Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #न्वांगी_पर्व
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #‘रिमै’ चलचित्र
  • #प्रतिनिधिसभा_बैठक
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पूर्वप्रस्थान अभिमुखीकरण तालिममा थप कडाइ 
कक्षा सुरु र समाप्त भएको एक घण्टाभित्र फेइम्समा प्रविष्ट गर्नुपर्ने पूर्वप्रस्थान अभिमुखीकरण तालिममा थप कडाइ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ८, २०८१

अब कक्षामा उपस्थित भएको हाजिर दिउँसो १२ बजेभित्र र साँझ ६ बजेभित्र कक्षा सकिएको हाजिर फेइम्समा इन्ट्री गरिसक्नुपर्छ । यदि हाजिर भेटिएन भने त्यसदिन कक्षा लिएको भए पनि त्यो मान्य हुँदैन । 
Guru_Datta_Subedi-1737443841.jpg
गुरुदत्त सुवेदी
सूचना अधिकारी, वैदेशिक रोजगार विभाग

काठमाडौं– सरकारले वैदेशिक रोजगारमा जाने कामदारका लागि दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिममा लागू गरिएको ‘आइरिस रिकग्निसन’ प्रणाली कार्यान्वयनमा थप कडाइ गर्ने भएको छ । कतिपय तालिम प्रदायक संस्थाहरुले आइरिस मेसिनमा समय नै परिवर्तन गरी हाजिर गराउने गरेको पाइएपछि कडाइ गर्न लागिएको हो । 

वैदेशिक रोजगार विभागले आइतबार एक सूचना जारी गरी आइरिस प्रणालीमार्फत गरिने हाजिरीमा नयाँ व्यवस्था गरेको जनाएको छ । जसअनुसार अबदेखि पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्थाले कक्षा सुरु र समाप्त भएको एक घण्टाभित्र विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेइम्स)मा अनिवार्य प्रविष्ट गराउनुपर्ने छ ।

विभागले गत पुस १ गतेबाट आइरिस मेसिनबाट हाजिरी गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको थियो । तर आइरिस मेसिनको समय सच्याएर तालिम लिएको भन्ने उजुरी परेपछि विभागले गरेको अनुगमनका क्रममा त्यस्तो भेटिएको बताइएको छ । ‘अब कक्षामा उपस्थित भएको हाजिर दिउँसो १२ बजेभित्र गरिसक्नुपर्छ । त्यस्तै साँझ ६ बजेभित्र कक्षा सकिएको हाजिर सूचना प्रणालीमा पठाइसक्नुपर्छ,’ विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले भने, ‘यदि हाजिर भेटिएन भने त्यसदिन कक्षा लिएको भए पनि त्यो मान्य हुँदैन । फेरि नयाँ कक्षा लिनुपर्छ ।’ 

Hardik health

अभिमुखीकरणलाई सतप्रतिशत प्रभावकारी बनाउन ‘रियल टाइम’मा लैजाने तयारी भइरहेको विभागको अनुगमन शाखाका निर्देशक लोकनाथ भुसाल बताउँछन् । ‘आइरिस प्रणाली भर्खरै कार्यान्वयनमा आएको भएर पनि अभ्यस्त नभएको होला । कतिपय संस्थाको हरेक दिनको हाजिर नआएकाले प्रत्येक पटकको हाजिर अनिवार्य गरिएको हो,’ भुसाल भन्छन्, ‘अबको एकदेखि डेढ महिनाभित्र राष्ट्रिय परिचयपत्रसँग समन्वय गरेर हाजिर गर्नेबित्तिकै सिस्टममा गइहाल्ने व्यवस्था मिलाउँछौं । यसो गर्दा कसैले समय सच्याउन पाउँदैन, अहिले आइटीको दुरुपयोग हुँदै छ ।’

तालिम प्रदायक संस्थाको अटेरी
विभागले गत पुस ३ गतेदेखि नयाँ तालिम लिनेहरुलाई अनिवार्य रुपमा आइरिस रिकग्निसन प्रणाली कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो । जसअनुसार प्रत्येक दिन प्रत्येक पटकको हाजिर विभागको सूचना प्रणालीमा अपडेट गर्नुपर्छ । तर, कतिपय संस्थाले नियमित हाजिर पठाएको नदेखिएको विभागले जनाएको छ । विगतमा बायोमेट्रिक्स गर्दा चार पटकको हाजिर एकैचोटि पठाउने व्यवस्था थियो । आभिमुखीकरण प्रदायक संस्थाहरुले हाजिरी पठाउने पुरानै नियमलाई निरन्तरता दिएको देखिएको छ ।
कतिपयले भने दुईवटा संस्थामा एउटै मेसिनको प्रयोग गरेकाले कुनैमा धेरै संख्यामा प्रशिक्षार्थी देखिँदा कतै भने नदेखिने समस्या भएको नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतम बताउँछन् । ‘संस्था खोलेपछि आवश्यक सम्पूर्ण पूर्वाधार राख्नुपर्छ । तोकिएको नियम पालना नगर्नु भनेको नैतिक समस्या हो, आफैं सच्चिनुबाहेक विकल्प छैन । अटेरी गर्दा डण्डा खान तयार हुनुपर्छ,’ उनी भन्छन् ।

कार्यविधिमा के छ ?
अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार, प्रत्येक प्रशिक्षण कक्षामा कम्तीमा ८४ इञ्चको दुईवटा ‘स्मार्ट बोर्ड’ हुनुपर्दछ । जुन कम्तीमा पनि एन्ड्रोइडको १३औं संस्करण, आठ जिबी र १२८ जिबीको हार्ड ड्राइभ हुनुपर्छ । साथै विभागको ‘वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली’सँग मेल खाने रेटिना हाजिर मेसिन अनिवार्य हुनुपर्छ ।

हाल मुलुकभर १४३ वटा संस्थाले अभिमुखीकरण तालिम दिँदै आएका छन् । यसअघि विभागको अनुगमनमा बायोमेट्रिक्स गर्दा कतिपयले अभिमुखीकरण लिनुपर्नेभन्दा फरक व्यक्तिको बायोमेट्रिक्स लिएको पाइएको थियो । त्यस्ता करिब ४८ वटा संस्थालाई कारबाही गरेर कारोबार रोकेको थियो ।कार्यविधिअनुसार विदेश जानुअघि प्रत्येक दिन छ घण्टाको दरले तीन दिनसम्म तालिम लिएर अनलाइन परीक्षामा कम्तीमा ५० अंक ल्याउनुपर्दछ ।

तोकिएको तालिम अवधि पूरा नगरी प्रमाणपत्र वा विद्युतीय हाजिर प्रदान गरे, अनुपस्थितलाई उपस्थित बनाएर नक्कली प्रमाणपत्र बनाइदिए, एउटाको ठाउँमा अर्कोले हाजिर गरिदिए, तोकिएबमोजिम भौतिक पूर्वाधार र प्रशिक्षक नभएको पाइए त्यस्ता संस्थाको अनुमति रद्द गर्ने व्यवस्था कार्यविधिमा छ ।

 

 

 

 


प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
युएईमा धमाधम वैधानिकीकरण श्रम स्वीकृति दिइँदै 
युएईमा धमाधम वैधानिकीकरण श्रम स्वीकृति दिइँदै  सोमबार, भदौ २३, २०८२
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन आइतबार, भदौ २२, २०८२
बोर्डबाट आर्थिक सहायता लिने बढ्दै
बोर्डबाट आर्थिक सहायता लिने बढ्दै आइतबार, भदौ २२, २०८२
दुई लाख तिरेर क्रोएसिया उड्नै लाग्दा भिजा नक्कली ठहरिएपछि... 
दुई लाख तिरेर क्रोएसिया उड्नै लाग्दा भिजा नक्कली ठहरिएपछि...  शुक्रबार, भदौ २०, २०८२
कोरियामा ज्याला नदिने रोजगारदाताविरुद्ध विशेष अभियान
कोरियामा ज्याला नदिने रोजगारदाताविरुद्ध विशेष अभियान बिहीबार, भदौ १९, २०८२
इटाली र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
इटाली र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बुधबार, भदौ १८, २०८२
सीपयुक्त जनशक्तिको मागपत्र प्रमाणीकरण गर्न दूतावास तयार, अहिलेसम्म आवेदन नआएको प्रस्टीकरण
सीपयुक्त जनशक्तिको मागपत्र प्रमाणीकरण गर्न दूतावास तयार, अहिलेसम्म आवेदन नआएको प्रस्टीकरण बुधबार, भदौ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP