Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मेयरसा’बको ‘स्टन्टबाज’
मेयरसा’बको ‘स्टन्टबाज’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ९, २०८१

धरानका उपमहानगरपालिकाका उपमेयर हर्कराज साम्पाङ केही न केही गरी चर्चामा आइरहन्छन् । लोकप्रिय मेयरका रुपमा चिनिएका साम्पाङको पक्षमा सामाजिक सञ्जालका प्रयोगकर्ता धेरै छन् । उनको ‘कन्टेन्ट’ सामाजिक सञ्जालमा क्षणमै भाइरल बन्छ । खरो स्वभावका सुनिने साम्पाङ कुनै बेला धरानमा पानी ल्याएर चर्चामा छाए । पानीको समस्या भोगिरहेको धरानका लागि साम्पाङको यो अभियान अनुकरणीय थियो नै । त्यसैले पनि ठाउँठाउँबाट उनलाई यो अभियानमा सहयोग जुट्यो । कतिले श्रमदान गरे ।

यो भीडमा सबैभन्दा चर्चामा आउने व्यक्ति थिए उनै मेयर साम्पाङ । थोत्रो कपडा लगाएर पसिनापसिना हुँदै पाइप तान्दै गरेको एउटा चित्रमा चिनियो मेयर साम्पाङ । यस्तो कडा परिश्रम गर्नेलाई कसले रुचाउँदैन ? धरानमा उनले यति विधि गरेको दुःख धेरै समय टिकेन । किनभने यो अस्थायी काम थियो । त्यसपछि धरानमा खानेपानीको हाहाकार भयो । स्थायी समाधान नखोजेको भन्दै त्यतिबेलै केही आवाज मेयर साम्पाङको कदममा प्रश्न उठाएका थिए । तर त्यतिबेलाको मेयरको रापताप र वाहवाहीले ती स्वर दबिए ।

अब भने मेयर साम्पाङलाई फसाद प¥यो । अघिल्लो वर्ष झण्डै दुई अर्बको बजेट ल्याएको धरानका प्रमुख हर्ताकर्ता हुन् साम्पाङ । अझ भनौ संघीय शासनको मन्त्रीभन्दा पनि शक्तिशाली व्यक्ति । अघिल्लो वर्ष खानेपानी मन्त्रालयलाई २६ अर्ब बजेट परेको थियो । देशभरको ७५३ स्थानीय तहमध्ये धरान एक हो । अब खानेपानी मन्त्रालयको यो बजेट बाँडफाँड गर्ने हो भने धरानलाई कति पर्ला ? 

Hardik health

यद्यपि स्थानीयको आवाज भन्दै मेयर मंगलबार सिंहदरबार आए । त्यो पनि रित्तो गाग्री बोकेर । एक त सिंहदरबारमा यस्ता सामग्री बोकेर जोसुकैलाई प्रवेश दिइन्न । अझ मेयर साम्पाङले त विरोधस्वरुप नै रित्तो गाग्री बोकेर सिंहदरबार छिर्ने प्रयास गरेका थिए । सांकेतिकरुपमा साम्पाङले गरेको आन्दोलन ठीक होला, तर साम्पाङले बिर्सन नहुने कुरा हो, उनी आफैं पनि स्थानीय सरकार प्रमुख हुन् । यसरी विरोधको नाममा विरोध गरेर, संघीय सरकारले दिएन भनेर जनताको वाहवाही कमाएरमात्र बस्नु वा क्षणिक चर्चामा रमाउनु ठीक हुन्न ।

कहिले संघ सरकारलाई नमान्ने भनेर र त कहिले संविधान उल्लंघन गर्दै हिँड्ने साम्पाङ अहिले मनमौजी शासनका कारण आलोचनामा छन् । खानेपानीको समस्या समाधानभन्दा पनि यस्ता आलोचनाबाट बच्न उनी रित्तो गाग्री देखाउन काठमाडौं आइपुगेका हुन् । मेयरसाब, यस्तो ‘स्टन्टबाजी’मा नरमाउनुस् । 
 


प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
प्रश्नपत्र ‘लिक’ प्रकरणले उब्जाएका प्रश्न
प्रश्नपत्र ‘लिक’ प्रकरणले उब्जाएका प्रश्न सोमबार, साउन ११, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP