Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
समाचार
  • Home
  • समाचार
  • रेड्मी नोट १४ सिरिज अब नेपालमा
रेड्मी नोट १४ सिरिज अब नेपालमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १, २०८१

काठमाडौं-  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक भव्य कार्यक्रममार्फत रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंस्थित अलफ्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा रेड्मी नोट १४ सिरिजका नयाँ फिचरहरू प्रस्तुत गर्दै कम्पनीले स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पुऱ्याउने तयारीका साथमा रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रों ५जी गरी ४ मोडेलहरू नेपालमा सार्वजनिक गरेको हाे ।

उक्त कार्यक्रममा नायिका एना शर्मा र गायक सुशान्त केसीले एक साथ ब्राण्ड एम्बासडरका रूपमा कम्पनीले नियुक्त गरी रेड्मी नोट १४ सिरिजका ४ मोडेलहरू सार्वजनिक गरेको हाे । यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकोले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने विश्वास कम्पनीले लिएको छ। सबै नेपाली ग्राहकमा शाओमीको उच्च गुणस्तरलाई पहुँचयोग्य बनाउने प्रतिबद्धतालाई यसले निरन्तरता दिएको छ ।

रेड्मी नोट १४ सिरिज सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, 'शाओमीको मुख्य उद्देश्य भनेको स्मार्टफोनले दिन सक्ने अनुभवलाई जतिसक्दो बढाउने रहेको छ । रेड्मी नोट १४ सिरिज पनि यसबाट अलग छैन। फ्ल्यागशिप स्तरका क्यामरा, शक्तिशाली प्रोसेसर र उत्कृष्ट टिकाउपनका साथमा आकर्षक डिजाइनमा उपलब्ध यी डिभाइसहरुले नेपाली स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा हामी विश्वस्त रहेका छौं ।'


रेड्मी नोट १४ प्रों५जीः आइकनिक शट्स, टिकाउपन र बोल्ड डिजाइनका मुख्य विशेषताहरूः
स्टाइलिश डिजाइन र उच्च टिकाउपनः
रेड्मी नोट १४ प्रों ५जीको बोल्ड डिजाइन र उत्कृष्ट टिकाउपना रहेको कम्पनीले जनाएको छ। यसमा आइपी ६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश रहेको छ जसले दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्ने क्षमता प्रदान गर्दछ । ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध यो मोडेलमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ। यसले डिभाइसलाई थप सुरक्षा प्रदान गर्नुका साथै स्टाइलिस पनि देखाउँदछ ।
स्न्यापड्रागन ७ एस जेन ३ को उच्च प्रदर्शनः
रेड्मी नोट १४ प्रों ५जीमा रहेको स्न्यापड्रागन ७ एस जेन ३ चिपसेटले उच्च स्पीड र प्रदर्शन सुनिश्चित गर्दछ । ८ जीबी २५६ जीबी र १२ जीवी ५१२ जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडलले मल्टिटास्किङ र गेमिङलाई झनै सहज बनाउँछ ।

Hardik health

२०० मेगापिक्सेलको प्रो(ग्रेड एआई क्यामेराः
२०० मेगापिक्सेलको मुख्य क्यामरासँग ओआईएस र १६(इन(१ पिक्सेल विनिङ प्रविधि रहेको यस मोडेलमा ८ मेगापिक्सेलको अल्ट्रा(वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश छ । डायनामिक शट्स, मोसन ट्राकिङ फोकस र डुअल भिडियो मोडजस्ता फिचरले फोटोग्राफी अनुभवलाई अझ क्रिएटिभ बनाउँदछ ।
१२० वाट हाइपरचार्जः
५११० एमएएचको उच्च क्षमता रहेको व्याट्री र १२० वाट हाइपरचार्ज फिचर भएको यो मोडेल छिटो चार्ज पनि हुन्छ जसले गर्दा प्रयोगकर्ताले यो स्मार्टफोन दिनभर प्रयोग गर्न सक्नेछन् ।
एआई विशेषताहरूः गुगलको सर्कल टु सर्च, गुगल जेमिनी, एआई इन्टरप्रेटर, एआई नोट्स, एआई रेकर्डर, एआई सबटाइटल्स, एआई फिल्म, एबाई ब्यूटिफाइ, एबाई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सन ।


रेड्मी नोट १४ प्रो ५जीः सुन्दरता र प्रदर्शनको उत्कृष्ट संयोजनका मुख्य विशेषताहरूः
प्रिमियम डिजाइन र आइपी ६८ सुरक्षाः
स्लिम डिजाइन रहेको रेड्‌मी नोट १४ प्रो ५जीमा आइपी ६८ डस्ट तथा वाटर रेजिस्टेन्स सुविधा उपलब्ध रहेको छ । मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन रंगमा उपलब्ध यस स्मार्टफोनमा स्टाइलिश फिनिस रहेको छ जसले यो मोडल दैनिक प्रयोगलाई अझ आकर्षक रहन्छ ।
मिडियाटेक डाइमेन्सिटी ७३००(अल्ट्राको साथमा उत्कृष्ट प्रदर्शनः
४ एनएम प्रोसेसमा आधारित मिडियाटेक डाइमेन्सिटी ७३००(अल्ट्रा चिपसेट रहेको यस स्मार्टफोनले उच्च प्रदर्शन प्रदान गर्दछ। यो मोडल ८ जीबी २५६जीवी, र १२जीबीं५१२जीबी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ ।

२०० मेगापिक्सेलको एआई क्यामेरा प्रणालीः
ओआईएस सहितको २०० मेगापिक्सेलको मुख्य क्यामराले जस्तोसुकै लाइटिङमा पनि उत्कृष्ट फोटो खिच्दछ । ८ मेगापिक्सेलको अल्ट्रा(वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामराले फोटोग्राफीलाई अझ रोमाञ्चक बनाउँदछ । साथमा एआई व्यूटिफाई, एआई इरेज प्रो र डुअल भिडियो फिचरले फोटोग्राफी अनुभवलाई अझ स्तरीय बनाउँदछ ।

दिगो ब्याट्री र टर्बो चार्जिङः
५११० एमएएच ब्याट्री र ४५ वाट टर्बो चार्जिङ फिचर सहितको यो स्मार्टफोनले लामो समयसम्म प्रयोग गर्न सकिनेछ।
 

एआई विशेषताहरूः

सर्कल टु सर्च, गुगल जेमिनी, एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सन ।
रेड्मी नोट १४ ५जीः आकर्षक फोटोग्राफी, उत्कृष्ट प्रदर्शनका मुख्य विशेषताहरूः


स्टाइलिस र टिकाउ डिजाइनः
आइपी ६४ डस्ट र स्प्ल्याश रेजिस्टेन्स सुविधा रहेको रेड्मी नोट १४ ५जी ले दैनिक प्रयोगमा आउन सक्ने चुनौतीहरूलाई सजिलै सामना गर्न सक्ने कम्पनीले बताएको छ। कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग भएको यो मोडल मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन रंगमा उपलब्ध रहेको छ ।


उत्कृष्ट प्रोसेसरः
मिडियाटेक डाइमेन्सिटी ७०२५(अल्ट्रा चिपसेट रहेको यस स्मार्टफोन मल्टिटास्किङ, गेमिङ र एपहरू प्रयोग गर्न सहज हुनेछ । ८ जीबी २५६जीवी र १२जीबीं५१२जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडेलमा ५११० एमएएचको ब्याट्री र ४५ वाटको टर्बो चार्जिङको सुविधा रहेको छ ।


१०८ मेगापिक्सेलको एआई क्यामेराः
ओआईएस सहितको १०८ मेगापिक्सेलको मुख्य क्यामराले उत्कृष्ट डिटेलसहितको तस्बिर खिच्दछ । ८ मेगापिक्सेलको अल्ट्रा(वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामराले फोटोग्राफी अनुभवलाई अझ रोमाञ्चक बनाउँदछ ।

एआई विशेषताहरूः गुगल जेमिनी थ्रि, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ ।


रेड्मी नोट १४ : दैनिक प्रयोगका लागि उत्कृष्ट मुख्य विशेषताहरूः
स्टाइलिस डिजाइनः
मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिन रंगमा उपलब्ध रहेको रेड्मी नोट १४ मा आकर्षक र एर्गोनोमिक डिजाइन रहेको छ । ८.१६ मिलिमिटर मोटाइ र १९६.५ ग्राम तौलले यो मोडल हातमा चलाउन निकै सहज हुन्छ ।

मिडियाटेक हेलियो जी ९९-अल्ट्रा प्रोसेसरः
६ एनएम प्रोसेसरमा आधारित मिडियाटेक हेलियो जी९९(अल्ट्रा चिपसेटले रेड्मी नोट १४ मल्टिटास्किङ र गेमिङका लागि उत्कृष्ट रहेको कम्पनीको दाबी छ। यो मोडल ६जीवी ं १२८ जीबी र ८जीबीं२५६जीवी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ ।

१०८ मेगापिक्सेलको एआई क्यामरा प्रणालीः
१०८ मेगापिक्सेलको मुख्य क्यामराको साथमा २ मेगापिक्सेलको डेप्य र २ मेगापिक्सेलको म्याक्रो क्यामरा रहेको यो स्मार्टफोनले डिटेलयुक्त र आकर्षक तस्बिर खिच्दछ । त्यसैगरी २० मेगापिक्सेलको फ्रन्ट क्यामराले उत्कृष्ट सेल्फीहरू खिच्दछ ।

५५०० एमएएच ब्याट्री र ३३ वाट टर्बो चार्जिङः
५५०० एमएएचको ब्याट्री र ३३ वाटको टर्बो चार्जिङ सुविधासहितको रेड्मी नोट १४ लामो समयसम्म चलाउन सकिन्छ भने यो चार्ज पनि छिटो हुन्छ ।

एआई विशेषताहरूः गुगल जेमिनी थ्रि, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ ।

मूल्य र उपलब्धताः
रेड्मी नोट १४ मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिनमा रु।२४,९९९ (६/१२८ जीबी), रु. २७,९९९ (८/२५६ जीबी) मा उपलब्ध छ ।

रेड्मी नोट १४ ५जी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिनमा रु. ३०,९९९ (८/२५६ जीबी) र रु. ३५,९९९ (१२/५१२ जीबी) मा उपलब्ध छ ।

रेड्मी नोट १४ प्रो पूजी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल, र कोरल ग्रिनमा रु.३९,९९९(८/२५६ जीबी), र रु।४४,९९९ (१२/५१२ जीबी) मा उपलब्ध छ ।

रेड्मी नोट १४ प्रो ५जी ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू, र मिडनाइट ब्ल्याकमा रु। ४९,९९९ (८/२५६ जीबी)०, र रु। ५४,९९९ (१२/५१२ जीबी) मा उपलब्ध छ ।

 


प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुनचाँदीको मूल्य आज पनि बढ्यो
सुनचाँदीको मूल्य आज पनि बढ्यो मंगलबार, चैत १७, २०८२
आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर मंगलबार, चैत १७, २०८२
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमय दर सोमबार, चैत १६, २०८२
आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर आइतबार, चैत १५, २०८२
शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर
शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर शनिबार, चैत १४, २०८२
सुनचाँदीकाे मूल्यमा निरन्तर गिरावट
सुनचाँदीकाे मूल्यमा निरन्तर गिरावट शुक्रबार, चैत १३, २०८२
सुनकाेचाँदी भाउ सामान्य घट्याे
सुनकाेचाँदी भाउ सामान्य घट्याे बिहीबार, चैत १२, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP