Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जलवायु परिवर्तनले बढाउँदै वैदेशिक रोजगारीमा जाने संख्या
जलवायु परिवर्तनले बढाउँदै वैदेशिक रोजगारीमा जाने संख्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २३, २०८१

काठमाडौं– विश्वव्यापी जलवायु परिवर्तनको असर हरेक क्षेत्रमा बढ्दो छ । एक अध्ययनले देशका युवा जनशक्तिलाई वैदेशिक रोजगारीतर्फ धकेल्ने काममा यसले भूमिका खेलिरहेको देखाएको छ । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागका प्रा.डा. प्रेमसागर चापागाईको नेतृत्वमा नेपाल, भारत, चीन र बंगलादेशका पाँच विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेका अध्ययनले जलवायु परिवर्तनका कारण वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको देखाएको हो ।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर पर्दा उक्त पेसा छाडेर वैदेशिक रोजगारीमा जाने क्रम बढेको प्रतिवेदनमा उल्लेख छ ।दक्षिण एसियाको सामाजिक–सांस्कृतिक र भौगोलिक परिदृश्यमा जलवायु परिवर्तनका लागि घरपरिवारको अनुकूलन क्षमताको मूल्यांकन शीर्षकमा अनुसन्धानकर्ताले तीन वर्ष लगाएर उक्त अध्ययन गरेका थिए । अनुसन्धानकर्ता प्रा.डा. चापागाईले जलवायु परिवर्तनबाट कृषि उत्पादन घटेको, लागत मूल्य बढेको, बालीनालीमा रोग तथा कीराको संक्रमण बढेको, बेमौसमी अधिक वर्षा हावाहुरी र असिनाले बालीनालीमा क्षति पु¥याउँदै गएकाले कृषि पेसा छाड्ने क्रम बढेको बताए ।

‘जलवायु परिवर्तनको प्रभाव र घरपरिवारको अनुकूलन क्षमता र चुनौतीका बारेमा पहिलोपटक गरिएको चार देशीय अनुसन्धान प्रतिवेदनअनुसार किसान श्रमिकको रुपमा विदेसिँदा जमिन बाँझिदै गएको र यसबाट खाद्य सुरक्षामा असन्तुलन देखापरेको छ,’ उनले भने, ‘जलवायु परिवर्तनले तापक्रममा परिवर्तन, वर्षाको ढाँचामा परिवर्तन र खडेरी, बाढी तथा पहिरोजस्ता विषम् मौसमी घटनाको बढ्दो प्रवृत्तिले नेपालमा कृषि उत्पादकत्वमा असर गरिरहेको छ ।’

Hardik health

बढ्दो खडेरी र मनसुनको ढिलाइका कारण बाली लगाउने समय पछाडि सर्दै जाँदा बीउ छर्ने, उम्रिने, फुल्ने र फल लाग्ने प्रक्रियामा असर पारेको र उत्पादकत्व घटेको  प्रतिवेदनमा उल्लेख छ । ‘भारत तथा बंगलादेशमा बाढी तथा डुबान बढेको छ, नदी तटीय कटान भई ठूलो संख्यामा घरपरिवार विस्थापित भएका छन् र खेतीयोग्य जमिन नाश भएको छ । बंगलादेशमा हिउँदमा नदीको गहिराइ कम हुन थालेको छ र नदीका बीचमा बालुवाका टापुहरुको उत्पत्ति भएर माछाको वासस्थानमा नकारात्मक असर परेको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘माछाको प्रजाति र उत्पादन दुवै घट्दै गएकाले मत्स्य व्यवसायमा आबद्ध किसानको जीविकोपार्जनमा चुनौती थपिएको छ ।’

अनुसन्धानमा जलवायु परिवर्तनले जीविकोपार्जनमा ल्याएको संकटासन्नताको अवस्थाका बारेमा दक्षिण एसियाका विभिन्न देशहरुको तुलनात्मक अध्ययन गरिएको छ । ‘जलवायु परिवर्तनको सकारात्मक प्रभाव पनि पाइएको छ । नेपालका हिमाली र पहाडी क्षेत्रका उच्च भूभागमा स्याउ र अन्न उत्पादनमा वृद्धि भएको छ । तर यी क्षेत्रमा खेतीयोग्य भूमि र सिँचाइ सुविधा सीमित हुँदा उत्पादन न्यून छ,’ प्रा.डा. चापागाईले भने । 

यस अनुसन्धानअन्तर्गत नेपाल खण्डको छुट्टै प्रतिवेदन तयार पारिएको छ । नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव, अनुकूलनका चुनौती र उपाय तथा नीतिगत सवाल शीर्षकको नेपाल केन्द्रित प्रतिवेदनमा जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरु भविष्यमा अझ तीव्र हुने प्रक्षेपण गरिएको छ । प्रतिवेदनमा जलवायु परिवर्तनको अवस्था र यसले कृषिमा पारेको प्रभाव, अनुकूलनका उपाय तथा नेपालका विभिन्न भौगोलिक क्षेत्रका किसानको अनुकूलन क्षमतामा प्रभाव पार्ने प्रमुख कारकतŒव र नीतिगत सवाल समेटिएको छ ।
 


प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी बुधबार, कात्तिक १९, २०८२
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री मंगलबार, कात्तिक १८, २०८२
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा मंगलबार, कात्तिक १८, २०८२
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, कात्तिक १७, २०८२
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता सोमबार, कात्तिक १७, २०८२
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP