काठमाडौं  -  अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएकाे छ ।
 स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार छ सयले बढेकाे छ भने  १५ रूपैँयाले  वृद्धि भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा प्रतितोला रु एक लाख ५५ हजार ७०० मा कारोबार भएको छ  भने सोही परिमाणको चाँदीको मूल्य १ हजार ८ सय ६०  रूपैँया कायम भएको छ ।
शुक्रबार सुनकाे मूल्य प्रतिताेला  रु एक लाख ५४ हजार १०० मा कारोबार भएको  थियाे  भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।