काठमाडौं - आज सुनको मूल्य प्रतितोला छ सय रूपैँयाले घटेकाे छ ।
सुनको मूल्य आज प्रतितोला रू छ सयले घटेर एक लाख ५० एक सय रूपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ५० हजार सात सय रूपैँयामा कारोबार भएको थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज चाँदीको मूल्य भने बढेको छ । चाँदी प्रतितोला रू१० ले बढेर एक हजार आठ सय ९० मा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।
हिजाे चाँदीको मूल्य प्रतितोला रू एक हजार आठ सय ८०मा कारोबार भएकाे थियाे ।