Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मुक्कुम्लुङमा द्वन्द्व बढ्न नदेऊ
मुक्कुम्लुङमा द्वन्द्व बढ्न नदेऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १३, २०८१

राजनीतिक पहुँचका आधारमा विकासे आयोजना अगाडि बढाउँदा विकास होइन विनाश निम्तिने कुरामा सरकारले ध्यान दिएको पाइँदैन । विकास भनेको स्थानीयको आवश्यकतामा आधारित हुनुपर्छ । त्यसो त प्रकृति, त्यहाँको ऐतिहासिकतालाई बिर्सनै हुँदैन । तर, यहाँ यी विषयलाई वास्ता गरिँदैन । नेताहरुको स्वार्थमा व्यापारिक घरानालाई जथाभावी आयोजनाको स्वीकृति दिने गरिन्छ, गरिँदै आएको छ । त्यसैले त नेताहरुमाथि विकासे आयोजनाबाट र व्यापारीहरुबाट कमिसन खाने गरेको आरोप लाग्ने गरेको छ । यो आरोप उनीहरुको व्यवहारले नै पुष्टि गरिरहेको हुन्छ । 

यसको पछिल्लो उदाहरण बनेको छ ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा निर्माण गर्न स्वीकृति दिइएको पाथीभरा केबलकार । मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माणको जिम्मा पाथीभरा दर्शन केवलकार प्रालिले पाएको छ । त्यसमा ठूलो लगानी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको छ । केबलकार परियोजना निर्माणको जिम्मा भने स्थानीयस्तरमा पाथीभरा केवलकार दर्शन प्रालिका पुष्पबहादुर बरुवाल र सुरेन्द्रकुमार गुरुङले पाएका हुन् । परियोजनाको साझेदार व्यवसायी इन्द्र केदेम लिम्बू पनि छन् । 

कम्पनीले मुक्कुम्लुङ क्षेत्रमा केवलकार निर्माणका लागि ९० हजार रोपनी जग्गा ९० लाख रुपैयाँमा खरिद गरेको छ । मुक्कुम्लुङ मुलुकको पूर्वी क्षेत्रको सर्वाधिक महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । त्यही भएर यहाँको मौलिकता जोगाउन भए पनि केबलकार निर्माण गर्न नहुने केबलकार खारेजी संघर्ष समितिको माग छ । समितिले जबरजस्त केवलकार निर्माण गरिए हिंसा निम्तिने चेतावनी पटक–पटक दिँदै आएको छ ।

Hardik health

स्थानीयको विरोधलाई बेवास्ता गर्दै केबलकार निर्माण अगाडि बढाएपछि मुक्कुम्लुङ क्षेत्र फेरि तनावग्रस्त बनेको छ । शनिबार प्रहरी र केबलकार निर्माणको विरोधमा उत्रिएका स्थानीयबीच झडप हुँदा दुवैतर्फ घाइते हुन पुगेका छन् । यसअघि केबलकारबो शिलान्याससमेत प्रहरी परिचालन गरेर जबरजस्ती गरिएको थियो । त्यस क्रममा पनि झडप भएको थियो ।

एकतर्फ स्थानीयहरु केबलकार बन्नै नदिने पक्षमा छन् । अर्कोतर्फ निर्माण कम्पनीले जबरजस्ती काम सुरु गरेको छ । जसमा राज्यले साथ दिएको छ । राज्यले स्थानीयको मागलाई बेवास्ता गरेर व्यापारीलाई पोष्ने काम गरेको यहाँ प्रस्ट देखिन्छ । तर, यो राम्रो होइन । राज्यले स्थानीयको आवाज सुन्नुपर्छ । जबरजस्ती गरे द्वन्द्व चर्काउने काम राज्यबाट हुनु कति पनि सुहाउँदैन । यो व्यापारीप्रति राज्यको समर्पणको उदाहरण बनेको छ । यसो हुनु लाजमर्दो विषय हो । त्यसैले राज्यले मुक्कुम्लुङबासीको आवाज दबाउने होइन, सम्बोधन गर्नेतर्फ ध्यान देओस् ।
 


प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर शुक्रबार, मंसिर १२, २०८२
सुरक्षाकर्मीको आत्मबल बढाउ
सुरक्षाकर्मीको आत्मबल बढाउ बिहीबार, मंसिर ११, २०८२
निर्वाचनको माहोल बन्नु स्वागतयोग्य
निर्वाचनको माहोल बन्नु स्वागतयोग्य बुधबार, मंसिर १०, २०८२
शीतलहर र हिमपातबाट क्षति रोक्न पूर्वतयारी गर
शीतलहर र हिमपातबाट क्षति रोक्न पूर्वतयारी गर मंगलबार, मंसिर ९, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP