Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्रमुख रोजगार गन्तव्यमा युएई शीर्षस्थानमा
छ महिनामा तीन लाख ९३ हजार ६७ जना विदेसिएकामध्ये ३१ प्रतिशतको गन्तव्य बन्यो युएई प्रमुख रोजगार गन्तव्यमा युएई शीर्षस्थानमा
ममता थापा
ममता थापा सोमबार, माघ ७, २०८१

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा युनाइटेड अरब इमिरेट्स (युएई) नेपालीहरुको प्रमुख रोजगार गन्तव्य बनेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकमा सबैभन्दा धेरै कामदार युएईमा गएको पाइएको हो । 

यस अवधिमा युएईमा एक लाख २२ हजार ८२९ जना पुगेका छन् । यसमा व्यक्तिगत तथा संस्थागत नयाँ श्रम स्वीकृति लिएका तथा पुनः श्रम स्वीकृति लिएका सबै कामदार समेटिएका छन् । पुस मसान्तसम्म श्रम स्वीकृति लिएर विदेसिएका कूल संख्याको ३१ प्रतिशत हिस्सा युएईले ओगटेको छ । 

उक्त अवधिमा तीन लाख ९३ हजार ६७ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा गएका छन् । यसरी श्रम स्वीकृति लिनेमध्ये दुई लाख २५ हजार ६२५ जना नयाँ रहेका छन् । जसमा ६४ हजार ४५९ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् भने एक लाख १६१ हजार १६६ जना म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएर गएका हुन् । साउनदेखि पुस मसान्तसम्ममा एक लाख ६२ हजार ६२८ जनाले पुनः श्रम स्वीकृति लिएको तथ्यांकमा उल्लेख छ । यसैगरी जिटुजी प्रणालीमार्फत दक्षिण कोरिया, इजरायल र बेलायतमा जानेको संख्या चार हजार ८१४ जना छन् । जिटुजीमार्फत जानेमा अधिकांश इपिएस प्रणालीबाट कोरिया गएका हुन् ।

गत आर्थिक वर्ष २०८०/८१ मा पनि सबैभन्दा धेरै कामदार युएईमा गएका थिए । अघिल्लो आव २०७९/८० मा भने मलेसिया शीर्ष स्थानमा थियो । मलेसियामा कामदार लैजान त्यहाँको सरकारले श्रम नीति परिवर्तन गरेपछि त्यहाँ रोजगारीका लागि जानेको संख्या ह्वात्तै घटेको हो । समीक्षा अवधिमा मलेसिया पाँचौं स्थानमा परेको छ । त्यहाँ जान १४ हजार ५७२ जनाले श्रम स्वीकृति लिएका छन् ।युएईपछिको दोस्रो स्थानमा साउदी अरेबिया रहेको छ । उक्त अवधिमा साउदीका लागि ७८ हजार ४६८ जनाले श्रम स्वीकृति लिएका छन् । तेस्रोमा रहेको कतारका लागि ७१ हजार १७६ जनाले श्रम स्वीकृति लिएका छन् । चौथोमा रहेको कुवेतमा जान ३० हजार ३४३ जनाले श्रम स्वीकृति लिएका छन् ।

Hardik health

छैटौं स्थानमा युरोपेली राष्ट्र रोमानिया परेको छ । रोमानियाका लागि १३ हजार ७९५ जनाले श्रम स्वीकृति लिएका छन् । उक्त अवधिमा पूर्वी एसियाली मुलुक जापान नेपालीहरुको सातौं प्रमुख श्रम गन्तव्य बनेको छ, जहाँ १० हजार ५०३ जना गएका छन् । यस्तै युरोपेली मुलुक क्रोएसिया आठौं स्थानमा छ । उक्त मुलुकका लागि छ हजार ५७० जनाले श्रम स्वीकृति लिएका छन् । नवौं स्थानमा रहेको दक्षिण कोरियामा पाँच हजार ९६६ जना र दशौं स्थानमा रहेको बहराइनमा पाँच हजार ८०५ जना पुगेका छन् ।

धनुषाबाट धेरै, मनाङबाट कम
जिल्लागत हिसाबले हेर्दा धनुषाबाट सबैभन्दा धेरै युवा विदेसिएका छन् । यहाँबाट गत छ महिनामा १२ हजार ८७८ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका छन् । यस्तै उक्त छ महिनाको अवधिमा झापाबाट ११ हजार ३५८ जना, मोरङबाट १० हजार ४६२ जना, सिरहाबाट १० हजार ३६५ जना, महोत्तरीबाट आठ हजार ८४६ जना, सुनसरीबाट आठ हजार २६० जना, रुपन्देहीबाट सात हजार ८०५ जना, सर्लाहीबाट सात हजार २४७ जना, चितवनबाट पाँच हजार ६०९ वैदेशिक रोजगारीमा गएका छन् । 

हिमाली जिल्ला मनाङबाट भने सबैभन्दा कम ९१ जनाले मात्र श्रम स्वीकृति लिएको तथ्यांक छ । आर्थिक वर्ष २०८०/८१ मा पनि सबैभन्दा धेरै धनुषाबाट ३९ हजार १०७ जना वैदेशिक रोजगारीका लागि गएका थिए भने सबैभन्दा कम मनाङबाट १७९ जना गएका थिए । 

सबैभन्दा बढी दक्ष कामदार
चालु आवको छ महिनामा विदेसिएकामध्ये सबैभन्दा बढी दक्ष कामदार दुई लाख ५३ हजार १२२ जना रहेका छन् । रोजगारीका लागि जाने उच्च दक्ष कामदारको संख्या भने न्यून रहेको छ । सो अवधिमा ४७८ मात्र यस्ता जनशक्ति बाहिरिएका छन् । यस्तै ९६ हजार ५४४ जना अदक्ष कामदार पनि छ महिनाको अवधिमा मुलुकबाट बाहिरिएका छन् ।

साउदेखि पुस मसान्तसम्म धेरै नेपाली कामदार गएका १० मुलुक
युएई    १,२२,८२९
साउदी अरेबिया    ७८,४६८
कतार    ७१,१७६
कुवेत    ३०,३४३
मलेसिया    १४,५७२
रोमानिया    १३,७९५
जापान    १०,५०३
क्रोएसिया    ६,५७०
दक्षिण कोरिया    ५,९६६
बहराइन    ५,८०५
स्रोतः वैदेशिक रोजगार विभाग


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति 
वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति  शनिबार, असार २७, २०८३
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ शुक्रबार, असार २६, २०८३
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै शुक्रबार, असार २६, २०८३
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बिहीबार, असार २५, २०८३
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग  परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता बिहीबार, असार २५, २०८३
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा बिहीबार, असार २५, २०८३
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली बुधबार, असार २४, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP