काठमाडौं  -  अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेकाे  छ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ८ सयले  र चाँदीकाे मूल्य ४० रूपैँयाले घटेकाे  छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा प्रतितोला रु एक लाख ५५ हजारमा कारोबार भइरहेकाे छ  । हिजाे सुनको मूल्यमा प्रतितोला रु एक लाख ५५ हजार ८०० मा कारोबार भएको थियाे । 
आज चाँदीको मूल्य प्रतिताेला एक हजार ८ सय २० रूपैँयामा कारोबार भइरहेकाे छ । साेमबार चाँदीको मूल्य प्रतिताेला  १ हजार ८ सय ६०  रूपैँयामा कारोबार मा कारोबार भएको थियाे ।