Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पहिलो त्रैमासको कार्यसम्पादन : श्रम क्षेत्रमा सुधारको प्रयास
पहिलो त्रैमासको कार्यसम्पादन : श्रम क्षेत्रमा सुधारको प्रयास
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १८, २०८१

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिना (साउन–असोज)को कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले उक्त अवधिमा गरेका विभिन्न कार्यसम्पादन तथा प्रगति विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयले आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ गरी दुई वर्षमा वार्षिकरुपमा न्यूनतम १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्था (म्यानपावर)को इजाजतपत्र आर्थिक वर्ष २०८१/८२ को लागि नवीकरण गर्ने प्रयोजनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी सञ्चालन गर्न दिएको विषयलाई जोड दिएको छ ।  

यस्तै ओमान सरकारको उच्चस्तरीय टोलीसँग वार्ता गरी प्रस्तावित श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग माग गरिएको राय प्राप्त भएको, मलेसिया सरकारसँग पुनः श्रम सम्झौता गर्नका लागि मस्यौदा तयार गरी परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई पठाइएको र गन्तव्य मुलुकहरुमा रहेका श्रम काउन्सेलर र श्रम सहचारीहरुसँग ‘भर्चुअल’ बैठक सम्पन्न गरिएको मन्त्रालयले उल्लेख गरेको छ । 

त्यस्तै यो तीन महिनाको अवधिमा नेपाल सरकार र गणतन्त्र कोरियाबीच भएको द्विपक्षीय श्रम सम्झौतामा सुझाव दिन, कोरियामा श्रमिक कामदार पठाउनेसम्बन्धी समस्या समाधानमा सहजीकरण गर्न तथा नियमित सुधारका लागि समन्वयात्मक कार्यसम्पादनको व्यवस्था मिलाउन रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरी कार्य आरम्भ गरिएको जनाएको छ । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि आवेदन दिएका नेपाली नागरिकहरुमध्ये केहीले गलत कागजात पेस गरेको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।

Hardik health

आप्रवासन नीति निर्माण गर्नका लागि समन्वय समिति र प्राविधिक समिति गठनगरी आवश्यक मस्यौदालाई अन्तिम रुप दिइएको, भैरहवा र पोखरा विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने नेपाली पठाउन सहजीकरणका लागि सरोकारवालासँग समन्वय गरी सम्बन्धित निकायमा पत्राचार गरिएको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ । त्यस्तै युएई सरकारको मानव संशाधान मन्त्रालय र श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा भर्चुअल बैठक सम्पन्न गरिएको विषय पनि समेटिएको छ ।

त्यसैगरी वैदेशिक रोजगारीका विविध पक्षलाई समेटी नेपाल लेबर माइग्रेसन रिपोर्ट २०२४ तयारीका लागि समन्वय समिति र कार्य समितिको बैठक सम्पन्न भएको, माइग्रेसन स्कुलको सल्लाहकार समितिको बैठक सम्पन्न भएको, वैदेशिक रोजगार विभागबाट लेबर सेण्डिङ एजेन्सी लिस्ट प्राप्त गरी अर्गनाइजेसन फर टेक्निकल इन्टर्न ट्रेनिङ (ओटिआइटी) जापानलाई इमेलमार्फत जानकारी पठाइएको, नेपाल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट लेबर एग्रिमेन्ट सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि निःशुल्क तालिम सञ्चालन गर्ने संस्थाका लागि आवश्यक न्यूनतम मापदण्डसम्बन्धी (पहिलो संशोधान) कार्यविधि २०८१ स्वीकृत गरिएको पनि मन्त्रालयले उल्लेख गरेको छ । साथै युएईबाट प्राप्त पाइलट प्रोजेक्टको रुपमा घरेलु कामदार पठाउनेसम्बन्धी मस्यौदामा सामान्य थपघट गरी तयार गरिएको परिमार्जित मस्यौदा परराष्ट्रमार्फत पत्राचारका लागि आग्रह गरिएको छ । यस्तै कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि परराष्ट्रमार्फत सम्बन्धित नियोगमा कूटनीतिक माध्यमबाट पत्राचार गरिदिन आग्रह गरिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयमा सूचीकृत रहेको वैदेशिक रोजगारमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्ने कूल २१२ स्वास्थ्य संस्थाहरुमध्ये ६७ स्वास्थ्य संस्थाहरुको मापदण्ड पूरा नभई पुनःअनुगमन गरिएकोमा ४९ वटा स्वास्थ्य संस्था नवीकरण गरिएको, स्वास्थ्य परीक्षण गर्ने सूचीकृत स्वास्थ्य संस्थाहरुलाई अन्तर्राष्ट्रिय मापदण्डवमोजिम स्तरीकृत, विश्वसनीय र सेवाग्राहीको सरल तथा सहज पहुँचमा ल्याउनको लागि टास्क फोर्स समिति गठन गरिएको, इण्डिगो ओभरसिज नामक म्यानपावर कम्पनीमाथि भएको कारबाही पुनरवेदन परेको भन्दै फुकुवा गर्ने फैसला भएको र वैदेशिक रोजगार बोर्ड पुनर्गठन गर्नेसम्बन्धी उच्चस्तरीय समितिको पहिलो बैठक बसेको, वैदेशिक रोजगार (छैटौं संशोधन) नियमावली, २०८१ नेपाल राजपत्रमा सम्पादनको लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा जनाइएको छ । 

त्यसैगरी अभिमुखीकरण कार्यविधि, २०७६ बमोजिम अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरुलाई अनिवार्यरुपमा फेस टाइम र आइरिस रिकक्निजेसन प्रविधि लागू गर्ने तथा देशगत क्लस्टरअनुसार तालिम सञ्चालन गर्ने निर्णय भएको, वैदेशिक रोजगारमा जाने श्रमिकहरुका लागि तालिम सञ्चालन गर्ने संस्थाका लागि आवश्यक न्यूनतम मापदण्डसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ को मस्यौदा सम्बन्धमा छलफल गरिएको, वैदेशिक रोजगारमा जाने श्रमिकहरुका लागि निःशुल्क तालिम सञ्चालन गर्ने संस्थाहरुको पूर्वाधार निरीक्षण गरिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी बुधबार, कात्तिक १९, २०८२
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री मंगलबार, कात्तिक १८, २०८२
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा मंगलबार, कात्तिक १८, २०८२
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, कात्तिक १७, २०८२
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता सोमबार, कात्तिक १७, २०८२
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP