Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • जाडो लागिसक्यो, राहत खै सरकार ?
जाडो लागिसक्यो, राहत खै सरकार ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १३, २०८१

नयाँ सरकार बनेको चार महिना नाघिसक्यो । यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा पटक–पटक आफ्नो समीक्षा गरिसक्यो । तर, जनतासामू आफूले के वाचा गरेको थियो भन्ने विषयमा भने ओलीले बिर्सेका छन् । गत असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले देशभरका विभिन्न स्थानीय तह प्रभावित बनायो । विशेषगरी काभ्रेपलाञ्चोक र ललितपुर जिल्ला यो प्रकोपबाट अति प्रभावित बन्यो ।

कयौले ज्यान गुमाए भने कयौं घरबारविहीन भए । ती क्षेत्रमध्ये ७१ स्थानीय तहलाई सरकारले तत्काल संकटग्रस्त घोषणा गर्यो । त्यसपछि सरकारले पटक–पटक बैठक राख्यो । प्रधानमन्त्री ओलीकै अध्यक्षतामा पटक–पटक बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले ती स्थनीय तहका नागरिकलाई कात्तिकभित्रै राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । जसअनुसार अतिप्रभावित स्थानीय तहलाई एक करोड, प्रभावितलाई ७५ लाख र सामान्य प्रभावित समूहलाई ५० लाखका दरले रकम उपलब्ध गराउन सिफारिस गरेको थियो । 

वर्गीकृत स्थानीय तहमध्ये अति प्रभावितमा काभ्रेका रोशी गाउँपालिका, तेमाल गाउँपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका र ललितपुरका महाँकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिका छन् । सरकारले राहत रकम दिने घोषणा गरे पनि बाढीपहिरो पीडितसामू भने बेलैमा राहत पुगेको छैन । जसकारण मंसिरको जाडोमा बासस्थानको ठेगान नहुँदा पीडितहरु स्थानीय सरकार गुहार्न पुगेका छन् । बेथानाचोक गाउँपालिका–३ का बाढीपहिरो प्रभावित स्थानीयले सोमबार सुरक्षित बासस्थानसहितको माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । 

Hardik health

काभ्रेमा भारी वर्षाका कारण आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति भएको थियो । ज्यान गुमाउनेको परिवारले सरकारद्वारा प्रदान गरिएको राहत रकम पाए भने जिल्लाका हजारौं पीडित परिवार दुई महिनादेखि राहतको पर्खाइमा बसिरहेका छन् । बाढीपहिरोबाट जिल्लामा ७९ जनाको मृत्यु भएको थियो भने छ जना अझै बेपत्ताको अवस्थामा छन् । 

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये ११ तहमा नौ करोड २५ लाख अनुदान कात्तिक १४ गते नै जिल्ला विपद व्यवस्थापन समितिमा पुगिसेको छ । तर, मंसिर लाग्दा पनि समितिले राहत वितरण गरेको छैन । स्थानीय तहले पूर्णविवरण पठाएपछिमात्र राहत वितरण गर्ने भन्दै जिल्ला हात बाँधेर बसेको छ । समितिले स्थानीय तह पर्खेर बस्नेभन्दा पनि सही तथ्यांक संकलन गरी आफैं राहत बाँड्नुपर्ने हो । तर, विपत्तिको दुई महिना नाघिसक्दा पनि समिति रमिते बनेर बसेको छ । जाडो छिप्पिँदै गएकोले पीडितलाई बासस्थानविहीन बनाएर थप पीडा दिने काम नहोस् । यसमा सरकारको तत्काल ध्यान जाओस् ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
‘राइट टु रिजेक्ट’ खोई ? 
‘राइट टु रिजेक्ट’ खोई ?  बुधबार, माघ १४, २०८२
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ मंगलबार, माघ १३, २०८२
आचारसंहिता पालनामा कडाइ गर
आचारसंहिता पालनामा कडाइ गर सोमबार, माघ १२, २०८२
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस्
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस् आइतबार, माघ ११, २०८२
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP