Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संघको प्रथम उपाध्यक्षमा लड्दै अख्तर हुसेन
वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउने एजेण्डा संघको प्रथम उपाध्यक्षमा लड्दै अख्तर हुसेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २४, २०८१

काठमाडौं– ओभरसिज इम्प्लोइमेन्ट प्रालिका सञ्चालक अख्तर हुसेनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तराई वैदेशिक रोजगार व्यवसायी समाजका वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले आफू संघको प्रथम उपाध्यक्षका लागि चुनाव लड्ने प्रभावसँग बताए ।

विगतमा विभिन्न राजनीतिक दलनिकट संस्थासँग प्यानल बनाएर चुनाव लड्ने गरेको तराई समाज आउँदो फागुन २ गते हुने संघको चुनावमा एक्लै प्रतिस्पर्धामा उत्रने तयारीमा छ । राजनीतिक दलनिकटका उम्मेदवारले चुनाव जित्दा संघका लागि केही कम गर्न नसक्ने हुसेन बताउँछन् । ‘चुनावमा कि हार हुन्छ कि जित । अब हामी कुनै पनि पार्टीको शरणमा जाँदैनौं । व्यवसायीको हितमा काम गर्न पहिला पार्टी त्याग्नुपर्छ,’ उनी भन्छन्, ‘दलको झण्डा ओढेर यो गर्छु, त्यो गर्छु भन्नेहरु झूठा हुन् भन्ने प्रमाणित भइसक्यो । विस्तारै व्यवसायीहरुले बुझ्न थालेका छन् ।’

तराई वैदेशिक रोजगार व्यवसायी समाजको तर्फबाट हुसेन एकल उमेद्वारको रुपमा खडा हुने भएका छन् । राजनीतिक दलनिकट उम्मेदवारहरु आफ्नासामु बलियो भएर उभिँदा आफू पनि उत्तिकै साहसकासाथ मैदानमा उत्रने हुसेन बताउँछन् । म्यानपावर व्यवसाय सुरक्षित र सम्मानित नभएकोमा उनी दुःखी छन् । वैदेशिक रोजगारीले नछोएको क्षेत्र कुनै नभएको उल्लेख गर्दै उनले अर्थतन्त्रको मेरुदण्ड नै वैदेशिक रोजगारी भएको दाबी गरे । यद्यपि, राज्यले यो क्षेत्रलाई प्रवद्र्धन गर्न नचाहेको उनको आरोप छ ।

Nada Auto Show 2026
Hardik health

साथै अभियन्ताको खोल ओढेर व्यवसायीमाथि खुलेआम आक्रमण गर्ने गरेकोप्रति उनले आक्रोश व्यक्त गरे । ‘हामी पनि वैधानिकरुपमा दर्ता भएर राज्यलाई कर तिरेर व्यवसाय चलाइरहेका छौं । यदि गल्ती गरेको छ भने हामीमाथि कानुनी कारबाही हुन्छ । तर जो कोहीले जथाभावी आक्रमण गर्न पाइने कानुन राज्यले बनाएको छ र ?,’ उनी प्रश्न गर्छन् ।
  
के–के छन् हुसेनका एजेन्डा
हुसेन संघ नियमनकारी निकाय नभएको हुँदा चुनाव जितेर यो गर्छु त्यो गर्छु भन्नु गलत हभएको बताउँछन् । ‘संघले वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउन भूमिका खेल्नुपर्छ,’ उनले भने । यदि मतदाताले आफूलाई जिताए वार्षिक न्यूनतम १०० जना कामदार पठाउनुपर्ने प्रावधान हटाउन सशक्त पहल गर्ने बताए । ‘अहिले हट्ने तयारीमा त छ तर सरकारले कतिबेला ‘र’, ‘वा’ घुसाउँछ, थाहा हुँदैन,’ उनी भन्छन्, ‘मलेसियाले कामदार नलग्दा व्यवसाय गर्न नपाएका व्यवसायीलाई अब असारमा बन्द गर्ने त ? व्यवसाय गर्ने अन्तर्राष्ट्रिय बजारको मागअनुसार हो, सरकारले यति नै हुनुपर्छ भन्न मिल्दैन ।’

त्यसैगरी संघमा दलको नभएर व्यवसायीको प्रतिनिधित्व सुनिश्चित गर्न काम गर्ने उनी बताउँछन् । वैदेशिक रोजगार क्षेत्रको सिन्डिकेट हटाउन आफू लागिरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘सिन्डिकेट केका लागि हो, सबैलाई व्यवसाय गर्न देऊ न, एक जनाले मात्र कति पैसा कमाउने हो र ?’ त्यस्तै, संघको निर्वाचनमा पनि राजनीतिक दलको सिन्डिकेट भएकाले खुलारुपमा अध्यक्षमा लड्न पाउने प्रावधान ल्याउने विषयमा काम गर्ने उनी बताउँछन् । हुसेनका अनुसार एकचोटि पदाधिकारी भएको व्यक्तिमात्र अध्यक्षमा चुनाव लड्न पाउने संघको विधानमा रहेको प्रावधान गलत छ । ‘व्यवसाय गरेको हुनुपर्यो, लाइसेन्स प्राप्त हुनुपर्यो, कम्पनी अद्यावधिक हुनुपर्यो बाँकी ऊ योग्य छ छैन भन्ने कुरा व्यवसायीले निर्णय लिने हो,’ उनले भने । क्षमतावान् व्यक्तिलाई विधानले रोकेको हुसेनको गुनासो छ ।

युट्युबर र अभियन्ताको नाममा व्यवसायीलाई आतंकित बनाउने गतिविधि रोक्न आफूले भूमिका खेलेको उनको दबी छ । ‘विगत २०–२५ वर्षदेखि व्यवसायीमाथि हुँदै आएको आक्रमण रोक्न मैले ‘डिजिटल प्रतिकार’को अवधारणा ल्याएर कार्यान्वयन गराएँ । मेरै आइडियाले व्यवसायी सुरक्षित भए,’ हुसेनको भनाइ छ ।
 


प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP