Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दुई वर्ष खेर गयो, सान्त्वना कहिलेसम्म ?
कोरिया जाने पर्खाइमा रहेकाहरुको पीडा दुई वर्ष खेर गयो, सान्त्वना कहिलेसम्म ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २३, २०८१

काठमाडौं– मिलन राई (२२) दुई वर्षदेखि रोजगारीका लागि दक्षिण कोरिया जाने तयारीमा छन् । खोटाङका उनी रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जानकै लागि काठमाडौं आएको बताउँछन् । यहीँ कोरियन भाषा पढेर शिप बिल्डिङ (पानीजहाज निर्माण) तर्फको कोरियन भाषा परीक्षामा नाम निकाल्न सफल भए ।

सन् २०२२÷२३ को भाषा परीक्षामा उत्तीर्ण भएका उनी दुई वर्ष बित्दासम्म कोरिया नपाएकामा निराश देखिन्थे । सोमबार वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखा ग्वार्कोमा धर्ना दिन पुगेकाहरुमाझ भेटिएका उनले अब भने आश मर्न थालेको गुनासो गरे । ‘कोठा भाडा लिएर कोरियाकै प्रक्रियामा लाग्दालाग्दा दुई वर्ष बितिसक्यो । अब त आशै लाग्न छाड्यो,’ मिलनले दुखेसो पोखे ।

भाषा परीक्षामा उत्तीर्ण भएका मिलनजस्ता धेरै युवा कोरियास्थित कम्पनीको छनोट सूचीमा आफ्नो नाम पर्ने प्रतीक्षामा छन् । एचआरडी कोरियाले लिने भाषा परीक्षामा उत्तीर्ण भएका कामदारको स्किल टेस्ट र कम्पेटेन्सी टेस्ट लिइन्छ । ती दुवैमा सफल भएकाहरु रोजगारीका लागि जान योग्य उम्मेदवारको सूचीमा समेटिन्छन् । यद्यपि, सूचीमा पर्नासाथ कोरिया जान पाउँछन् भन्ने हुँदैन । कोरियास्थित कम्पनीहरुले उक्त सूचीबाट छनोट गरेकाको मात्र रोजगार सुनिश्चित हुन्छ ।

शिप बिल्डिङ क्षेत्रका लागि दुई हजार ५०० को हाराहारीमा माग आएकोमा तीन हजार ९८९ जना परीक्षामा उत्तीर्ण भएका थिए । जसमध्येबाट करिब ३०० जनामात्र कोरिया गएको तथ्यांक छ । भाषा परीक्षा उत्तीर्ण गरेर पनि दुई वर्षसम्म जान नपाएकाहरु इपिएस कोरिया शाखालाई दबाब दिन सोमबार शाखाको कार्यालयमा धर्ना बस्न पुगेका हुन् । उनीहरु ‘सान्त्वना कहिलेसम्म ?’, ‘हाम्रो लागि नबोल्ने भए कार्यालय किन ?’, ‘पाँचौं पटकसम्म कार्यालय आउँदा इपिएस प्रमुख किन मौन ?’ लगायत प्रश्न लेखिएका प्लेकार्डसहित धर्नामा सहभागी भएका थिए ।

Hardik health

धर्नामै भेटिएका राजकुमार अछामीको पनि पीडा उस्तै छ । उनले सन् २०२२ मै कृषि तथा पशुपालन क्षेत्रतर्फको भाषा परीक्षा उत्तीर्ण गरेका थिए । उक्त क्षेत्रमा धेरै कामदारको माग आएकाले दुई सिफ्टमा परीक्षा गरिएको थियो । त्यतिबेला ११ हजार ९१६ जना उत्तीर्ण भएमध्येमा पर्छन् राजकुमार । जसमध्ये हालसम्म दुई हजार ७९३ जनामात्रै कोरिया गएको कोरिया शाखाको तथ्यांक छ । राजकुमारसहति नौ हजारभन्दा बढी युवा आफ्नो नाम आउने पर्खाइमै समय गुजारिरहेका छन् ।

‘भाषा परीक्षा पास भएकाहरुमध्ये जान पाउने एकतिहाइ मात्र हुन् । त्यतिमा परिन्छ कि परिँदैन थाहा छैन,’ राजकुमारले भने ।
दोलखाका केशव बुढाथोकी र बुटवलका विनोद खड्काकोे भने फरक खालको समस्या छ । उनीहरु दुवैजना कोरिया गएर फर्किएका हुन् । उनीहरु फेरि रोजगारीका लागि कोरिया जान भनेर सिभिटी र युबिटी दुवै परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण भए । तर सन् २०२२ मा उत्पादन क्षेत्रका लागि परीक्षा दिएका उनीहरुको कागजात अझै पनि कुनै कम्पनीसम्म पुगेको छैन । जब उनीहरु हरेक दिन ‘जब सर्च प्रोग्रेस’मा आफ्नो कागजात कुनै कम्पनीसमक्ष पुग्यो कि भनेर हेर्छन्, तब निराशमात्र हुन्छन् । यहाँबाट सम्पूर्ण कागजात पठाएर आइडी बनेपछि आफ्नो काम के हुँदै छ भनेर आफैंले हेर्न सकिन्छ । कम्पनीलाई एक जना कामदार लिन तीन जनामध्येबाट छनोट गर्ने अधिकार हुन्छ ।

‘कम्पनीले छान्दैन भने हामीलाई समस्या छैन । तर हाम्रो विवरण नै त्यहाँसम्म पुगेको छैन । सिस्टम नै छैन, जसले जे गरे नि भएको छ,’ उनीहरु आक्रोश पोख्छन् । सन् २०२२ मा सिभिटी उत्तीर्ण गरेका १३ सय जना छन् । बरु एकचोटि फर्किएर आएकाहरुलाई फेरि जान पाउने नियम खारेज गरिए आफूहरु अरु नै काममा लाग्ने उनीहरु बताउँछन् ।


सबै समस्या उतैबाट भएको हो: कोरिया शाखा    
भाषा परीक्षा उत्तीर्ण गरेर पनि दक्षिण कोरिया जान नपाउने समस्यामा आफूहरु जिम्मेवार नरहेको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाका अधिकारीहरु बताउँछन् । ‘कामदार छान्ने अधिकार हामीसँग हुँदैन । कोरियाबाटै छनोट हुने हो,’ कोरिया शाखाका शाखा अधिकृत कमलराज श्रेष्ठ भन्छन् । भाषा परीक्षा उत्तीर्ण हुँदैमा कोरिया जान पाइन्छ भनेर ढुक्क नहुन शाखाको अनुरोध छ । 

मागभन्दा बढी उत्तीर्ण गराएर दुई वर्षसम्म झुलाएर राख्दा जान नपाउनेहरुको समय यसै खेर जाने देखिन्छ । त्यसैले भाषा परीक्षा उत्तीर्ण गरेपछि कोरिया जान पाउने सुनिश्चित हुनुपर्ने पीडितहरुको माग छ । तर, दुई देशका सरकारबीच भएको समझदारीमा यही प्रावधान रहेको शाखा अधिकृत श्रेष्ठले बताए । ‘यसमा संशोधन गर्न दुई चोटि पत्राचार भइसकेको छ । तर उताबाट कुनै प्रतिक्रिया आएको छैन,’ उनले भने । 

नेपालबाट सन् २००८ देखि इपिएस प्रणालीमार्फत कोरियामा कामदार पठाउन थालिएको हो । कोरियाले नेपालसहित विभिन्न १७ वटा देशबाट श्रमिक लग्दै आएको छ । हाल दक्षिण कोरियामा वैदेशिक रोजगारी, व्यापार व्यवसाय र अध्ययनको क्षेत्रमा गरी ७० हजारको हाराहारीमा नेपाली रहेको बताइन्छ । थोरै लागतमा जान सकिने, पारदर्शी प्रक्रिया, आकर्षक तलब, सुरक्षित काम गर्ने वातावरण, श्रमको सम्मान गर्ने संस्कारलगायत कारणले कोरियामा श्रमिकहरुको आकर्षण बढ्दो छ । पछिल्लो समय दक्षिण कोरियाले पनि नेपाली कामदारलाई प्राथमिकता दिँदै कोटा बढाएको थियो ।
 


प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती आइतबार, चैत १५, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP