Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #विप्रेषण
  • #वार्षिक साधारणसभा
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #नाफिज
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कूल २६ हजार ७२ जना परीक्षामा सहभागी भएकामा तीन हजार १२६ जनामात्र सफल
कूल २६ हजार ७२ जना परीक्षामा सहभागी भएकामा तीन हजार १२६ जनामात्र सफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस ८, २०८१

काठमाडौं– दक्षिण कोरियामा रोजगारीका लागि कामदार पठाउन लिइएको कोरियन भाषा परीक्षामा १२ प्रतिशतमात्र उत्तीर्ण भएका छन् । कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी) ले गत मंसिर २६ देखि पुस २ गतेसम्म लिएको पहिलो चरणको भाषा परीक्षाको नतिजा शनिबार सार्वजनिक गरिको हो । यो म्यानुफ्याक्चरिङ समूहतर्फ कामदार लैजान लिइएको परीक्षाको नतिजा हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको इपिएस कोरिया शाखाले जारी गरेको सूचनाअनुसार कूल २६ हजार ७२ जना परीक्षामा सहभागी भएकामा तीन हजार १२६ जनामात्र उत्तीर्ण भएका हुन् । परीक्षाका लागि ३६ हजार १७९ जनाको आवेदन परे पनि ७२.१ प्रतिशत अर्थात् २६ हजार ७२ जना सहभागी भएका थिए ।

नेपालको श्रम मन्त्रालय र गणतन्त्र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारीपत्रअन्तर्गत नेपाली कामदार लैजान कोरियन भाषा परीक्षा सञ्चालन गरिएको इपिएस कोरिया शाखाले जनाएको छ । कोरिया नेपालीहरुको आकर्षक रोजगार गन्तव्यको रुपमा रहेको छ । दुई सरकारबीच भएको जिटुजी सम्झौताअनुसार त्यहाँ नेपाल सरकार आफैंले कामदार पठाउँदै आएको छ । निःशुल्क जान पाइने र आकर्षक कमाइ हुने भएकाले कोरिया जान लाखौं नेपाली युवाहरु प्रयासरत रहेका छन् । यद्यपि, सीमित कोटामा पर्न वर्षौं प्रयास गर्दा पनि अधिकांश असफल हुने गरेका छन् ।

Hardik health

भाषा परीक्षा उत्तीर्ण हुनेबित्तिकै रोजगारी सुनिश्चित भने नहुने इपिएस शाखाका अधिकारीहरु बताउँछन् । ती अधिकारीका अनुसार भाषा परीक्षा भएकाले अब दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टमा सहभागी हुनुपर्छ । यी दुवै टेस्टमा उत्तीर्ण भएपछि बल्ल रोस्टरमा पर्न योग्य हुन्छन् । रोस्टरमा परेकाबाट पनि छनोटमा परेका कामदार मात्र कोरिया जान पाउँछन् । रोस्टरमा रहेका नामावली सूचीबाट कोरियास्थित सम्बन्धित कम्पनीले नै कामदार छनोट गरी पठाउने गर्दछ । त्यसरी छनोट भएपछि मात्र भिसा प्रक्रिया पूरा गरी कोरिया जाने गर्दछन् । 

‘आकर्षक कमाइ हुने र सरकारीस्तरबाट जान पाउने भएपछि सुरक्षित हुने भएकाले कोरिया जाने सपना बोकेका युवाहरु लाखौं संख्यामा छन्,’ इपिएस शाखाका ती अधिकारीले भने, ‘तर, सीमित कोटाका कारण सबैले अवसर पाउँदैनन् ।’ यद्यपि, दक्षिण कोरियाली सरकारले पछिल्लो समय नेपाली कामदारका लागि कोटा बढाएको छ ।  मुलुकमा रोजगारीको अवसर नहुँदा दैनिक करिब दुई हजार युवा विदेसिने गरेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । यसरी विदेसिने युवाहरुले पठाउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धान्ने काम गरेको छ । मुलुकमा विदेशी मुद्रा भित्र्याउन योगदान गरिरहेको वैदेशिक रोजगारलाई सकारात्मक रुपमा लिनुपर्ने तर यसैका कारण गाउँ रित्तिँदै जानु चिन्ताको विषय भएको सरोकारवालाहरु बताउँछन् । 

 


प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १०:१०
#कोरियन_भाषा_परीक्षा
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर २२, २०८२
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा सोमबार, मंसिर २२, २०८२
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति आइतबार, मंसिर २१, २०८२
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी शुक्रबार, मंसिर १९, २०८२
घरेलु कामदारका रूपमा विदेशिने महिला हिंसाको सिकार
घरेलु कामदारका रूपमा विदेशिने महिला हिंसाको सिकार बिहीबार, मंसिर १८, २०८२
पोर्चुगलको मदेइरामा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको मदेइरामा घुम्ती शिविर सञ्चालन हुने बुधबार, मंसिर १७, २०८२
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए मंगलबार, मंसिर १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP