Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्रमुख रोजगार गन्तव्यमा युएई शीर्षस्थानमा
छ महिनामा तीन लाख ९३ हजार ६७ जना विदेसिएकामध्ये ३१ प्रतिशतको गन्तव्य बन्यो युएई प्रमुख रोजगार गन्तव्यमा युएई शीर्षस्थानमा
ममता थापा
ममता थापा सोमबार, माघ ७, २०८१

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा युनाइटेड अरब इमिरेट्स (युएई) नेपालीहरुको प्रमुख रोजगार गन्तव्य बनेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकमा सबैभन्दा धेरै कामदार युएईमा गएको पाइएको हो । 

यस अवधिमा युएईमा एक लाख २२ हजार ८२९ जना पुगेका छन् । यसमा व्यक्तिगत तथा संस्थागत नयाँ श्रम स्वीकृति लिएका तथा पुनः श्रम स्वीकृति लिएका सबै कामदार समेटिएका छन् । पुस मसान्तसम्म श्रम स्वीकृति लिएर विदेसिएका कूल संख्याको ३१ प्रतिशत हिस्सा युएईले ओगटेको छ । 

उक्त अवधिमा तीन लाख ९३ हजार ६७ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा गएका छन् । यसरी श्रम स्वीकृति लिनेमध्ये दुई लाख २५ हजार ६२५ जना नयाँ रहेका छन् । जसमा ६४ हजार ४५९ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् भने एक लाख १६१ हजार १६६ जना म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएर गएका हुन् । साउनदेखि पुस मसान्तसम्ममा एक लाख ६२ हजार ६२८ जनाले पुनः श्रम स्वीकृति लिएको तथ्यांकमा उल्लेख छ । यसैगरी जिटुजी प्रणालीमार्फत दक्षिण कोरिया, इजरायल र बेलायतमा जानेको संख्या चार हजार ८१४ जना छन् । जिटुजीमार्फत जानेमा अधिकांश इपिएस प्रणालीबाट कोरिया गएका हुन् ।

गत आर्थिक वर्ष २०८०/८१ मा पनि सबैभन्दा धेरै कामदार युएईमा गएका थिए । अघिल्लो आव २०७९/८० मा भने मलेसिया शीर्ष स्थानमा थियो । मलेसियामा कामदार लैजान त्यहाँको सरकारले श्रम नीति परिवर्तन गरेपछि त्यहाँ रोजगारीका लागि जानेको संख्या ह्वात्तै घटेको हो । समीक्षा अवधिमा मलेसिया पाँचौं स्थानमा परेको छ । त्यहाँ जान १४ हजार ५७२ जनाले श्रम स्वीकृति लिएका छन् ।युएईपछिको दोस्रो स्थानमा साउदी अरेबिया रहेको छ । उक्त अवधिमा साउदीका लागि ७८ हजार ४६८ जनाले श्रम स्वीकृति लिएका छन् । तेस्रोमा रहेको कतारका लागि ७१ हजार १७६ जनाले श्रम स्वीकृति लिएका छन् । चौथोमा रहेको कुवेतमा जान ३० हजार ३४३ जनाले श्रम स्वीकृति लिएका छन् ।

Hardik health

छैटौं स्थानमा युरोपेली राष्ट्र रोमानिया परेको छ । रोमानियाका लागि १३ हजार ७९५ जनाले श्रम स्वीकृति लिएका छन् । उक्त अवधिमा पूर्वी एसियाली मुलुक जापान नेपालीहरुको सातौं प्रमुख श्रम गन्तव्य बनेको छ, जहाँ १० हजार ५०३ जना गएका छन् । यस्तै युरोपेली मुलुक क्रोएसिया आठौं स्थानमा छ । उक्त मुलुकका लागि छ हजार ५७० जनाले श्रम स्वीकृति लिएका छन् । नवौं स्थानमा रहेको दक्षिण कोरियामा पाँच हजार ९६६ जना र दशौं स्थानमा रहेको बहराइनमा पाँच हजार ८०५ जना पुगेका छन् ।

धनुषाबाट धेरै, मनाङबाट कम
जिल्लागत हिसाबले हेर्दा धनुषाबाट सबैभन्दा धेरै युवा विदेसिएका छन् । यहाँबाट गत छ महिनामा १२ हजार ८७८ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका छन् । यस्तै उक्त छ महिनाको अवधिमा झापाबाट ११ हजार ३५८ जना, मोरङबाट १० हजार ४६२ जना, सिरहाबाट १० हजार ३६५ जना, महोत्तरीबाट आठ हजार ८४६ जना, सुनसरीबाट आठ हजार २६० जना, रुपन्देहीबाट सात हजार ८०५ जना, सर्लाहीबाट सात हजार २४७ जना, चितवनबाट पाँच हजार ६०९ वैदेशिक रोजगारीमा गएका छन् । 

हिमाली जिल्ला मनाङबाट भने सबैभन्दा कम ९१ जनाले मात्र श्रम स्वीकृति लिएको तथ्यांक छ । आर्थिक वर्ष २०८०/८१ मा पनि सबैभन्दा धेरै धनुषाबाट ३९ हजार १०७ जना वैदेशिक रोजगारीका लागि गएका थिए भने सबैभन्दा कम मनाङबाट १७९ जना गएका थिए । 

सबैभन्दा बढी दक्ष कामदार
चालु आवको छ महिनामा विदेसिएकामध्ये सबैभन्दा बढी दक्ष कामदार दुई लाख ५३ हजार १२२ जना रहेका छन् । रोजगारीका लागि जाने उच्च दक्ष कामदारको संख्या भने न्यून रहेको छ । सो अवधिमा ४७८ मात्र यस्ता जनशक्ति बाहिरिएका छन् । यस्तै ९६ हजार ५४४ जना अदक्ष कामदार पनि छ महिनाको अवधिमा मुलुकबाट बाहिरिएका छन् ।

साउदेखि पुस मसान्तसम्म धेरै नेपाली कामदार गएका १० मुलुक
युएई    १,२२,८२९
साउदी अरेबिया    ७८,४६८
कतार    ७१,१७६
कुवेत    ३०,३४३
मलेसिया    १४,५७२
रोमानिया    १३,७९५
जापान    १०,५०३
क्रोएसिया    ६,५७०
दक्षिण कोरिया    ५,९६६
बहराइन    ५,८०५
स्रोतः वैदेशिक रोजगार विभाग


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो शुक्रबार, माघ ९, २०८२
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, माघ ९, २०८२
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी शुक्रबार, माघ ९, २०८२
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड बिहीबार, माघ ८, २०८२
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो बिहीबार, माघ ८, २०८२
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP