, कृर्षि, पशु, लगाएत फाँटहरुको जिम्मेवारी पाएका कर्मचारीहरुलाई बस्ने ठाउँ समेतको व्यवस्था हुन सकेकोछैन । शिक्षा फाँट प्रमुखको जिम्मेवारी तोकेर स्थानीय तहमा खटाइयो तर त्याहाँ न बस्ने कोठा दिएको छ न आफुलाई स्थानीय तहको कर्मचारीको रुपमा ब्यवहार गरिएकोछ कसरी काम गर्ने एक जना जिल्ला शिक्षा कार्यालय बाँकेबाट स्थानीय तहमा खटिएका कर्मचारीले गुनासो पोखे । स्थानीय जनप्रतिनिधिहरु आएपछि विकासले गति लिन्छ र जनतालाई राहत मिल्छ भन्ने सबैको बुझाई थियो तर सिंहदरवारको अधिकार गाउँ गाउँमा नारामा मात्रै सिमित भएको भान जनतालाई भएकोछ । भौतिक पुर्वाधारको विकासमा केहि प्रगति भएको छैन—नरैनापुर गाउँपालिका वडा न. ५ मटेहिया निवासी मकबुल अहमत मुकेरीले भने— स्थानीय तहबाट जुन किसिमको सेवा सुविधा पाउने भनिएको छ त्यो महसुस नै गर्न पाईएको छैन । वडाबाट हुने केहि प्रशासनिक काममा केहि राहत मिले पनि प्रमुख अधिकारहरु गाउँपालिका कार्यालयमै सिमित हुंदा जनताले परिवर्तनको आभास गर्न नपाएको मुकेरीको भनाइ छ । बाँकेमा १ महानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिका गरि ८ वटा स्थानीय तह छन् । केहि स्थानीय तहमा केही मात्रामा विकासको कार्य थालनि भए पनि समग्रमा स्थानीय तहहरु जुन गतिमा अघि बढ्नुपर्ने हो त्यो हुन सकेको छैन । गाविस हुँदा सबैलाई सहभागि गराइ सहभागितामुलक योजना तर्जुमा गरिन्थ्यो, सबैको विचार सुनिन्थ्यो अहिले हामिलाई केहि जानकारी नै हुंँदैन— जानकी गाउँपालिका वडा न. ३ इन्द्रपुरका रामानन्द तमौलिले गुनासो गरे । स्थानीय तह भएपछि जनताले तिर्ने करमा बृद्धि भयो तर विकासको महसुस गर्न पाएका छैनौं, आर्थिक संग सम्बन्धित सानो कामको लागि पनि गाउँपालिका कार्यालय जानुपर्छ —तमौलिले भने । गाविस सचिबको जिम्मेवारीमा रहंदा सबै जिम्मेवारी सहायक कर्मचारीको सहयोगमा एक्लैले पुरा गर्नु पथ्र्यो, बोझ धेरै थियो अहिले जनप्रतिनिधि आएपछि बोझ घटेको छ, जिम्मेवारी बाँडफाँड भएको छ, तर सबै अधिकार वडालाई नहुंदा जनताले सोचेको र खोजेको सेवा उपलब्ध गरी सन्तुष्ट पार्न सकिएको छैन । जानकी गाउँपालिका वडा न. १ का वडा सचिव ईश्वर कुमार बमले बताए । कुनै पनि आर्थिक अधिकार वडालाई नहुंदा सानो कामको लागि पनि गाउँपालिका धाउनुपर्ने अवस्था छ, कार्यालय ब्यस्थापन र स–साना कार्यक्रम सम्मलाई वडालाई आर्थिक सहायता भएको भए सहज हुने थियो— बमले भने । सबै कामहरु सजिलै संग स्थानीय स्तरबाटनै हुने होलान, सबै सेवाहरु सहज र छरितो रुपमा स्थानीय तहबाटै पाइन्छ होला भन्ने जनताको अपेक्षा थियो । तर नक्सा पास देखि आर्थिक अधिकार वडालाई नहुँदा गाउँपालिकामै जानुपर्ने अवस्था छ । बिभिन्न योजनाको सम्झौता गर्न देखि रकम भुक्तानीको लागि गाउँपालिका नै पुग्नुपर्ने अवस्था छ, समय धेरै लाग्छ —जानकी गाउँपालिका वडा न. १ निवासी इवराहिम हल्वाइले भने । चुनाबको बेलामा हामीले जुन किसिमका प्रतिबद्धताहरु जनता माझ गरेका थियौं ति पुरा भएका छैनन्, भर्खर योजना कार्यान्वयनको चरणमा हामी लागि परेका छौं —बैजनाथ गाउँपालिका बाँकेका अध्यक्ष मान बहादुर रुचालले बताए । सबै कामहरु नेपाल सरकारको नीति निर्देशिका अनुसार नै गर्नुपर्ने भएकाले यति छिट्टै जनताका अपेक्षाहरु पुरा गर्न नसकिने भन्दै जनताले सोचे अनुसारको विकास गर्न नसकिएको रुचालको भनाइ थियो । लामो समय सम्म जनप्रतिनिधि बिहिन अवस्थामा स्थानीय तहहरुले झेल्दै आएको समस्याहरु समाधानको बाटो खुलेको महशुस गरी जनप्रतिनिधि चुनेका सर्वसाधारण नागरिकहरुप्रति जवाफदेहि, पादर्शि र उत्तरदायि भइ प्रभावकारी र गुणस्तरिय सेवा प्रवाह गर्न तर्फ स्थानीय तहहरु लाग्नुपर्ने देखिन्छ । जनतालाई चुनाबको समयमा गरेका प्रतिबद्धता र बाडेका आश्वाशनहरु पुरा गर्न तर्फ जनप्रतिनधिहरुको ध्यान जान जरुरी छ ।


प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना बिहीबार, पुस १०, २०८२
कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम
कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम बिहीबार, पुस १०, २०८२
उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त
उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP