Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #सपनाको_चंगा
Search Here
विचार
  • Home
  • विचार
  • घरघडेरी बेचेर आउनुस् यतै
घरघडेरी बेचेर आउनुस् यतै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस ९, २०८१

दक्षिण मोहडा फर्काएर बनाएको घर भएर होला पुसको चिसोमा पनि पारिलो घाम लागिरहेको छ । पश्चिमपट्टिको पारिजातको बोटमा बोलाइरहेको जस्तो भान हुन्छ । पिँढीको पूर्वतर्फ फलैंचामा पल्टिरहेकी छिन् ठूला घरे राम काकाकी अर्धांगिनी ।कोल्टे फेर्न पनि निकै कठिन छ । राम काका उता गोठमा गाई करायो भनेर लामपाटोको डिलमा रहेको तिमिलाको पात टिपेर गाईलाई खुवाउँदै छन् । यता अर्धांगिनी सुनिता अऽइऽया अऽइऽया गरिरहेकी छन् । आँखाभरि आँसु टिलपिल टिलपिल छ । उठ्न नसकेपछि हातको कुमले टाउको यसो उठाएर राम काकालाई हेर्छिन् । कपाल सेतै फुलेका रामका झुस्स परेको दाह्री कन्हाउँदै गाईलाई स्याहार गर्दै छन् । 

बूढाको काम देखेर सुनिता कार्की सुँक्क–सुँक्क गर्दै छिन् । ‘कठैबरा, उठ्नसक्ने भए पनि त म आफैं गर्थे नि ।’ एकछिन् भक्कान्निछिन् । उनको आँखाबाट बलिन्द्र धारा आँसु उनै भगवान्लेबाहेक कसैले देखेको छैन । फाटेको कमिज सुरुवाल लगाएका राम काका नांगो खुट्टा बारीको कान्लाबाट आँगनमा उक्लिन्छन् । आँगनको डिलबाट फलैंचामा पल्टिरहेकी प्राणप्यारी अर्धांगिनी सुनितालाई हेर्छन् ।

आँखा चिम्म गरेर मनमा अनगिन्ती कुरा खेलाइरहेकी छिन् सुनिता । ‘बाह्र छोरा तेह्र नाति, बूढा धोक्रो काँधै माथि’ । चार–चार जना छोराछोरी भएर पनि कोही नभएको टुहुरो बन्न परेको छ । सुनिताको आँखा चिम्म गरेकाले राम काका अलि डराउँछन्, दौडेर आउँछन् । पूर्वतर्फ सिरानी राखेकी सुतिरहेकी सुनिताको नाडी छाम्छन्, धिमधिम चलिरहेको छ । उनी आँखा उर्घाछिन् । ‘ओइ के भो तँलाई ?’ निकै भावुक भएर अर्धांगिनीलाई सोध्छन् । आँसु लुकाउन खोज्छिन्, ‘केही भएको छैन, गाईले घाँस पाए’ । तपाईंले के खानु भो ?’ सुनिताले उल्टै प्रश्न गर्छिन् । 

अँऽ । ‘त्यही लामपाटोको डिलबाट तिमिलोको पात ल्याएर गाईलाई हाल्दिएँ । तँलाई भोक लाग्यो होला ?’ राम काका सुनितालाई सोध्छन् । स्वर अलि निकाल्न खोजेजस्तै गरी सुनिता भन्छिन्, ‘छैन छैन मलाई भोक छैन, बरु तपाईंले बिहानदेखि केही खानु भाको छैन, केही खानुस् ।’‘म त सकिहाल्छु नि, भोक लागेपछि बनाएर खान्छु । बरू भन्न तँलाई के खान मन लागेको छ ?’ काका सिरानी मिलाउन खोज्छन् । ‘ल हेर सिरानी पुरै भिजे छ । जति भने पनि नलाग्ने है तँलाई । म यताउता लाग्यो कि आँसु झारिहाल्नुपर्ने ? अब हामीले मात्र सम्झेर हुन्छ ? ऊ बेला खाइनखाई दुःख गरेर पढायो लेखायो सक्षम बनायो अब अहिले हामीलाई नै वास्ता गर्दैन त के गर्ने, हाम्रो भाग्य नै खोटो भएपछि !’ 

Hardik health

बूढाको कुरा सुनेर सुनिता अझै दुःख मनाउ गर्छिन्, ‘खै अब त मेरो कति दिन होला र छोराछोरी किन यस्तो गरेका होलान् ? अब त तपाईं पनि एक्लै पर्नुहुन्छ । ‘सुनिता घ्वाँऽ घ्वाँ घुर्छिन् । आफ्नी बिरामी अर्धांगिनीको रुवाईले राम काकाको मन के थामिन्थ्यो र ? जति नै कष्ट सहेर पनि छोरा मान्छेले आँसु भित्रै दबाएर राख्नुपर्छ आँसु देखाउन हुँदैन भन्ने संस्कारबाट हुर्के पनि राम काकाले आँसु थाम्न सकेनन् । उनका पनि आँखाबाट आँसुका भेल बग्न थाले । ‘नरो न के, तँलाई केही हुँदैन ।’ सुनिताको आँसु पुछिदिन्छन् । जगडोलको डाँडापारि घाम डुब्दै गरेजस्तो गरी चिसो हावा आउँछ । 

सुनिताको कुराले राम काकालाई असह्य पीडा हुन्छ । गाउँ रित्तिँदै गइरहेका बेला आफ्नो अर्धांगिनीको वचनमा उनी डुब्छन् । साँच्चै केही पो भइहाल्ने हो कि ? कतै म एक्लो पो हुने हो कि ? काका सम्हालिन खोज्छन्, तर मन कहाँ सम्हालिन्छ र । काकाको आँसुले भेल रोकिँदैन । बूढा रोएको देखेर सुनिता उठ्न खोज्छिन् तर सक्दिनन् । ‘बूढा जेसुकै होस् रिसाए पनि रिसाउन्, मैले १० महिना कोखमा राखेर जन्माएकी हुँ । अब अन्तिम एकपटक चारैजनालाई फोन गर्दिनू न ।’ मलिन स्वरमा सुनिता राम काकालाई भन्छिन् ।

राम काका फोन गर्न चाहिरहेका छैनन् । सायद राम काकाले पटक–पटक फोन गरेर छोराछोरीबाट हारिसकेका छन् । एउटा हातले आफ्नो आँसु पुछ्दै अर्को हातले सुनिताको आँसु पुछिदिन्छन् । कमिजको खल्तीबाट फोन निकाल्छन् यो चाहिँ अन्तिमपटक हो नि मैले गर्ने फोन ? श्रीमतीलाई घुर्काएजस्तो पनि गर्छन् । राम काकाले जापानमा रहेकी जेठी छोरीलाई भिडियो कल गर्छन् । छोरीले फोन उठाउँछिन् । राम काका खुसी हुन्छन् छोरीले बोल्ने भई । तर छोरीले कर्कसो स्वरमा भन्छिन्, ‘कत्तिपटक भनिसकें जुनबेला पायो त्यही बेला फोन नगर्नू भनेर, म काममा छु भरे राति कल गर्छु’ फोन काटिदिन्छे । 

काकाको अनुहारमा भएको चमक फुस्रो हुन्छ । अस्ट्रेलियामा भएको जेठो छोरालाई गर्छन् । छोराले फोन उठाउँछ र भन्छ, ‘अँ भन्नुस् त !’राम काका भन्छन्, ‘हेर न, तेरी आमा अन्तिम अवस्थामा जस्तै भएकी छे, एकपटक आमाका लागि भए पनि घर आउँथिस् कि भनेर फोन गरेको हुँ ।’ उताबाट छोरो भन्छ, ‘तपाईं पनि कस्तो केटाकेटीको जस्तो कुरा गर्नुहुन्छ ? अस्ट्रेलियाबाट भन्नेबित्तिकै घर आउन पाइन्छ र भन्या ? मलाई फुर्सद छैन, बुहारीको पनि बिदा मिल्दैन । उता क्यानडा फोन गर्नु रवि भाइलाई’ । मैले के कति पैसा पठाउनुपर्ने हो पठाइदिउँला ।’ उसले पनि फोन राखिदिन्छ । 

राम काका क्यानडामा भएको कान्छा छोरालाई भिडियो गर्छन् । कान्छो छोरो रविले फोन उठाउँछ । ‘के छ बाबु तेरो त्यताको खबर ?,’ राम काका सोध्छन् । ठीकै छ यता त अनि त्यता के छ ? आमाको अवस्था ? छोरोले सोध्छ । ‘हेर्न बाबु, आमाले अन्तिमपटक फोन गर्नु भनेर गरें । रोगले च्याप्दै लिएर गएको छ । उता दिदीहरुले पनि फोन काटिदिए काममा बिजी भन्दै । तेरो दाजुले पनि फुर्सद छैन, बुहारीको बिदा मिल्दैन भन्दै आउने कुरा नै गरेन । घरमा म एक्लो बूढो । तँ कान्छो आमाको प्यारोजस्तै होस् क्यार । अब एकपटक आमाको मुख हेर्न आउँथिस् कि भनेर फोन गर्ने आँट गरें’ राम काकाले विनम्रपूर्वक भने ।

सुनिता बाबुछोराछोरीको कुरा सुनिरहेकी छन् । विचरा बोल्न सक्ने अवस्था मै छैनन् । जिन्दगीको अन्तिमजस्तै भान गरेकी छन् । उता कान्छो छोरा एकछिन केही नबोली जवाफ दिन्छ । ‘बा आमाको मुख हेर्न आउन त मन थियो नि, के गर्नु परदेशको ठाउँ के मिल्दैन । म आएर मात्र पनि आमालाई निको हुने होइन । बरु कति पैसा चाहिने हो भन्नुहोला म पठाइदिन्छु । आमाको सास रहुञ्जेल बस्नुहोला । अनि अन्तिम संस्कार गरेर एक्लै नबस्नुहोला, घरघडेरी सबै बेचेर आउनुस् यतै ।’

छोराको कुरा सुनेर राम काका छाँगाबाट खसेजस्तै हुन्छ । बूढाको फोन हातबाट खस्छ । बूढीको टाउको उठाएर आफ्नो छातीमा टाँस्छन् अनि भक्कानो छाडेर रुन्छन् । ‘बाउआमाको मन छोराछोरीमाथि छोराछोरीको ढुंगामुढा माथि’ भन्थे सायद यही नै होला ।
 


प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP