Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कूल २६ हजार ७२ जना परीक्षामा सहभागी भएकामा तीन हजार १२६ जनामात्र सफल
कूल २६ हजार ७२ जना परीक्षामा सहभागी भएकामा तीन हजार १२६ जनामात्र सफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस ८, २०८१

काठमाडौं– दक्षिण कोरियामा रोजगारीका लागि कामदार पठाउन लिइएको कोरियन भाषा परीक्षामा १२ प्रतिशतमात्र उत्तीर्ण भएका छन् । कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी) ले गत मंसिर २६ देखि पुस २ गतेसम्म लिएको पहिलो चरणको भाषा परीक्षाको नतिजा शनिबार सार्वजनिक गरिको हो । यो म्यानुफ्याक्चरिङ समूहतर्फ कामदार लैजान लिइएको परीक्षाको नतिजा हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको इपिएस कोरिया शाखाले जारी गरेको सूचनाअनुसार कूल २६ हजार ७२ जना परीक्षामा सहभागी भएकामा तीन हजार १२६ जनामात्र उत्तीर्ण भएका हुन् । परीक्षाका लागि ३६ हजार १७९ जनाको आवेदन परे पनि ७२.१ प्रतिशत अर्थात् २६ हजार ७२ जना सहभागी भएका थिए ।

नेपालको श्रम मन्त्रालय र गणतन्त्र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारीपत्रअन्तर्गत नेपाली कामदार लैजान कोरियन भाषा परीक्षा सञ्चालन गरिएको इपिएस कोरिया शाखाले जनाएको छ । कोरिया नेपालीहरुको आकर्षक रोजगार गन्तव्यको रुपमा रहेको छ । दुई सरकारबीच भएको जिटुजी सम्झौताअनुसार त्यहाँ नेपाल सरकार आफैंले कामदार पठाउँदै आएको छ । निःशुल्क जान पाइने र आकर्षक कमाइ हुने भएकाले कोरिया जान लाखौं नेपाली युवाहरु प्रयासरत रहेका छन् । यद्यपि, सीमित कोटामा पर्न वर्षौं प्रयास गर्दा पनि अधिकांश असफल हुने गरेका छन् ।

Hardik health

भाषा परीक्षा उत्तीर्ण हुनेबित्तिकै रोजगारी सुनिश्चित भने नहुने इपिएस शाखाका अधिकारीहरु बताउँछन् । ती अधिकारीका अनुसार भाषा परीक्षा भएकाले अब दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टमा सहभागी हुनुपर्छ । यी दुवै टेस्टमा उत्तीर्ण भएपछि बल्ल रोस्टरमा पर्न योग्य हुन्छन् । रोस्टरमा परेकाबाट पनि छनोटमा परेका कामदार मात्र कोरिया जान पाउँछन् । रोस्टरमा रहेका नामावली सूचीबाट कोरियास्थित सम्बन्धित कम्पनीले नै कामदार छनोट गरी पठाउने गर्दछ । त्यसरी छनोट भएपछि मात्र भिसा प्रक्रिया पूरा गरी कोरिया जाने गर्दछन् । 

‘आकर्षक कमाइ हुने र सरकारीस्तरबाट जान पाउने भएपछि सुरक्षित हुने भएकाले कोरिया जाने सपना बोकेका युवाहरु लाखौं संख्यामा छन्,’ इपिएस शाखाका ती अधिकारीले भने, ‘तर, सीमित कोटाका कारण सबैले अवसर पाउँदैनन् ।’ यद्यपि, दक्षिण कोरियाली सरकारले पछिल्लो समय नेपाली कामदारका लागि कोटा बढाएको छ ।  मुलुकमा रोजगारीको अवसर नहुँदा दैनिक करिब दुई हजार युवा विदेसिने गरेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । यसरी विदेसिने युवाहरुले पठाउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धान्ने काम गरेको छ । मुलुकमा विदेशी मुद्रा भित्र्याउन योगदान गरिरहेको वैदेशिक रोजगारलाई सकारात्मक रुपमा लिनुपर्ने तर यसैका कारण गाउँ रित्तिँदै जानु चिन्ताको विषय भएको सरोकारवालाहरु बताउँछन् । 

 


प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १०:१०
#कोरियन_भाषा_परीक्षा
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड बिहीबार, माघ ८, २०८२
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो बिहीबार, माघ ८, २०८२
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ सोमबार, माघ ५, २०८२
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP