Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • गुरुङको नेतृत्वमा लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिक मञ्चको संयुक्त प्यानल घोषणा
वैदेशिक रोजगार व्यवसायी संघको चुनाव गुरुङको नेतृत्वमा लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिक मञ्चको संयुक्त प्यानल घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २७, २०८१

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको संयुक्त प्यानल घोषणा भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक एसोसिएसन र नेकपा माओवादी केन्द्रनिकट गणतान्त्रिक मञ्चबीच सहमति जुटेपछि शनिबार संयुक्त प्यानल घोषणा भएको हो ।

लोकतान्त्रिक–गणतान्त्रिकको संयुक्त प्यानलबाट अध्यक्षमा भुवनसिंह गुरुङले उम्मेदवारी दिने भएका छन् । गुरुङ म्यानेजमेन्ट प्रालिका सञ्चालक गुरुङ संघका पूर्वद्वितीय उपाध्यक्षसमेत हुन् । आफू नेतृत्वको प्यानलबाट गणतान्त्रिक मञ्चले एक सचिवसहित दुई सदस्यमा उम्मेदवारी दिने सहमति जुटेको अध्यक्षका प्रत्यासी गुरुङले जानकारी दिए । गणतान्त्रिकका कुन्छादोर्जे डिम्दोङले सचिव पदमा उम्मेदवारी दिने भएका छन् । उनी आकृति रिक्रुटिङ प्रालिका सञ्चालक हुन् । यसैगरी गणतान्त्रिकबाट दुई सदस्यमा युनिभर्सल एचआर सोलुसन प्रालिका भरत सापकोटा र रिजा ओभरसिज प्रालिकी रेखा शर्मा छन् । यसबाहेक सबै पदाधिकारी र सदस्यहरु लोकतान्त्रिक एसोसिएसनबाटै रहेका छन् । 

प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रालिका नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलट ओभरसिज प्रालिका देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा इम्प्लोमेन्ट क्रियसन सर्भिस प्रालिका हर्कबहादुर लिम्बू उम्मेदवार बन्ने निश्चित भएको छ । यस प्यानलबाट महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका महेशकुमार बस्नेत र कोषाध्यक्षमा रोज ह्युमन रिसोस प्रालिकी सबिताकुमारी सिंहलाई उम्मेदवार बनाइएको छ ।

Hardik health

यसैगरी सदस्यका उम्मेदवारहरुमा विक्रम श्रेष्ठ (शुभहारती ओभरसिज प्रालि), विद्यालक्ष्मी वज्रचार्य (इम्पेरियल ओभर्सिज प्रालि), दीपककुमार राय (ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालि), देवीप्रसाद गिरी (हिमालयन भ्याली नेपाल प्रालि), सुवर्ण लामा (रसुवा ओभरसिज प्रालि) र सुमनराज पाण्डे (स्क्युर नेपाल प्रालि) रहेका छन् ।

अध्यक्षका उम्मेदवार गुरुङले लोकतान्त्रिक एसोसिएसनमा रहेको आन्तरिक विवादसमेत टुंगिएको बताए । यसअघि कुमुद खनाललगायत असन्तुष्ट समूहले छुट्टै प्यानल घोषणा गरेका थिए । गुरुङलाई उम्मेदवार बनाउने एसोसिएसनको निर्णयमा असन्तुष्टि जनाउँदै खनालको नेतृत्वमा प्यानल घोषणा भएको थियो । तर, शनिबारको सहमतिपछि लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिकको एउटामात्र प्यानल रहने गुरुङले बताए । ‘आन्तरिक विवाद अब केही छैन । मेरो नेतृत्वमा एउटै प्यानल चुनावमा जान्छ,’ उनले प्रभावसँग भने । 

लोकतान्त्रिक–गणतान्त्रिक संयुक्त प्यानल
अध्यक्षः भुवनसिंह गुरुङ
प्रथम उपाध्यक्षः नरेन्द्रप्रसाद ढकाल
द्वितीय उपाध्यक्षः देवकुमार खोखाली
तृतीय उपाध्यक्षः हर्कबहादुर लिम्बू
महासचिवः महेशकुमार बस्नेत
सचिवः कुन्छादोर्जे डिम्दोङ
कोषाध्यक्षः सबिताकुमारी सिंह
सदस्यः विक्रम श्रेष्ठ, विद्यालक्ष्मी वज्रचार्य, दीपककुमार राय, देवीप्रसाद गिरी, सुवर्ण लामा, सुमनराज पाण्डे, भरत सापकोटा र रेखा शर्मा


प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १०:५३
#चुनाव
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री मंगलबार, कात्तिक १८, २०८२
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा मंगलबार, कात्तिक १८, २०८२
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, कात्तिक १७, २०८२
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता सोमबार, कात्तिक १७, २०८२
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ आइतबार, कात्तिक १६, २०८२
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP