Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विभागका सेवाहरु अनलाइन प्रणालीमा लैजाने तयारी
विभागका सेवाहरु अनलाइन प्रणालीमा लैजाने तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १३, २०८१

काठमाडौं– वैदेशिक रोजगार विभाग सम्पूर्ण सेवाहरु अनलाइन प्रणालीबाट उपलब्ध गराउने तयारीमा लागेको छ । शुक्रबार विभागले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा सम्पन्न गरेका कार्यहरुको प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । 

विभागले केही महिनाभित्र जाहेरी दरखास्तबाहेकका सम्पूर्ण सेवाहरु अनलाइन प्रणालीबाट मात्र प्रवाह गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको विवरणमा उल्लेख गरेको छ । यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका सबै सूचना प्रणालीलाई एकीकृत गर्न लागिएको, कार्यप्रणालीमा सहजीकरणका लागि निर्देशिका तथा कार्यविधिहरु खारेजी तथा संशोधनका लागि सिफारिस गरिएको विभागको प्रतिवेदनमा छ । 
विभागले सुशासनको विषयलाई प्रगति विवरणमा महŒवका साथ उल्लेख गरेको पाइएको छ । सुशासन प्रवद्र्धनका लागि सबै सरोकारवालाहरुको जानकारीका लागि पटक–पटक सचेनामूलक सूचना जारी गरिएकोलाई पनि प्रगतिको रुपमा प्रस्तुत गरेको छ । यसैगरी सुशासन प्रवद्र्धनका गर्नकै लागि तालिम अनुगमनलाई तीव्रता दिइएको, श्रमाधान, हेलो सरकार, सम्पत्ति शुद्धीकरण, साइबर ब्युरोलगायतका निकायका लागि ‘फोकल पर्सन’ तोकिएको तथा सबै प्रहरी कार्यालयमा वैदेशिक रोजगार फोकल पर्सन तोकिदिन अनुरोध गरिएको जानकारी दिएको छ । 

‘कर्मचारीहरुको समय पालना तथा आचरण सुधारमा महत्वपूर्ण आन्तरिक पहलकदमी गरी स्वच्छता कायम गरिएको छ,’ प्रगति विवरणमा उल्लेख छ, ‘कार्य वातावरण राम्रो भएमा सेवा प्रवाहमा गतिशीलता कायम हुने हुँदा कार्यालयको सरसफाइ तथा अन्य भौतिक वातावरणमा सुधार ल्याइएको छ ।’विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले विभागबाट हुने काम कारबाहीका लागि कुनै एजेन्ट आवश्यक नपर्ने व्यवस्था गरिएको दाबी गरे । जुनसुकै कामका लागि सीधै विभागमा आउन आग्रह गर्दै महानिर्देशक खत्रीले यदि कुनै शाखाबाट काम नभए आफूलाई सम्पर्क गर्न भनेका छन् । विभागले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न काम गरिरहेको भए पनि यस्तो कार्य नरोकिएको उनले बताए । 

Hardik health

पछिल्लो समय कन्सल्टेन्सीबाट ठगीमा पर्ने क्रम बढेको उनको भनाइ छ । ‘विद्यार्थी भिसाको नाममा वर्किङ भिसामा पठाएर ठगी गर्ने गरेका घटना धेरै आइरहेका छन्,’ महानिर्देशक खत्रीले भने । व्यक्तिगतरुपमा गएका श्रमिकलाई न्याय दिलाउन कठिन हुने भएकोले इजाजत प्राप्त म्यानपावर कम्पनीबाट जान उनले सुझावसमेत दिए ।

प्रतिवेदनमा चालु आवको छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या गत आवको सोही अवधिको तुलनामा ८.१७ प्रतिशतले बढेको उल्लेख गरेको छ । म्यानपावर कम्पनीले एक वर्षभित्र न्यूनतम १०० जना कामदार पठाउनुपर्ने व्यवस्था हटाउन केही नेपाल ऐन संशोधनमा पेस गरिएको, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था मिलाइएको, अभिमुखीकरण तालिममा आइरिस प्रणाली तथा क्लस्टरका आधारमा तालिम सञ्चालन गर्ने व्यवस्था गरिएकोलगायत विषय प्रगतिको रुपमा उल्लेख गरेको छ । 

 


प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री मंगलबार, कात्तिक १८, २०८२
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा मंगलबार, कात्तिक १८, २०८२
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, कात्तिक १७, २०८२
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता सोमबार, कात्तिक १७, २०८२
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ आइतबार, कात्तिक १६, २०८२
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP