Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
विचार
  • Home
  • विचार
  • राजनीतिमा जाग्दै आदिवासी जनजाति महिला
राजनीतिमा जाग्दै आदिवासी जनजाति महिला
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १५, २०८१

कुनै पनि परिवर्तनको मूल आधार भनेको राजनीतिक चेत र अभ्यास हो । राज्यको पहुँचसम्म महिला पुग्नका लागि राजनीतिक नेतृत्वमा आएर मात्रै सम्भव छ । नेपाली समाज विविधताले भरिएको समाज हो । यहाँ थुप्रै जातीय, भेगीय, वर्गीय अवस्थाका महिला छन् । यसमा ब्राह्मण, दलित, जनजाति, मधेशी, मुस्लिमलगायत समुदायका महिलाहरु छन् । यी सबैको पृष्ठभूमि र भोगाइ फरक छ । यसमा पनि आदिवासी जनजाति महिलाहरुको स्थिति भने सामाजिक र आर्थिक हिसाबले अलि भिन्न छ । सीमान्तकृत समुदायमा पर्ने दलित, मुस्लिम, मधेशी महिलाको स्थिति निकै नाजुक छ । 

आदिवासी जनजाति महिला घर, परिवारभित्र जति शक्तिशाली छन्, त्यति राजनीतिक तहमा कम छन् । यसको मूल कारण राज्यले नै आदिवासी जनजाति महिलालाई पहुँचसम्म पुग्न बञ्चितीकरण गरेर हो भन्ने हाम्रो बुझाइ छ । यद्यपि महिलाहरुले राज्य निर्माणका हरेक चरणमा उत्तिकै उत्साहजनक सहभागिता जाउँदै आएको इतिहास छ । आदिवासी जनजाति महिला नेतृत्वले राजनीतिमा सशक्त भूमिका निर्वाह गर्न के कस्ता रणनीति बनाउने ? यसै सन्दर्भमा पहिलोपटक एमालेको लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घद्वारा आयोजित आदिवासी जनजाति महिलाहरुको प्रथम राष्ट्रिय भेला गत मङ्सिरको अन्तिम साता सम्पन्न भएको छ । 

भेलामा राजनीतिमा कसरी अब्बल बन्ने ? आफ्नो जिम्मेवारी कुशलताका साथ कसरी सम्पादन गर्ने ? लगायत नेतृत्व क्षमता विस्तारका विषयमा प्रशिक्षण दिएको थियो । भेलामा ३७ जिल्लाका एमाले आबद्ध आदिवासी जनजाति महिला अगुवा नेत्रीहरुको सहभागिता रहेको थियो । पहिलो भेलामा नै उत्साहित सहभागिता जुटाउनु आफैँमा उपलब्धि मान्नुपर्छ । राजनीतिमा लागेका महिलालाई आफ्नो स्थान, पहिचान, पद प्राप्तिका लागि दक्ष बनाउनु नै मूल प्रशिक्षण थियो । अब आफ्नो पद आफैँ माग्न सिक, बोल्न थाल है भनेर सिकाउनु नै प्रशिक्षणको मूल ध्येय हो । भेलामा मधेश र हिमाली क्षेत्रका महिलाको उपस्थिति त्यति उत्साहजनक नहुनुलाई हाम्रो सामाजिक परिवेशलाई प्रस्ट्याउँछ । 

मुलुकको झण्डै ३५ प्रतिशत जनसङ्ख्या ओगटेको आदिवासी जनजाति समुदायले भोग्नुपर्ने समस्या राजनीतिक कारणबाटै सुरु भएका हुन् । तिनको समाधान पनि राजनीतिक हिसाबले नै आदिवासी जनजातिलगायत सम्पूर्ण श्रमजीवी जनताका लागि जबसम्म न्याय र समानतासहितको वैचारिक नेतृत्वको राज्य व्यवस्थाको स्थापना गर्न सक्दैन, तबसम्म समस्याहरुको समाधानको ढोका खुल्दैन । यसका लागि सर्वप्रथम देशमा राजनीतिक स्थायित्वको आवश्यकता पर्दछ । 

Hardik health

भावी कार्यदिशा 
भेलाले आदिवासी जनजाति महिलाहरुको भावी कार्यदिशासमेत निर्धारण गरेको छ । परियोजनाहरु सञ्चालन गर्दा जलवायु परिवर्तन, रेड, आइएलओ १६९ र युएनडिआरआइपीको प्रावधानअनुरुप आदिवासी जनजाति महिलाहरुको हित अनुकूल हुने, उनीहरुका परम्परागत पेसा, व्यवसाय, ज्ञान, सीप र प्रविधिहरुलाई प्रवद्र्धन गर्ने गरी सञ्चालन गर्न चेतना तथा क्षमता अभिवृद्धि गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने हुन्छ । 

आदिवासी जनजाति महिलाहरुको नेतृत्व विकासका लागि राजनीतिक चेतना जागरण, प्रशिक्षण र विशेष अभियानहरु सञ्चालन गर्ने, आदिवासी जनजाति महिलाहरुका असल प्रथाजनित कानुन र अभ्यासहरु, परम्परागत ज्ञान, सीप, प्रविधि र ज्ञान पद्धतिहरुको संवद्र्धन, समयानुकूल विकास र पुस्तान्तरणका लागि विशेष योजना बनाई कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

यसैगरी, व्यवसाय सञ्चालन र विकास गर्ने सन्दर्भमा राज्यले प्रदान गर्ने अनुदान, सहुलियतपूर्ण कर्जा, औजार, उपकरण, मेसिनरी प्रविधि तथा तालिम क्षमता विकाससम्बन्धी अवसरहरुमा आदिवासी जनजाति महिलाहरुको पहुँच बढाउन आवश्यक छ । आदिवासी जनजातिहरुका परम्परागत ज्ञान सीप र प्रविधिमा आधारित मर्चा, किनिमा, बैदाङ्गी, आम्ची, जडीबुटी सङ्कलन ढाका, खाँडी, भाङ्ग्रा, केत्तेन, पाङदेन, राडीपाखी, गलैँचा उत्पादनलगायत घरेलु तथा लघुउद्योगहरुको जगेर्ना र आधुनिकीकरण गर्दै उनीहरुको आर्थिक समृद्धिको आधारशिलाका रुपमा विकास गर्न विशेष प्राथमिकता साथ कार्य गर्नुपर्छ । उनीहरुका भाषा, लिपि संरक्षणका लागि समुदायगत रुपले समस्याहरुको पहिचान गरी समाधान गर्न सङ्गठन, पार्टी र राज्यको तहबाट उचित पहल हुन आवश्यक छ । 

आदिवासी महिलाको सामाजिक अवस्था 
राष्ट्रिय जनगणना २०७८ मा ७० वटा आदिवासी जनजाति समावेश भएका छन् । आदिवासी जनजातिको कुल जनसङ्ख्याको एक करोड एक लाख ९३ हजार नौ सय पाँच अर्थात् ५१.६६ प्रतिशत महिला छन्भने ४८.३४ प्रतिशत पुरुष छन् । जनसङ्ख्याको हिसाबले पनि आदिवासी जनजाति महिलाले आधा आकास ढाकेको छ । तर राज्यको पहुँचमा हेर्ने हो भने उनीहरु औँलामा गन्न सकिनेछन् । आदिवासी जनजाति महिलाको पारिवारिक, सामाजिक र आर्थिक पृष्ठभूमि पनि अन्य महिलाको तुलनामा माथि नै छ । अन्य समुदायमा जस्तो आदिवासी जनजातिको घरभित्र मातृसत्ता नै बलियो छ । 

यसैगरी, घरभित्रको अधिकार प्राप्तिमा जनजाति महिला अब्बल छन् । राजनीतिमा त्यसको विपरीत दृश्य छ । यसो हुनुमा राजनीतिमा आउन असक्षम भएर होइन, अवसर नै नदिएर हो भन्न सकिन्छ । राज्यको पहुँचमा पुग्न राजनीति नगरी हुँदैन । यो चेतना आदिवासी जनजाति महिलाले मनन गर्नुपर्छ । राजनीतिक चेतको अभावले पनि जनजाति महिला राजनीतिको मूलधारमा आउन कठिन भएको हो । नेपाल कम्युनिष्ट पार्टीको पृष्ठभूमि हेर्ने हो पनि जनजातिका साथमा पार्टी सधँै रहेको छ । २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना हुँदा पनि यसको संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ हुनुहुन्थ्यो । 

खासगरी २०६२÷६३ सालको जनआन्दोलले ल्याएको परिवर्तनमा महिला राजनीतिमा उदाएका छन् । पार्टीभित्र हाल २७ प्रतिशत महिला सदस्य छन्, जसमध्ये १७ प्रतिशत आदिवासी जनजाति महिला छन् । कुनै बेला घरकै तालाचाबी सम्हालेर खुसी हुने जनजाति महिला अब राजनीतिमा तालाचाबी लिन इच्छुक छन् । यति भनिरहँदा जनजाति महिलाले राजनीतिक पदमा दावा गर्न सक्ने हिम्मत अझै जुटाउन सकेका छैनन् । 

महिलाका लागि राजनीति गर्न त्यति सजिलो छैन । तर राजनीति बिनाउद्देश्य जीवन निरर्थक हुने रहेछ भन्ने पुष्टि भएको छ । पहिचान, आफ्नो अस्थित्व र सेवाभाव यी सबै कुरा राजनीतिकले दिएका उपज हुन् ।  राजनीतिले हरेक समुदाय, भाषा, संस्कृति र परिस्थितिलाई सूत्रबद्ध गर्न सिकाउँदो रहेछ । दुःखमा सङ्घर्ष गर्न र खुसीमा साझेदारी गर्न सिकाउने रहेछ । समग्रमा भन्नुपर्दा राजनीति जीवनको एउटा पूर्ण प्रतिबिम्ब हो भन्न सकिन्छ । सानो स्वार्थको घेराबाट हटेर फराकिलो सोच सिकाउने उपयक्त विषय राजनीति हो । राजनीतिमा महिलाहरुको उपस्थिति अनिवार्य छ ।

(नेपाल कम्युनिष्ट पार्टी (एमाले) की केन्द्रीय सदस्य गुरुङसँग रासस उपसम्पादक मधु शाहीसँग गरिएको कुराकानीमा आधारित) 


प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
थप विचार
बिपीको मेलमिलापको सान्दर्भिकता
बिपीको मेलमिलापको सान्दर्भिकता बिहीबार, पुस १७, २०८२
आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन
आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन बुधबार, पुस १६, २०८२
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार  बुधबार, पुस १६, २०८२
म पनि लड्छु ! होइन उठ्छु ।
म पनि लड्छु ! होइन उठ्छु । मंगलबार, पुस १५, २०८२
गुरुङ समुदायको नयाँ वर्षः तमु ल्होसार
गुरुङ समुदायको नयाँ वर्षः तमु ल्होसार मंगलबार, पुस १५, २०८२
भोजनले मानसिक स्वास्थमा पार्ने प्रभाव
भोजनले मानसिक स्वास्थमा पार्ने प्रभाव सोमबार, पुस १४, २०८२
प्रदेश सरकारलाई बलियो बनाउने आधार
प्रदेश सरकारलाई बलियो बनाउने आधार आइतबार, पुस १३, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP