Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • म्यानपावर कम्पनीलाई दुईवटा ‘साउदी आइडी’ दिन साउदी दूतावास तयार
म्यानपावर कम्पनीलाई दुईवटा ‘साउदी आइडी’ दिन साउदी दूतावास तयार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २८, २०८१

काठमाडौं– साउदी अरेबियाको भिसा प्रक्रियाका लागि आवश्यक साउदी आइडी म्यानपावर कम्पनीले अब दुई–दुईवटा पाउने भएको छ । भिसा लगाउनका लागि व्यवसायीले भोग्दै आएका समस्यालाई सम्बोधन गर्न दुईवटा आइडी उपलब्ध गराउन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गरेको आग्रहपछि नेपालीस्थित साउदी राजदूतावास यसमा सहमत भएको हो ।

संघका अध्यक्ष राजेन्द्र भण्डारी र संघका साउदी संयोजक वैकुण्ठ पौडेलले शुक्रबार नेपालका लागि साउदी राजदूत र कन्सुलरसँग भेट गरी यसबारे कुरा राखेका थिए । साउदी दूतावासमा भएको छलफलपछि राजदूत अबु हमिद दुईवटा आइडी उपलब्ध गराउन तयार भएको अध्यक्ष भण्डारीले बताए ।

साउदी आइडी सबैले सहज तवरबाट पाउनुपर्ने र भिसा सब्मिसनका लागि आवश्यक साउदी आइडी सबै एजेन्सीलाई दुई÷दुई प्रति दिन साउदी संयोजकले गरेको आग्रहमा साउदी महामहिम साथै कन्सुलर सहमत हुनुभएको छ । 
राजेन्द्र भण्डारी
अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ

‘शुक्रबार साउदी राजदूतावासका महामहिमका साथै कन्सुलरज्यूसँग महत्वपूर्ण छलफल भएको छ । उक्त छलफलमा साउदी आइडी सबैले सहज तवरबाट पाउनुपर्ने र भिसा सब्मिसनका लागि आवश्यक साउदी आइडी सबै एजेन्सीलाई दुई÷दुई प्रति दिन साउदी संयोजकले गरेको आग्रहमा साउदी महामहिम साथै कन्सुलर सहमत हुनुभएको छ,’ अध्यक्ष भण्डारीले भने ।

Hardik health

साउदी आइडी आवश्यक ठानेका व्यवसायीले राजदूतावासले तोकेका सबै कागजात पेस गर्न सक्ने पनि उनले जानकारी दिए । सबै व्यवसायीका आइडीका लागि आएका निवेदन लिएर साउदी आइडी दिन दूतावास तयार भएको अध्यक्ष भण्डारीले प्रस्ट पारे । 

‘दुई आइडी आवश्यक ठानेका व्यवसायीले राजदूतावासले दिएको फम्र्याटमा आइडी बनाएर प्रत्येक शुक्रबार पेस गर्दा तुरुन्तै सञ्चालक वा एजेन्सी प्रतिनिधि दुई जनाकै नाममा आइडी पाउन सक्ने पनि महामहिम राजदूत अबु हमिदले बताउनुभएको छ,’ उनले भने ।

यसअघि दूतावासले उपलब्ध गराउने साउदी आइडी नपाएका कारण वैदेशिक रोजगार व्यवसायीले भिसाका लागि प्रक्रिया अगाडि बढाउन समस्या भोग्दै आएका थिए । साउदी आइडी नहुँदा कतिपय मागपत्रसमेत गुमाउनुपरेको व्यवसायीले गुनासो गर्दै आएका छन् । आइडी नपाएका कतिपय व्यवसायीले भने अइडी भएका म्यानपावर कम्पनीको सहायता लिनुपरेको थियो ।

व्यवसायी समस्यामा परेपछि संघले साउदी आइडी सहज बनाउनका लागि निरन्तर पहल गर्दै आएको थियो । यही क्रममा शुक्रबार भएको भेटवार्ताले सकारात्मक नतिजा ल्याएको अध्यक्ष भण्डारीको भनाइ छ । आवश्यक पर्ने सबै म्यानपावर कम्पनीलाई दुईवटासम्म आइडी दिने भएसँगै साउदी अरेबियामा कामदार पठाउने व्यवसायीलाई राहत मिल्ने संघको अपेक्षा छ ।

०००

 


प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती आइतबार, चैत १५, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP