Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
समाचार
  • Home
  • समाचार
  • लोकतान्त्रिक एसोसिएसनको स्थापना दिवसमा रक्तदान सम्पन्न
लोकतान्त्रिक एसोसिएसनको स्थापना दिवसमा रक्तदान सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ११, २०८१

काठमाडौं – नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको एसोसिएसनले आफ्नो १९औं स्थापना दिवसका अवसरमा बिहीबार रक्तदान कार्यक्रम अयोजना गरेको हो । सामाखुसीस्थित स्काइ ब्यांक्वेटमा आयोजित कार्यक्रममा १२० जनाले रक्तदान गरेको एसोसिएसनका महासचिव महेशकुमार बस्नेतले जानकारी दिए । 

कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरेका थिए । उनले रक्तदानजस्तो मानवीय कार्य गरेकोमा आयोजकको प्रशंसा गरे । ‘रक्तदान एक महान दान हो, हामीले गरेको दानले कसैको ज्यान बच्छ,’ कोइरालाले भने । एसोसिएसनका अध्यक्ष दीपक थापाले आफूहरुले बेरोजगार युवालाई रोजगारी दिलाउने काम गर्दै गर्दा सामाजिक उत्तरदायित्वबोध गर्दै रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाइएको जानकारी दिए । उनले नजिकिँदै गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा सहयोगको अपेक्षा राखेकोसमेत बताए । उनले भने, ‘अब हुन लागेको संघको चुनावमा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका उम्मेदवारहरुलाई विजयी गराउन सबैको साथ र सहयोगका लागि आग्रह गर्दछु ।’

एसोसिएसनका पूर्वअध्यक्ष विनोदजंग केसीले संस्था अझ सशक्त बनाउनुपर्नेमा जोड दिए । ‘व्यवसाय तहसनहस हुने जति पनि समस्या उत्पन्न भएका छन् तीबाट जोगाउन सबैको ध्यान जानु आवश्यक छ,’ उनले भने, ‘व्यवसायी र व्यवसायलाई जोगाउने काम नेपाली कांग्रेसले मात्र गर्छ । यसमा नेतृत्वले ध्यान दिनु आवश्यक छ ।’अर्का पूर्वअध्यक्ष तिलक रानाभाटले ३६ लाख रकम जम्मा गरी संस्थाको पूर्वाधार स्थापना गरेको स्मरण गरे । उनले भने, ‘यो संस्था ठगी खाने होइन, गरिखानेहरुको संस्था बनेको छ । गरी खान खोज्नेलाई उचित वातावरण सिर्जना गर्ने काम गरेको छ ।’

Hardik health

नेपाली कांग्रेसको वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग प्रमुख प्रकाश रसाइलीले फागुन २ गते हुने संघको चुनाव मित्रवत्रुपमा लड्नुपर्ने बताए । ‘संघमा यसपालि हार्ने छुट छैन, व्यक्तिगत स्वार्थ त्यागेर संस्थागत निर्णयमा अगाडि बढ्नुपर्छ,’ उनले भने । कार्यक्रममा एसोसिएसनका संस्थापक र पूर्वअध्यक्षहरुलाई सम्मानस्वरुप मायाको चिनो प्रदान गरिएको थियो । व्यवसायीहरुको उत्साहजनक सहभागितामा कार्यक्रम सफल भएको भन्दै एसोसिएसनका महासचिव बस्नेतले रक्तदाता तथा सहभागीहरुलाई आभार व्यक्त गरे ।

 


प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री मंगलबार, कात्तिक १८, २०८२
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा मंगलबार, कात्तिक १८, २०८२
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, कात्तिक १७, २०८२
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता सोमबार, कात्तिक १७, २०८२
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ आइतबार, कात्तिक १६, २०८२
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP