काठमाडौं -  आज सुनको मूल्य प्रतितोला पाँच सयले  बढेकाे छ ।
आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पाँच सयले बढेर प्रतितोला रू एक लाख ५२ हजार ५००  मा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासंघका अनुसार हिजाे  सुनको मूल्य प्रतितोला रू एक लाख ५२ हजार मा कारोबार भएकाे थियाे । 
आज चाँदीकाे मूल्य भने  हिजाेकै मूल्यमा स्थिर भइ प्रतितोला रू एक हजार आठ सय ३० मा कारोबार भइरहेकाे छ  ।