Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ओमानमा सामाजिक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम
ओमानमा सामाजिक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १६, २०८१

काठमाडौं– ओमानको मस्कटस्थित नेपाली दूतावासले वैदेशिक रोजगारीका लागि त्यहाँ कार्यरत नेपालीहरुलाई लक्षित गर्दै सामाजिक सुरक्षा योजनामा आबद्धतासम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरेको छ । दूतावासले सामाजिक सुरक्षा कोषसँगको सहकार्यमा रोजगारीका लागि ओमानमा रहेका नेपाली श्रमिकहरुलाई उक्त योजनामा आबद्धता तथा योगदानको नियमितता गर्ने कार्यसम्बन्धी दुईदिने सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रममा सहभागी श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनालगायत नेपाल सरकारले अवलम्बन गरेका नीति नियम र त्यसले पार्ने प्रभावका सम्बन्धमा राजदूत डोरनाथ अर्यालले प्रकाश पारेका थिए । त्यस्तै सामाजिक सुरक्षा योजनामा आबद्ध हुने प्रक्रिया र योजनाको महŒव तथा फाइदाबारे कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले विस्तृत व्याख्या गरेको दूतावासले जनाएको छ । सामाजिक सुरक्षा योजनासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ पन्थीसहित सहायक निर्देशक राधिका निरौला र सूचना प्रविधि अधिकृत राजेश चापागाईंको टोली ओमान भ्रमणमा रहेको छ ।

त्यसैगरी सोही कार्यक्रममा वैदेशिक रोजगार तथा ओमानको श्रम कानुनसम्बन्धी अलग डेक्स खडा गरेर श्रमिकहरुलाई आवश्यक जानकारी प्रदान गरिएको श्रम सहचारी गोविन्दप्रसाद आचार्यले बताए । ‘ओमानमा रहेका नेपाली श्रमिकहरुलाई समूहगतरुपमा समाजिक सुरक्षा कोषमा आबद्ध हुने र श्रम तथा कन्सुलरसम्बन्धी अभिमुखीकरण सेवा दिइयो,’ उनले भने, ‘कार्यक्रममा उपस्थित अधिकांश सहभागीहरुलाई सामाजिक सुरक्षा प्रणालीका बारेमा पर्याप्त जानकारी नभएको पाइएकाले अभिमुखीकरण कार्यक्रमबाट सकरात्मक प्रभाव परेको छ ।’ 

Hardik health

सेवाग्राहीहरुले ओमानमा पहिलोपटक सचेतनामूल कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता किसिमका सेवालाई निरन्तरता दिन र सामाजिक सुरक्षा तथा श्रम स्वीकृतिसम्बन्धी सेवा राजदूतावासबाटै प्रदान गर्न आग्रह गरेको आचार्यले बताए ।विगतमा कार्यालय खुलेको दिनमा सेवा लिन आउन असहज हुने नेपाली श्रमिकहरुलाई लक्षित गर्दै सहजताका लागि सार्वजनिक बिदाकै दिनमा पनि राहदानी तथा कन्सुलर सेवासम्बन्धी शिविर सञ्चालन गर्दै आएको भए पनि सामाजिक सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम पहिलोपटक आयोजना गरिएको दूतावासले जनाएको छ । कार्यक्रममा ४०० भन्दा बढी सेवाग्राही सहभागी रहेको तथा आगामी दिनमा पनि सामाजिक सुरक्षामा आबद्धता तथा श्रम कानुनसम्बन्धी जानकारी एवं सेवा प्रदान गर्दै जाने दूतावासले जनाएको छ । 

सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउँदै लैजाने नीति लिएको छ । यसको कार्यान्वयनका लागि वैदेशिक रोजगारीमा जानुपूर्व श्रम स्वीकृति (नयाँ÷पुरानो) लिँदा नै कोषमा अनिवार्य योगदान गर्नुपर्ने व्यवस्था गरिएको छ । यद्यपि, पहिलेदेखि वैदेशिक रोजगारीमा रहेका र विदेश गइसकेपछि कोषमा योगदान नगर्ने श्रमिकहरुको संख्या बढ्दै गएको बताइएको छ । त्यस्ता श्रमिकहरुलाई लक्षित गर्दै सम्बन्धित मुलुकमा नै गएर सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने अभियानअन्तर्गत ओमानबाट सुरु गरिएको कोषले जनाएको छ ।
 


प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी बुधबार, कात्तिक १९, २०८२
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री मंगलबार, कात्तिक १८, २०८२
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा मंगलबार, कात्तिक १८, २०८२
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, कात्तिक १७, २०८२
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता सोमबार, कात्तिक १७, २०८२
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP