Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘कार्टेलिङ’ तत्काल बन्द गराऊ
‘कार्टेलिङ’ तत्काल बन्द गराऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १०, २०८१

आर्थिक मन्दीले व्यापारी, व्यवसायीदेखि उद्योगी मारमा परेका छन् । मन्दी घटेर बजारमा सन्तुलन आइसकेको दाबी सरकारले गर्दै आएको धेरै भइसक्यो । मन्दी र सरकारको दाबीको ‘ग्याप’मा बसेर उद्योगीले भने ‘कार्टेलिङ’ गर्दै मूल्य बढाइरहेका छन् । कार्टेलिङ भनेको मिलेमतोमा मूल्य निर्धारण गर्नु हो । यो कानुनतः अवैधानिक कार्य हो । यसरी कार्टेलिङ गर्नेमाथि सरकारले कारबाही गर्नुपर्नेमा उल्टै यसलाई वैधता दिने काम गरेको छ । जुन उपभोक्तामाथिको लुट नै हो ।

खुलाबजार नीतिलाई मान्य हो भने एउटा उद्योगीले अर्को उद्योगीसँग प्रतिस्पर्धा गर्न मूल्य घटाउने वा गुणस्तर बढाएर मूल्य पनि बढाउने गर्छन् । तर ग्राहकलाई मारमा पार्न अहिले उद्योगीहरु मिलेर सिमेन्टको मूल्य एउटै राखेको भेटिएको छ । वस्तु वा सेवामा सीमित व्यक्तिले नियन्त्रण गर्नु उपभोक्ता र खुला बजारविरुद्धको अपराध हो । त्यो पनि दोब्बरसम्म मूल्य बढाएर । यो मृल्यवृद्धिबारे पटक–पटक निर्माण व्यवसायीले आवाज उठाए पनि कतै सुनुवाइ भएन । किनभने अधिकांश राजनीतिक नेता, सरकारसमेत उद्योगीको पक्षमा देखिए । दोब्बरसम्मको मूल्य बढेपछि भने यो विषयले संसदको समितिमा प्रवेश पाएको छ । निर्माणको सिजन चल्नासाथ उद्योगीले विभिन्न कारण देखाउँदै सिमेन्टको मूल्य बढाएको देखिन्छ ।

उनीहरुले पहिलो कारण लोडसेडिङलाई देखाएको छ । त्यसपछि सिमेन्टको कच्चा पदार्थका कारण पनि लागत बढेको तर्क अघि सारेको छ । जबकि यो मूल्यमा पनि उद्योगीले मनपरि मूल्य राखिदिएको देखिन्छ । भारत निर्यात गर्दा सस्तोमा पठाउने तर नेपाली बजारमा चर्को मूल्य लिनु नै निकै अस्वाभाविक देखिन्छ । सरकारले नेपालमा लगानीमैत्री वातावरण बनाउन भन्दै अध्यादेश जारी गरेको छ । यो अध्यादेशको चौतर्फी प्रशंसा पनि भएको देखिन्छ । तर खुला बजारमा जसले जति पनि मूल्य निर्धारण गर्न पाउने भन्दै सरकारले यस्तो खाले छाडा मूल्य तोक्ने छुट दिनुहुन्न । 

Hardik health

उद्योगीलाई प्रोत्साहन गर्न विद्युत् प्रवाह खोलिदिने काम सरकारको हो । बजार व्यवस्थापन गरिदिने काम सरकारको हो । तर अत्याधिक मूल्यवृद्धिमा साथ दिने हैन । सत्तापक्षकै सांसदहरुले सिमेन्टमा मूल्यवृद्धि आकाशिएको प्रमाण पेस गर्दासमेत उद्योगमन्त्री दामोदर भण्डारी भने उद्योगीको बचाउमा उत्रिए लेखा समितिमा । जनताको सेवा गर्न सरकारमा पुगेको व्यक्तिले यसरी कालोबजारीको संरक्षण गर्न कति पनि उचित हुन्न । लेखा समितिले मूल्य बढाउनु प्रथम दृष्टिमै अस्वाभाविक भन्दै तत्काल यो नियन्त्रण गर्न निर्देशन दिइसकेको छ । यसलाई अल्याङटल्याङ गर्ने काम मन्त्रालयबाट नहोस् । कार्टेलिङलाई वैधता दिने काम तुरुन्त बन्द होस् । यस्तो विकृत काम गर्नेलाई कारबाहीको दायरामा ल्याइयोस् ।
 


प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो आइतबार, चैत २२, २०८२
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर शुक्रबार, चैत २०, २०८२
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम बुधबार, चैत १८, २०८२
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP