Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • आगलागी रोकथामको पूर्वतयारी गरौं
आगलागी रोकथामको पूर्वतयारी गरौं
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २२, २०८१

हिउँदयामसँगै सुख्खा मौसम सुरु भएको छ । सामान्यतया यो मौसम पतझरको मौसम हो । यो बेला पानीका मुलहरु विस्तारै सुक्ने समय हो । मौसममा बदलाव आएसँगै हुरी चल्ने समय पनि आउँदै छ । यस्तो मौसम आगलागीका लागि जोखिमपूर्ण समय हो । अहिले मौसम परिवर्तन हुँदै हुरी चल्नुपूर्व नै आगलागीका घटना बढ्न थालेका छन् । जुम्लामा घरमा आगलागी, काठमाडौंका केही स्थानमा आगलागी हुँदा लाखौंको क्षति भएका खबर आएका छन् । अमेरिकाको क्यालिफोर्नियामा केही समयअघिमात्र भीषण आगलागी भएको खबर नेपालमा विजुलीझैं फैलियो ।

नेपालमा पनि एक–दुई हुँदै यस्ता घटना बढ्दै जान थालेका छन् । सामान्यतया मानिसको लापरवाहीकै कारण आगलागीका घटना हुन्छन् । आगो लागेपछि यो निभाउनका लागि एक त दक्ष जनशक्ति चाहिन्छ, अर्को यसबाट बच्ने उपायहरुको पनि जानकारी हुनुपर्छ । यसबारेमा नेपालमा न त पूर्वतयारी शिक्षा छ न त विपद्बाट बच्ने शिक्षाको अभ्यास ।

क्यालिफोर्नियामा आगलागी हुँदा धनसम्पत्तिमा ठूलो क्षति पुगे पनि मानवीय क्षति न्यून थियो । नेपालमा मानवीय क्षति भने डरलाग्दो हुने गर्छ । यसका लागि पहिले त पूर्वतयारी र शिक्षा अति आवश्यक छ । यसका लागि सरकारले विशेष शिक्षा अभियान त सञ्चालन गर्नैपर्छ । कतिपयले ख्यालख्यालमा जंगलमा लगाएको आगोले गाउँ नै सखाप बनाएका घटनाहरु पनि छन् । त्यसबारे सरकारले विशेष तयारी गर्नुपर्छ । रोकथामका उपायहरु बेलैमा अपनाए क्षति कम गर्न सकिन्छ । किनभने हामीसँग आगलागी भएपछि निभाउने क्षमता निकै कम छ ।

Hardik health

पहिलेपहिले सहरबीचमा पोखरी खनेर पानी जम्मा गर्ने प्रथा थियो । जुन आगलागीजस्ता घटनालाई नियन्त्रणमा लिन बनाइएको हुन्थ्यो । अहिले सहरमा अव्यवस्थित बसोबासका कारण खुला क्षेत्रको अभाव छ । पानी जम्मा गर्न बनाइएको पोखरीहरु सुख्खा छन् । जसकारण आगो लाग्दा निभाउने उपाय भनेको दमकल नै हो । तर साँघुरो गल्लीमा दमकल पस्न पनि सक्ने अवस्था हुँदैन ।

गाउँका दूरदराजमा दमकलको कल्पना गर्नै सकिन्न । पानी भएकोको ठाउँमा दमकल नहुने, दमकल भएको ठाउँमा पानी नहुने, आगलागी नियन्त्रणका आधुनिक उपायहरुमा सरकारको लगानी कमी हुनुका कारण पनि क्षति कम गर्न सकिरहेको हुन्न । त्यसैले यस्ता घटना हुनुभन्दा पहिले नै सचेत हुनेगरी पूर्वतयारी शिक्षा दिनु आजको आवश्यकता हो । 
 


प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
‘राइट टु रिजेक्ट’ खोई ? 
‘राइट टु रिजेक्ट’ खोई ?  बुधबार, माघ १४, २०८२
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ मंगलबार, माघ १३, २०८२
आचारसंहिता पालनामा कडाइ गर
आचारसंहिता पालनामा कडाइ गर सोमबार, माघ १२, २०८२
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस्
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस् आइतबार, माघ ११, २०८२
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP