Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम स्वीकृतिको बाध्यताले योगदानकर्ता बढे तर नियमित छैनन्
सामाजिक सुरक्षा कोष श्रम स्वीकृतिको बाध्यताले योगदानकर्ता बढे तर नियमित छैनन्
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २१, २०८१
  • वैदेशिक रोजगारतर्फको योगदानकर्ता साढे १३ लाख पुग्यो
  •  कूल योगदानकर्तामध्ये वैदेशिक रोजगारको हिस्सा ७० प्रतिशतभन्दा बढी
  •   नियमित योगदान गर्नेको संख्या करिब एक लाखमा सीमित
  •   नीतिगत सुधार गरेर नियमित गराउने तयारीमा श्रम मन्त्रालय
  •  एनआरएनएसँग सहकार्य गर्ने श्रममन्त्री शरतसिंह भण्डारीको प्रतिबद्धता


काठमाडौं– वैदेशिक रोजगारीमा जाने श्रमिक सामाजिक सुरक्षा कोषमा जोडिने क्रम बढे पनि नियमित योगदानकर्ता न्यून देखिएको छ । विदेशमा रहेका सबै श्रमिकलाई कोषमा जोड्ने सरकारको अभियान पनि तथ्यांकमा कमजोर देखिएको छ । बाध्यतावस कोषमा जोडिने तर नियमित योगदान नगर्नेको संख्या ठूलो हुनु चुनौतीको विषय भएको कोषका अधिकारीहरु बताउँछन् ।सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य कोषमा

आबद्ध गराउन थालेयता करिब साढे १३ लाख श्रमिक जोडिएका छन् । कोषको शुक्रबारसम्मको तथ्यांकअनुसार १३ लाख ४९ हजार ९९८ वैदेशिक रोजगारतर्फका श्रमिक कोषमा आबद्ध भएका छन् । यो संख्या कोषमा जोडिएका कूल योगदानकर्ताको ७० प्रतिशतभन्दा बढी हो । तथ्यांकअनुसार शुक्रबारसम्म कोषमा आबद्ध कूल योगदानकर्ताको संख्या १९ लाख तीन हजार ३७४ पुगेको छ । यो तथ्यांकले कोषमा वैदेशिक रोजगारतर्फको योगदानकर्ताकै बाहुल्यता रहेको देखाउँछ । 

श्रम स्वीकृति लिँदा अनिवार्य कोषमा आबद्ध हुनुपर्ने व्यवस्था लागू भएसँगै वैदेशिक रोजगारीमा जाने श्रमिक योगदानकर्ताको संख्या ह्वात्तै बढेको हो । सरकारले २०७९ चैत ८ गतेबाट यो व्यवस्था लागू गरेको थियो । यसरी श्रम स्वीकृति लिन कोषमा आबद्ध हुनेको संख्या बढे पनि नियमित योगदान गर्ने कामदार न्यून देखिन्छ । कोषले दिएको जानकारीअनुसार वैदेशिक रोजगारमा गएपछि नियमित योगदान गर्नेको संख्या एक लाख हाराहारीमात्रै छ । 

कोषका गुनासो सुन्ने अधिकारी प्रेमबहादुर महत योगदानकर्ताहरुको अनियमितता फरक–फरक प्रकारको हुने भएकाले यसको यकीन विवरण नभएको बताउँछन् । श्रम स्वीकृति लिँदा आबद्ध हुनेबाहेक विदेशबाट स्वेच्छिकरुपमा कोषमा जोडिएकाको संख्या करिब पाँच हजारमात्रै रहेको उनले जानकारी दिए । 

Hardik health

किन नियमित छैनन् योगदानकर्ता
कोषका अनुसार नियमित योगदानकर्ताको संख्या कम हुनुको पछाडि विभिन्न कारणहरु छन् । हाल वैदेशिक रोगजारीका लागि वैधानिकरुपमा विश्वका १११ देशमा जान सकिन्छ । तर रोजगारीको ठूलो हिस्सा खाडी मुलुकले धानेको छ । कोषका गुनासो सुन्ने अधिकारी महतका अनुसार यी मुलुकमा जाने अधिकांश युवाहरु प्रविधिमैत्री हुन नसकेका कारण कोषमा नियमित गराउन चुनौती बनेको छ ।

कोषमा आबद्ध हुन अनलाइन फाराम भर्नुपर्ने र योगदान रकम पनि अनलाइनमार्फत जम्मा गर्नुपर्ने भएकाले मोबाइल एप्स राम्रोसँग प्रयोग गर्न नसक्नेहरुलाई समस्या पर्ने गरेको उनको भनाइ छ । पछिल्लो समय सरकारले यसलाई बाध्यकारी बनाएको त छ तर यसमा आबद्ध किन हुने भन्ने कुरा बुझाउन नसक्दा यसलाई झन्झटका रुपमा लिनेहरु पनि छन् । यसबाट भविष्यमा हुने फाइदा के हो भन्ने थाहा नहुँदा कोषमा आबद्ध भएका १२ लाखभन्दा बढीले नियमित योगदान गरेका छैनन् । त्यस्तै, नियम कानुनले यसको नियमन गर्न नसक्दा अनियमित हुनेको संख्या बढ्न पुगेको महतले बताए । 

कोषलाई प्रभावकारी बनाउन सुधारको तयारी
कोषमा नियमित योगदानकर्ता न्यून हुँदा यसको प्रभावकारितामाथि नै प्रश्न उठ्न थालेको छ । यसैकारण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसमा आवश्यक सुधारका लागि काम गरिरहेको जनाएको छ । ‘सम्पूर्ण सेवालाई डिजटलाइज्ड गरिएको छ । यसका उपयोगिताका विषयमा भिडियो कन्टेन्टहरु तयार गरेर आम नागरिकसम्म पु¥याउने, साथसाथै कानुनको आवश्यक संशोधन गर्ने काम भइरहेको छ,’ महतले भने । यद्यपि, पर्याप्त बजेट नहुँदा विभिन्न देशमा पुगेर यसको उपयोगिताका विषयमा कार्यक्रमहरु गर्न भने नसकिएको उनी स्वीकार्छन् ।

एनआरएनएसँग सहकार्य गर्ने श्रममन्त्रीको प्रतिबद्धता  
यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीले वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन गैरआवासीय नेपाली संघसँंग संयुक्त कार्यक्रम तय गर्न श्रममन्त्री शरतसिंह भण्डारीसँग आग्रह गरेका छन् । मन्त्री भण्डारीसँग शुक्रबार भएको भेटमा उनले उक्त प्रस्ताव गरेका हुन् ।जवाफमा मन्त्री भण्डारीले बढीभन्दा बढी श्रमिक तथा स्वरोजगारकर्तालाई कोषमा आबद्ध गराउन सरकारले परिमार्जनसहितको योजना बनाइरहेको बताए । त्यसमा एनआरएनएसँग पनि सहकार्य गर्ने उनले प्रतिबद्धता जनाए ।

सुरक्षा कोषका के–के छन् फाइदा ?
कोष श्रमिककै हक हितका लागि स्थापना गरिएकाले, यसमा आबद्ध हुँदा श्रमिकहरुले धेरै फाइदा लिन सक्छन् । योगदान रकमबाट उनीहरूले दुर्घटना तथा अशक्तता सुविधा तथा वृद्धअवस्था सुरक्षा योजनामा सहभागी हुन पाउँछन् । यदि यस्ता श्रमिकको मृत्यु भएको अवस्थामा आश्रित परिवारलाई पनि कोषले सुविधा उपलब्ध गराउँछ ।योगदान रकमको ७.४८ प्रतिशत रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा जम्मा हुन्छ । त्यस्तै वृद्धावस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत रकम जम्मा हुने व्यवस्था छ । यो सुविधा पाउन घटना घटेको मितिभन्दा अघिको १२ महिनामा कम्तीमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने प्रावधान छ । त्यस्तै, वृद्धावस्था सुरक्षा सुविधा प्राप्त गर्न भने योगदानकर्ताले वैदेशिक रोजगारी अन्त्य गरी नेपाल फर्किएको हुनुपर्छ ।

कोषमा हरेक महिना न्यूनतम दुई हजार दुई रुपैयाँ जम्मा गर्नुपर्छ । एकैपटक सात महिना वा सोभन्दा बढीको रकम जम्मा गरे १० प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको कोषले जनाएको छ । रकम जम्मा गर्न अनलाइन भुक्तानी च्यानलहरु कनेक्ट आइपिएस, खल्ती, इसेवा, फोनपेलगायत माध्यम प्रयोग गर्न सकिने पनि जानकारी दिइएको छ ।

नियमित योगदान नगरे के हुन्छ ?
कोषमा नियमित योगदान नभए सुविधाबाट वञ्चित हुने कोषले जानकारी दिएको छ । कोषअन्तर्गतका विभिन्न योजनामध्ये स्वास्थ्यसम्बन्धी सेवा पाउनका लागि पछिल्लो छ महिनाको रेकर्डमा तीन महिनाको योगदान गरेको भए पुग्छ । तर दुर्घटना, आश्रित परिवार कोषलगायतको सुविधा पाउन प्रत्येक महिना नियमितरुपमा जम्मा गरेको हुनुपर्ने कोषका गुनासो सुन्ने अधिकारी महतले बताए ।
 


प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती आइतबार, चैत १५, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP