Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
विचार
  • Home
  • विचार
  • आदर्श व्यक्तित्वका नाममा छात्रवृत्ति अभियान
आदर्श व्यक्तित्वका नाममा छात्रवृत्ति अभियान
पदम श्रेष्ठ
पदम श्रेष्ठ बिहीबार, मंसिर २७, २०८१

कुनै एक व्यक्तिका आदर्श पात्रहरु धेरै हुन सक्छन् तर तीमध्ये कति जनाको नाममा उसले पुरस्कार वा छात्रवृत्ति स्थापना गर्लान् ? यो प्रश्नको जवाफ खोज्ने हो भने प्रायः एक जनाले एक वा दुई जनासम्मलाई आदर्श मानेर पुरस्कार/छात्रवृत्ति स्थापना गरिएको सुनिन्छ, देखिन्छ ।

तर, भक्तपुर सुडोलका समाजसेवी प्रेमराज बासुकलाले एकसाथ २५ जनाको नाममा छात्रवृत्ति स्थापना गरेर नौलो अभियान सुरु गरेका छन् । उनले भक्तपुरकै ताथलीस्थित देवी माध्यमिक विद्यालयमा उक्त छात्रवृद्धि स्थापना गरेका हुन् । त्यतिमात्र होइन, आफ्नो जीवनकालभर आफूलाई जो जसले प्रभावित गरिरहन्छ, उनैको नाममा पुरस्कार वा छात्रवृत्ति राख्दै जाने पनि घोषणा गरेका छन् ।

आफूले पढ्न नपाए पनि आफ्ना दाजु स्वर्गीय आशाकाजी बासुकलालगायतका शिक्षासेवीहरुको अथक प्रयासले स्थापित देवी माविको श्रीवृद्धिमा आफ्नो सक्दो योगदान रहने भन्दै समाजसेवी प्रेमराजले विभिन्न क्षेत्रका २५ जना राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यक्तिŒवहरुको नाममा छात्रवृत्ति घोषणा गरेका हुन् । वि.सं. २०२५ मंसिरमा स्थापित देवी मावि शिक्षासेवी बुद्धिकुमार गोसाई, स्व.आशाकाजी बासुकला, वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकला र स्थानीय गुठीयारहरुको प्रयासमा खडा भएको थियो ।

सोही गुणलाई स्मरण गर्दै समाजसेवी प्रेमराज बासुकलामा श्रद्धाचित्त उत्पन्न भएपछि उनीहरुको नाममा छात्रवृत्ति राखिदिएका हुन् । बाजे नन्दलाल बासुकलाको ‘विवाह, ब्रतबन्ध गर्न, भोज खान, गाडी, मोटरसाइकल किन्नका लागि घर जग्गा बेच्नु हुँदैन । खेती किसानीको फसललाई व्यापारमा लगाएर, काम गरेर आएको पैसामात्र चलाउनुपर्छ’ भन्ने अर्तीलाई आत्मसात् गरेको उनी बताउँछन् । यही दाजु र बाजेले दिएको आदर्शको आधारमा तत्कालीन दुर्गम भक्तपुर ताथली गाउँबाट रत्नपार्कमा आई व्यापारबाट कमाए, प्रेमराजले । मैले सस्तोमा सडक छेउ सेन्टरमा घर जग्गा किनेर पसल चलाए । ट्याक्सी, गाडी किने र चलाउन लगाए । गर्दागर्दै कमाएको आम्दानीबाट केही रकम छुट्याएर सीप, शिक्षाको प्रवद्र्धनका लागि प्रोत्साहित गर्दै आइरहेका छछन्, प्रेमराज । 

Hardik health

विद्यालयको ५६औं वर्षगाँठको अवसरमा हालै उनले विभिन्न क्षेत्रका राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यक्तित्वका नाममा छात्रवृत्ति कोष घोषणा गरेका हुन् । आफ्नै कमाईको पैसाले विश्वका आधा संसार घुमिसकेको दाबी गर्दै प्रेमराज भन्छन्– मलाई लाग्यो, नेपाल एकीकरणका सम्वाहक राजा पृथ्वीनारायण शाहले स–साना टुक्रे राजा रजौटालाई एक नबनाएको भए आज हामी नेपाली भन्न पाउँदैन थियौं । अनि नेपाली सिमाना जंगेपिलर खडा गर्ने जंगबहादुर राणा र किसानलाई ‘जसको जोत, उसको पोत’को अधिकार दिई जग्गाको मालिक बनाउने व्यक्तित्व राजा महेन्द्रका साथ आफू शिक्षामन्त्री हुँदा सर्वप्रथम नेपालमा कक्षा ३ सम्म शिक्षा निःशुल्क गर्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा जनही ११ हजार रुपैयाँको छात्रवृत्ति कोष घोषणा गरेँ । स्कुल स्थापनामा स्वीकृति दिएर योगदान पुर्याउने तत्कालीन जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर खत्री, आफ्नै हजुरआमा आशामाया लावाजु, मामा हरिभक्त लावाजुलगायतको सम्मानमा जनही ११ हजार रुपैयाँको कोष घोषणा भएको थियो । 

त्यसैगरी उनले फूपू विकुमाया ह्योगु, केशरीमाया वासुकला लवजु, कान्छी बासुकलाको नाममा पनि कोष घोषणा गर्दा विद्यालय निर्माण कार्यमा ढिस्कोमा पुरिएर सहादत प्राप्त गरेका दाजुद्वय सोही स्कुलका शिक्षक कृष्ण वासुकला र विद्यार्थी संघर्ष बासुकलाको नाममा पनि जनही ११ हजार रुपैयाँ राखिदिए । यसअघि पनि पुख्र्यौली जग्गा नबेचौं अभियानका अभियन्ता प्रेमराजले आफ्नो औकातले भ्याएसम्म भन्दै पिता गोपिलाल वासुकला र मामा शेरबहादुर लावाजुको नाममा जनही ५१–५१ हजार रुपैयाँको विद्यालय कोष घोषणा गरिसकेका थिए ।

जीवनकालभरि नै आफ्नो मनले देखेका विश्वमा प्रभाव छोड्न सफल व्यक्तित्वहरुका नाममा कोष थप्दै जाने प्रतिबद्धता डोहोर्याए । यिनीहरुमध्ये मनले खाएका विश्वविख्यात् अमेरिकी प्रथम राष्ट्रपति जोन अफ केनेडी, भारत स्वतन्त्रताका पिता महात्मा गान्धी, चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको नाममा पनि जनही ११ हजार रुपैयाँको कोष थपिदिएका थिए । आफ्नै बाजेका दाजुभाइ काकाबाजे महन्तनारायण बासुकला, पुनलाल बासुकला, आफ्नो जीवनमा सबैभन्दा पहिलो जुत्ता सिलाइदिने व्यक्तित्व जुनेली सार्की, लुगा सिलाइदिने कान्छा दमाई र शिक्षा गुरु कृष्णलाल दर्शनधारीका नाममा पनि जनही ११ हजार रुपैयाँको विद्यालय कोष खडा गराइदिएका थिए ।

देवी माध्यमिक विद्यालयको बुधबार ५६औं वर्षगाँठ समारोहको अवसरमा प्रेमराज बासुकलाले पुरस्कार छात्रवृत्ति घोषणा गरिरहँदा लाग्थ्यो– मान्छेहरु एक/दुई जनाबाट मात्र होइन कि थुप्रै जनाबाट प्रभावित हुने रहेछन् ।समाजसेवी प्रेमराजको विचारमा एकै व्यक्ति वा विचार सिद्धान्त कसैका लागि आदर्श त कसैका लागि विरोध र प्रतिवाद भइदिन्छ तर मलाई के लाग्छ भने त्यो व्यक्तिभित्र केही न केही छ र त त्यसको समर्थन र विरोध भइरहेको हुन्छ । मूल कुरा कुनै व्यक्तिले हाम्रो जीवनमा सकारात्मक प्रभाव पारेको छ भने उनको नाममा कोष घोषणा हुनैपर्छ भन्ने प्रेमराजको तर्क छ । समाजसेवी बासुकला यसरी विभिन्न व्यक्तित्वहरुको नाममा कोष घोषणा गर्ने क्रममा मैले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको नाममा पनि पुरस्कार छात्रवृत्ति घोषणा गर्ने बताएका छन् । 

अब पुख्र्यौली जमिन नबेच्ने, कृषिलाई व्यावसायिक बनाउने अभियानबाट देशलाई सम्पन्न बनाउनुपर्ने प्रेमराज बताउँछन् । कृषिप्रधान देश नेपालको एउटै मात्र लक्ष्य हुनुपर्दछ, जनतालाई ऐलानी वा सरकारी जग्गामा खेती किसानी गर्न प्रोत्साहित गर्ने र देशभित्र उत्पादित कृषिलाई विदेशसम्म पुर्याउने अभियानमा लाग्ने र लगाउने । त्यस्ता महान किसान र असल व्यापारीका नाममा पनि पुरस्कार छात्रवृत्ति घोषणा गर्दै जाने उनको भनाइ छ । आफूले पढ्न नपाए पनि सबैलाई पढ्नुपर्ने रहेछ भन्ने सन्देश प्रवाह गर्न पनि विद्यालयबाटै पुरस्कार/छात्रवृत्ति राख्दै जाने सोच बनाएको प्रेमराजले प्रस्ट पारे ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप विचार
एमडिजिपी स्वास्थ्य प्रणालीका मेरुदण्ड
एमडिजिपी स्वास्थ्य प्रणालीका मेरुदण्ड बुधबार, मंसिर १७, २०८२
न्यायको खोजीमा भेनेजुएला ! 
न्यायको खोजीमा भेनेजुएला !  मंगलबार, मंसिर १६, २०८२
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ? 
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?  आइतबार, मंसिर १४, २०८२
एनपिएलः कर्णाली टस जितेर ब्याटिङ गर्द
एनपिएलः कर्णाली टस जितेर ब्याटिङ गर्द शुक्रबार, मंसिर १२, २०८२
कीर्तिपुरको न्हेगाँ जात्रा
कीर्तिपुरको न्हेगाँ जात्रा शुक्रबार, मंसिर १२, २०८२
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास मंगलबार, मंसिर ९, २०८२
सुकी हजुर आमाको चिम्से नाति ! 
सुकी हजुर आमाको चिम्से नाति !  मंगलबार, मंसिर ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP