Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • छनोट भएका ‘केयर गिभर’ शीघ्र पठाउन इजरायली राजदूतलाई आग्रह
श्रममन्त्रीसँग इजरायली राजदूतको भेटवार्ता छनोट भएका ‘केयर गिभर’ शीघ्र पठाउन इजरायली राजदूतलाई आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १३, २०८१

   

काठमाडौं– इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न छनोट भएका सहायक कामदार (केयर गिभर) लाई यथाशीघ्र पठाउन नेपाल सरकारसँग आग्रह गरेको छ । अमेरिकाको मध्यस्थतामा लेबनानको हिजबुल्लाह समूहसँग युद्धविरामको सहमति घोषणा गरेको इजरायलले केयर गिभर पठाउन नेपालसँग आग्रह गरेको हो ।

युद्धविराम घोषणा गरेलगत्तै इजरायलले नेपालबाट केयर गिभर लैजाने सम्बन्धमा नेपालका लागि इजरायली राजदूत श्मुलिक एरिई बासले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर सो आग्रह गरेका हुन् । राजदूत बासले बुधबार मन्त्री भण्डारीसँग शिष्टाचार भेट गर्दै नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, केयर गिभरका रुपमा छनोट भएका नेपाली कामदारहरुलाई यथाशीघ्र इजरायल पठाउन आग्रह गरेको श्रम मन्त्रालयले जनाएको छ । 

राजदूत बासले हाल इजरायलमा युद्धविराम सुरु भएको हुँदा केयर गिभरमा छनोट भएका सबै नेपाली कामदारलाई क्रमशः लैजाने जानकारी गराएको मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले बताए । उनका अनुसार राजदूत बासले नेपालीहरुलाई केयर गिभरबाहेक कृषि, निर्माणलगायतका अन्य क्षेत्रमासमेत रोजगारी उपलब्ध गराउने विषयमा छलफल गरेका थिए ।

इजरायलले कामदारको स्रोत मुलुकको रूपमा नेपाललाई सूचीकृत गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हक अधिकार संरक्षण र सुरक्षालगायतका विषयमा दुवै देशबीच थप कूटनीतिक पहल गर्ने विषयमा छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ ।राजदूत बाससँगको भेटमा मन्त्री भण्डारीले केयर गिभरको रुपमा इजरायल जान छनोट भई पर्खाइमा रहेका नेपालीहरुलाई यथाशीघ्र पठाउनका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताए । उनले कामदारको सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षणलगायतका क्षेत्रमा कार्य गर्ने र आगामी दिनमा कृषि, निर्माणलगायतका क्षेत्रमा थप सीपयुक्त जनशक्ति पठाउने सम्बन्धमा सहकार्य गर्नुपर्नेमा जोड दिएको सहायक प्रवक्ता बोहराले बताए ।

राजदूत बासले नेपालबाट कामदार लैजान आतुर रहेको सन्देश दिँदै नेपाली कामदार केयर गिभरको क्षेत्रमा उत्कृष्ट रहेको भन्दै प्रशंसा गरेका थिए । यसअघि पनि इजरायलले आफ्नो मुलुकमा कुनै सुरक्षा जोखिम नरहेको भन्दै नेपाल सरकारलाई केयर गिभरमा छनोट भएका नेपालीलाई पठाउन आग्रह गर्दै आएको थियो ।
हाल इजरायलमा झण्डै चार हजार ५०० नेपाली काम गरिरहेको परराष्ट्र मन्त्रालयको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष केयर गिभरको रुपमा झण्डै एक हजार २०० नेपाली रोजगारीका लागि इजरायल गइसकेका छन् । सन् २०२४ का लागि इजरायल जान दुई हजार १०० नेपाली केयर गिभरमा छनोट भएका छन् । इजरायल युद्धरत अवस्थामा रहेकाले सुरक्षा चुनौती हुने भन्दै चौतर्फी आलोचना भएपछि नेपाल सरकारले छनोटमा परेका केयर गिभरलाई स्थिति सामान्य नभएसम्म नपठाउने निर्णय गरेको थियो । इजरायलले सन् २०२३ अक्टोबरदेखि हमास र हिज्बुल्ला समूहसँग युद्ध गरे पनि बुधबार युद्धविराम घोषणा गरेको छ ।  


हुण्डी कारोबारलाई निरुत्साहित गर्दै दूतावास  
इजरायलस्थित नेपाली राजदूतावासले हुण्डीमार्फत हुने कारोबारलाई निरुत्साहित गर्ने नीति लिएको छ । दूतावासले हुण्डीबाट नेपालमा पैसा (रकम) नपठाएको स्वघोषणा गर्ने नेपालीलाई तुरुन्त सेवा दिने घोषणा गरेको छ । दूतावासले एक सूचना जारी गर्दै नेपालमा हुण्डीमार्फत पैसा पठाउने गरेको जानकारीमा आएको भन्दै त्यसको न्यूनीकरणका लागि हुण्डी प्रयोग गरेको छैन भनी दूतावासमा स्व–घोषणा गर्नेलाई थप सेवाहरु प्रदान गर्ने उल्लेख गरेको छ । 

हुण्डी प्रयोग नगरेको स्व–घोषणा गर्ने सेवाग्राहीलाई दूतावासले राहदानी सेवासम्बन्धी सेवा तुरुन्त उपलब्ध गराउने, अन्य प्रमाणीकरण कागजातहरू तुरुन्त उपलब्ध गराउने, आय/आम्दानीका पत्र आवश्यक परे तुरुन्त दिन सकिने जस्ता सेवाहरु शीघ्र उपलब्ध गराउने बताएको छ । यस्तै जानी÷नजानी कोही कतै नेपालीहरुबाट हुँदै आएको हुण्डी व्यवहारका कारण भएका नोक्सानी र बेफाइदाबारे सबै पक्ष जानकार नै भएको जनाउँदै त्यसको न्यूनीकरणका लागि सहयोग गर्न पनि दूतावासले आग्रह गरेको छ । 

त्यस्तै हुण्डी प्रयोग नगरेको स्वघोषणा नगर्ने सेवाग्राहीलाई १० दिनको ‘वर्किङ आवर’ राखेरमात्रै सेवा दिइने दूतावासले प्रस्ट पारेको छ । दूतावासले एक हप्ताअघि पनि इजरायल रोजगारीमा रहेका नेपालीहरुलाई आफ्नो आम्दानीको अंश (पैसा) नेपाल पठाउँदा वैधानिक माध्यमबाट मात्रै पठाउन सूचित गरेको थियो ।
 

     


प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP