Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मुक्कुम्लुङमा द्वन्द्व बढ्न नदेऊ
मुक्कुम्लुङमा द्वन्द्व बढ्न नदेऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १३, २०८१

राजनीतिक पहुँचका आधारमा विकासे आयोजना अगाडि बढाउँदा विकास होइन विनाश निम्तिने कुरामा सरकारले ध्यान दिएको पाइँदैन । विकास भनेको स्थानीयको आवश्यकतामा आधारित हुनुपर्छ । त्यसो त प्रकृति, त्यहाँको ऐतिहासिकतालाई बिर्सनै हुँदैन । तर, यहाँ यी विषयलाई वास्ता गरिँदैन । नेताहरुको स्वार्थमा व्यापारिक घरानालाई जथाभावी आयोजनाको स्वीकृति दिने गरिन्छ, गरिँदै आएको छ । त्यसैले त नेताहरुमाथि विकासे आयोजनाबाट र व्यापारीहरुबाट कमिसन खाने गरेको आरोप लाग्ने गरेको छ । यो आरोप उनीहरुको व्यवहारले नै पुष्टि गरिरहेको हुन्छ । 

यसको पछिल्लो उदाहरण बनेको छ ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा निर्माण गर्न स्वीकृति दिइएको पाथीभरा केबलकार । मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माणको जिम्मा पाथीभरा दर्शन केवलकार प्रालिले पाएको छ । त्यसमा ठूलो लगानी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको छ । केबलकार परियोजना निर्माणको जिम्मा भने स्थानीयस्तरमा पाथीभरा केवलकार दर्शन प्रालिका पुष्पबहादुर बरुवाल र सुरेन्द्रकुमार गुरुङले पाएका हुन् । परियोजनाको साझेदार व्यवसायी इन्द्र केदेम लिम्बू पनि छन् । 

कम्पनीले मुक्कुम्लुङ क्षेत्रमा केवलकार निर्माणका लागि ९० हजार रोपनी जग्गा ९० लाख रुपैयाँमा खरिद गरेको छ । मुक्कुम्लुङ मुलुकको पूर्वी क्षेत्रको सर्वाधिक महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । त्यही भएर यहाँको मौलिकता जोगाउन भए पनि केबलकार निर्माण गर्न नहुने केबलकार खारेजी संघर्ष समितिको माग छ । समितिले जबरजस्त केवलकार निर्माण गरिए हिंसा निम्तिने चेतावनी पटक–पटक दिँदै आएको छ ।

Hardik health

स्थानीयको विरोधलाई बेवास्ता गर्दै केबलकार निर्माण अगाडि बढाएपछि मुक्कुम्लुङ क्षेत्र फेरि तनावग्रस्त बनेको छ । शनिबार प्रहरी र केबलकार निर्माणको विरोधमा उत्रिएका स्थानीयबीच झडप हुँदा दुवैतर्फ घाइते हुन पुगेका छन् । यसअघि केबलकारबो शिलान्याससमेत प्रहरी परिचालन गरेर जबरजस्ती गरिएको थियो । त्यस क्रममा पनि झडप भएको थियो ।

एकतर्फ स्थानीयहरु केबलकार बन्नै नदिने पक्षमा छन् । अर्कोतर्फ निर्माण कम्पनीले जबरजस्ती काम सुरु गरेको छ । जसमा राज्यले साथ दिएको छ । राज्यले स्थानीयको मागलाई बेवास्ता गरेर व्यापारीलाई पोष्ने काम गरेको यहाँ प्रस्ट देखिन्छ । तर, यो राम्रो होइन । राज्यले स्थानीयको आवाज सुन्नुपर्छ । जबरजस्ती गरे द्वन्द्व चर्काउने काम राज्यबाट हुनु कति पनि सुहाउँदैन । यो व्यापारीप्रति राज्यको समर्पणको उदाहरण बनेको छ । यसो हुनु लाजमर्दो विषय हो । त्यसैले राज्यले मुक्कुम्लुङबासीको आवाज दबाउने होइन, सम्बोधन गर्नेतर्फ ध्यान देओस् ।
 


प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आश्वासनमा केन्द्रित दलका घोषणापत्र
आश्वासनमा केन्द्रित दलका घोषणापत्र आइतबार, फागुन १०, २०८२
मतदाता शिक्षालाई थप प्रभावकारी बनाऊ 
मतदाता शिक्षालाई थप प्रभावकारी बनाऊ  शुक्रबार, फागुन ८, २०८२
निर्वाचन खर्च पारदर्शी बनाऊ 
निर्वाचन खर्च पारदर्शी बनाऊ  बिहीबार, फागुन ७, २०८२
हारबाट निराश होइन, सुधारको प्रतिज्ञा गरौं 
हारबाट निराश होइन, सुधारको प्रतिज्ञा गरौं  बुधबार, फागुन ६, २०८२
निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी
निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी मंगलबार, फागुन ५, २०८२
घोषणापत्र ढिलाइमा झल्किएको गैरजिम्मेवारीपन
घोषणापत्र ढिलाइमा झल्किएको गैरजिम्मेवारीपन सोमबार, फागुन ४, २०८२
आचारसंहिताविपरीतको गतिविधि रोकौं
आचारसंहिताविपरीतको गतिविधि रोकौं आइतबार, फागुन ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP