Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #इरान_इजरायल
  • #जनकराज_गिरी
  • #इन्दिरा मानन्धर
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #खखडेहरा_पर्व
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • जाडो लागिसक्यो, राहत खै सरकार ?
जाडो लागिसक्यो, राहत खै सरकार ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १३, २०८१

नयाँ सरकार बनेको चार महिना नाघिसक्यो । यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा पटक–पटक आफ्नो समीक्षा गरिसक्यो । तर, जनतासामू आफूले के वाचा गरेको थियो भन्ने विषयमा भने ओलीले बिर्सेका छन् । गत असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले देशभरका विभिन्न स्थानीय तह प्रभावित बनायो । विशेषगरी काभ्रेपलाञ्चोक र ललितपुर जिल्ला यो प्रकोपबाट अति प्रभावित बन्यो ।

कयौले ज्यान गुमाए भने कयौं घरबारविहीन भए । ती क्षेत्रमध्ये ७१ स्थानीय तहलाई सरकारले तत्काल संकटग्रस्त घोषणा गर्यो । त्यसपछि सरकारले पटक–पटक बैठक राख्यो । प्रधानमन्त्री ओलीकै अध्यक्षतामा पटक–पटक बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले ती स्थनीय तहका नागरिकलाई कात्तिकभित्रै राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । जसअनुसार अतिप्रभावित स्थानीय तहलाई एक करोड, प्रभावितलाई ७५ लाख र सामान्य प्रभावित समूहलाई ५० लाखका दरले रकम उपलब्ध गराउन सिफारिस गरेको थियो । 

वर्गीकृत स्थानीय तहमध्ये अति प्रभावितमा काभ्रेका रोशी गाउँपालिका, तेमाल गाउँपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका र ललितपुरका महाँकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिका छन् । सरकारले राहत रकम दिने घोषणा गरे पनि बाढीपहिरो पीडितसामू भने बेलैमा राहत पुगेको छैन । जसकारण मंसिरको जाडोमा बासस्थानको ठेगान नहुँदा पीडितहरु स्थानीय सरकार गुहार्न पुगेका छन् । बेथानाचोक गाउँपालिका–३ का बाढीपहिरो प्रभावित स्थानीयले सोमबार सुरक्षित बासस्थानसहितको माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । 

Hardik health

काभ्रेमा भारी वर्षाका कारण आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति भएको थियो । ज्यान गुमाउनेको परिवारले सरकारद्वारा प्रदान गरिएको राहत रकम पाए भने जिल्लाका हजारौं पीडित परिवार दुई महिनादेखि राहतको पर्खाइमा बसिरहेका छन् । बाढीपहिरोबाट जिल्लामा ७९ जनाको मृत्यु भएको थियो भने छ जना अझै बेपत्ताको अवस्थामा छन् । 

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये ११ तहमा नौ करोड २५ लाख अनुदान कात्तिक १४ गते नै जिल्ला विपद व्यवस्थापन समितिमा पुगिसेको छ । तर, मंसिर लाग्दा पनि समितिले राहत वितरण गरेको छैन । स्थानीय तहले पूर्णविवरण पठाएपछिमात्र राहत वितरण गर्ने भन्दै जिल्ला हात बाँधेर बसेको छ । समितिले स्थानीय तह पर्खेर बस्नेभन्दा पनि सही तथ्यांक संकलन गरी आफैं राहत बाँड्नुपर्ने हो । तर, विपत्तिको दुई महिना नाघिसक्दा पनि समिति रमिते बनेर बसेको छ । जाडो छिप्पिँदै गएकोले पीडितलाई बासस्थानविहीन बनाएर थप पीडा दिने काम नहोस् । यसमा सरकारको तत्काल ध्यान जाओस् ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म शुक्रबार, फागुन २२, २०८२
निर्वाचनमा सुरक्षा सतर्कता बढाऊ
निर्वाचनमा सुरक्षा सतर्कता बढाऊ बुधबार, फागुन २०, २०८२
मौन अवधिमा चनाखो बनोस् आयोग 
मौन अवधिमा चनाखो बनोस् आयोग  मंगलबार, फागुन १९, २०८२
निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती
निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती आइतबार, फागुन १७, २०८२
देश निर्वाचनमय, सबैले संयमता अपनाऊ
देश निर्वाचनमय, सबैले संयमता अपनाऊ शुक्रबार, फागुन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
स्पेनमा आध्यात्मिक महोत्सव हुँदै
स्पेनमा आध्यात्मिक महोत्सव हुँदै
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP