Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • दलको झोलामा नारदमुनि !
दलको झोलामा नारदमुनि !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, पुस २, २०८१

पौराणिककालका नारदको जन्म कुनै महिलाविना नै भएको थियो । यिनलाई ब्रह्माबाट जन्माइएको थियो । कलियुगका नारदहरुको जन्म माता पिताबाट नै भएको थियो । तर, यिनीहरुलाई दलले नै जन्माएका थिए । ती नारद ब्रह्माण्डको सबै कुरा थाहा पाउँथे । उनी देवताका मात्र थिएनन् । दानव, दैत्य, नाग, गन्धर्व, मानव सबैका साझा थिए । अहिलेका नारद वल्लो टोल र पल्लो टोलको कुरा पनि थाहा पाउँदैनन् । नाइकेले भने पछि मात्र भाको नभाको थाहा पाउँछन् । 

ऊ बेलाका नारदले शिवलाई अनेक कुरा लगाएर दक्ष प्रजापतिको शिर छेदन गर्न लगाएका थिए । अहिलेका नारदमुनि आफ्नै घरभित्र आगो लगाउन तयार हुन्छन् । ऊ बेलाका नारदमुनिलाई पृथ्वी लोक घुम्ने रहर लागे छ । रात छिप्पिँदै थियो । मंसिर शुक्ल पूर्णिमाका दिन अचानक साँझ नारदमुनि टुँडिखेलको चौरमा फुत्त झरे । उनी यहाँको रमझम देखेर दंग परिरहेका थिए । चिटिक्क परेको व्यक्ति, हातमा गोप्रो बोकेको देखेर काठमाडौंका नारदमुनिले सोधे, ‘तपाईंलाई पहिलोपटक देखें, कहाँबाट आउनुभएको हो ?’

ती नारदमुनिले नेपाली भाषा अलि बुझेनन्, उनले मुण्टो हल्लाए । उनले उनकै लवजमा बोले । यताका नारदले सबै बुझेजस्तो गरे । तर केही बुझेका थिएनन् । भर्खरै पृथ्वी झरेका नारदमुनिलाई लाग्यो, यहाँका नारदहरु सबै संकेतमा पोख्त रहेछन् । मैले यिनको भाषा बुझिनँ तर यिनले मेरो भाषा कसरी बुझे ?नारदमुनि मुसुक्क हाँसे, यताका नारद भने ङिच्च परेर हाँसे । हाम्रा नारद ङिच्च हाँसेको देखेर नारदमुनिलाई शंका लाग्यो । यी पक्कै पनि म जस्तै होइनन् । उनले मुसुक्क हाँस्दै इशारा गरे, कतै पेय पदार्थ पिउन पाए हुन्थ्यो ।

हाम्रा नारद के कम, विदेशी भेटेका । उता ठमेलतिर पुर्याउने विचार गरे । उनले नेपांग्रेजीमा ठामेलऽ ठामेल भन्दिए । विचरा नारदमुनिलाई के थाहा ठामेल ! उसले नि ओकेऽ ओके गर्दियो । ट्याक्सी चढेर ठामेल पुगे । ठमेलको रमझम देखेर नारदमुनि तीनछक्क परे । सडकलाई उनले स्वर्गका अप्सरा कहाँबाट यहाँ आइपुगे छन् भन्ने लाग्यो । उनलाई जाडो लागिरहेको थियो । तर, ठमेलमा अप्सराहरुको अर्धनग्न शरीरमा पनि चिसोको कुनै आभाष थिएन । 

Hardik health

नारदमुनि र नारद क्वलमा छिरे । नारदमुनिलाई केही शंकोच भयो । उनले आफ्नो रुप परिवर्तन गरे । एकै छिन ध्यान गरेजस्तै गरी भाषा बुझ्नेजस्तै भए । यताका नारद मुर्गा पाएकोमा खुसी थिए । एकैछिनको रमझमपछि दुवै खाना खाने भनेर क्लब छाडे । नारदमुनिले नारदलाई आधा नेपाली र आधा अत्तोपत्तो नभएको भाषा मिलाएर सोधे, ‘साँच्चि तिमी के गर्छौ ?’ यताका नारदले भने, ‘म त संगठनमा छु साराका सारा नारदलाई मैले नै चलाउने हो ।’

नारदमुनि दंग परे । सबै नारदलाई ऊ एक्लैले चलाउने रहेछ । भनेपछि पक्कै ठूलै नारद रहेछ । मन मन सोचें । यताका नारदले मित्र नारदमुनिलाई सोधे, ‘अनि तिमीचाहिँ के गर्छौ नि ?’नारदमुनिले भने, ‘म त खासै केही पनि छैन । सानो जिम्मेवारी दिएको छ । स्थलगतरुपमा सत्यतथ्य पत्ता लगाएर जानकारी गराउने । मैले सबैको हेर्नुपर्छ । कहिले यताका कुरा गर्ने कहिले उताका कुरा गर्ने ।’ सानो काम छ । सबैले माया नै गर्छन् । 

उसले पनि उत्साहित मान्दै सोध्यो, ‘तिमी त ठूलो मान्छे रहेछौं, सूचना त निकै आउँछन् होला । हाम्रो जतो गाह्रो पनि छैन होला ? ’नारदले धक्कु लगाउँदै भन्यो । ‘हो नि हामीलाई त्यत्ति गाह्रो छैन तिमेरुको जस्तो । माथिको निर्देशन संगठनलाई आउँछ । त्यहीअनुसार संगठनभित्रका नारदहरुलाई जिम्मा लगाउने । कसलाई कहाँ फाँड्ने एकै चोटीमा सखाप !’नारदमुनि अलमल्ल पर्यो । ‘यस्तो पनि हुन्छ त ? आफैंले सत्यतथ्य खोज्नुपर्ने होइन र ? जोखिम त धेरै होला नि ?’

उसले तुरुन्तै जवाफ फर्कायो । छैन केही जोखिम  । संगठनले सहयोग गरे गरिगो नगरे अर्को संगठनतिर छिरिगो । के सत्य के असत्य । सबैलाई पंगु बनाउने हो । ऊ अझै उत्सुक भयो । ‘त्यसो गर्दा आमनागरिकलाई अन्याय पर्दैन भन्या ? हाम्रो त तटस्थ हुनुपर्छ । हामी त कतै संगठनमा पनि हुँदैनौं । सबैको बराबरी भएर काम गर्छौं ।’ तिम्रोमा संगठनले भनेको मात्र मान्दा कसरी सही सूचना प्राप्त हुन्छ त ? 
नारदले फेरि थप्यो, ‘हाम्रो देशमा त्यस्ता संगठन नभएका त बाँच्नै गाह्रो पो हुन्छ त ? एकदम थोरै छन् । ती पनि टिक्न सक्दैनन अनि विदेसिन्छन् ।’

‘ओहो ! त्यो त राम्रो होइन हो मित्र । हामी नारदमुनिहरुको काम भनेको सबैलाई सही जानकारी दिने हो । को मेरो को तेरो भन्दा पनि दिने त खास कुरो हो नि !’नारद भन्छन्, ‘दिनुपर्ने त खास कुरो नै हो । तर त्यो खास कुरो कसले पो पत्याउँछन र ? हाम्राँ त सबै कुनै न कुनै दलको झोलामा हो । माथिबाट जे आउँछ, त्यही नै स्वीकार गरेर वोक्ने हो ? सत्य तथ्य भन्न थाल्यो पनि त उही हो पारा । मिलुञ्जेल विन्दास मिल्छ छाडेपछि सत्यानाश !’

उसले फेरि सोध्छ,‘तिमीहरुको विचार बलियो हो कि संगठन ? ’यताका नारद फुरुंग हुँदै भन्छन्, के को विचार हुनु नि, संगठन नै हो । पद पनि भागबण्डामा हुने हो । विचार मिलोस् कि नमिलोस् । पद मिले सबै मिल्छ, पद नमिले भित्ता पुर्याउँछ ।’नारदमुनिले कुरो बुझ्दैन । अनि फेरि सोध्छ ‘होइन तिम्रो नेपालको नारदहरु सबै दलबाट परिचालित हुनुुपर्ने हो ? कि के हो ? 

हाम्रो नारद ठमेलको नशामा अलिअलि झ्याप भइसकेका छन् । उनी कुनै धक नमानी उत्तर दिन्छन्, ‘हाम्रा त पार्टीको झोला, झोलामा पनि कुन गुट । गुटमा पनि को व्यक्तिको भन्ने हो नि । दलको झोलाभन्दा बाहिर त मुस्किल हो साथी मुस्किल । हामी त सबै दलको झोलाका नारदमुनि । खेल खत्तम पैसा हजम !
 


प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP