Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कामदारको स्वास्थ्य परीक्षण ‘सिण्डिकेट’मुक्त बनाउन संघको माग 
कामदारको स्वास्थ्य परीक्षण ‘सिण्डिकेट’मुक्त बनाउन संघको माग 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस १२, २०८१
  • सरकार आफैंले देशैपिच्छेको सिण्डिकेट खडा गर्न प्रोत्साहित गरेको आरोप
  • विभिन्न संस्था तथा व्यक्तिहरुको मिलेमतोमा कानुन नै फेरबदल गरेर सिण्डिकेट लगाइएको संघको दाबी
  • जिटुजी प्रणालीमार्फत पठाउने कामदारको स्वास्थ्य परीक्षण विभिन्न अस्पतालबाट भइरहेकोप्रति आपत्ति

काठमाडौं– नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण प्रणाली ‘सिण्डिकेट’मुक्त बनाउन सरकारसँग माग गरेको छ । संघले बिहीबार पत्रकार सम्मेलन गरी सरकार आफैंले देशैपिच्छेको सिण्डिकेट खडा गर्न प्रोत्साहित गरेको भन्दै त्यस्तो कार्य रोक्न माग गरेको हो । 
हाल सञ्चालनमा रहेका सबै स्वास्थ्य संस्थालाई खुला प्रतिस्पर्धाका आधारमा स्वास्थ्य परीक्षण गराउने वातावरण बनाउनुपर्ने संघको माग छ । ‘नेपाल सरकारअन्तर्गत दर्ता भई हाल सञ्चालनमा रहेका २१२ वटा स्वास्थ्य संस्थालाई समान हक अधिकार र खुला प्रतिस्पर्धा तथा लगानीको सुनिश्चित गर्नुपर्ने अवस्थामा उल्टै देशैपिच्छेको सिण्डिकेट खडा गरी मूल्यमासमेत कार्टेलिङ गर्ने गरी त्यसमध्ये ३६ वटा मलेसिया र १९ वटा स्वास्थ्य संस्थाले गाम्का संस्थाको नाममा काठमाडौं केन्द्रित भएर केन्द्रिकृत प्रणालीमा श्रमिकको पहुँचभन्दा दूर–दराजमा राज्यको नीतिविपरीत सञ्चालित सिण्डिकेटधारी संस्थाहरु तत्काल बन्द गर्नुपर्छ,’ पत्रकार सम्मेलनमा संघका महासचिव कृष्णप्रसाद बजगाईंले भने ।

उनले सिण्डिकेटको स्वरुप परिवर्तन भई बहुरुपी भएकोसमेत बताए । ‘देशको कानुन नै फेरबदल गरेर सिण्डिकेट लगाउन विभिन्न संस्था तथा व्यक्तिहरुको मिलेमतोमा रोजगारदाता मुलुकले नै मेडिकल सेन्टर तोकिदिने प्रवृत्ति बढेको छ,’ संघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । मलेसियालगायत देशले स्वस्थ्य परीक्षण प्रणालीमा सिण्डिकेट अन्त्य गरेको सूचना सरकारको आधिकारिक निकायबाट प्रकाशित गर्नसमेत संघले माग गरेको छ । यसैगरी जिटुजी प्रणालीमार्फत इजरायल, दक्षिण कोरियालगायत मुलुकमा पठाउने कामदारको स्वास्थ्य परीक्षण विभिन्न अस्पतालबाट भइरहेकोप्रति पनि आपत्ति जनाइएको छ ।

यसरी अस्पतालबाट स्वास्थ्य परीक्षण गर्नु सरकार आफैंले बनाएको कानुनविरुद्ध रहेको संघको दाबी छ । सरकारले छुट्टै कानुन बनाई विशेष क्षेत्रको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था अनुसार वैदेशिक रोजगार ऐन २०६४ को दफा ७२ एवं वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ (क) तथा स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि २०७२ को पाँचौं संशोधन मिति २०८० मंसिर १४ बमोजिम सबै स्वास्थ्य संस्था योग्य छन् भनी सूचीकृत तथा नवीकरण गरिसकेको सूचना सार्वजनिक गरिसकेको संघले उल्लेख गरेको छ । 

Hardik health

सिण्डिकेटले पछिल्लो १० वर्षमा मलेसियाको स्वास्थ्य परीक्षणबाट नेपाल स्वास्थ्य व्यवसायी महासंघका पदाधिकारीलाई मात्रै फाइदा पुगेको आरोपसमेत संघले लगाएको छ । स्वास्थ्य परीक्षणमा जारी सिण्डिकेटका कारण मलेसियाको श्रमबजार नै खोसिनसक्ने अवस्था सिर्जना भएकोतर्फ संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

संघले गुणस्तरीय सेवाको सुनिश्चितता गर्न वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी व्यवस्था भएको वैदेशिक रोजगार ऐन २०६४ लाई समयसापेक्ष परिमार्जन गनुपर्ने मागसमेत अघि सारेको छ । यसैगरी, सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा एकरुपता कायम हुने स्वास्थ्य परीक्षण प्रतिवेदन तयार गरी सबै देशको स्वास्थ्य परीक्षण सबै स्वास्थ्य संस्थाले गर्न पाउनेगरी एकै किसिमको सफ्टवेयर प्रणाली विकास गरी लागू गर्न माग गरिएको छ । 

वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा बायोमेट्रिक सिस्टमः आइरिसको तत्काल व्यवस्था गर्नुपर्ने, सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य परीक्षण गर्न अनलाइन दर्तामार्फत मात्र गर्न मिल्ने प्रक्रियाको व्यवस्था गर्नुपर्ने, संघीय संरचनाअनुसार सबै श्रमिकको पहुँचमा पुग्ने गरी स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने, सबै देशको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढंगले निर्धारण गरी एकरुपता कायम गर्नुपर्नेलगायतका माग संघले अघि सारेको छ ।


प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी बुधबार, कात्तिक १९, २०८२
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री मंगलबार, कात्तिक १८, २०८२
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा मंगलबार, कात्तिक १८, २०८२
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, कात्तिक १७, २०८२
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता सोमबार, कात्तिक १७, २०८२
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP