Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
विचार
  • Home
  • विचार
  • नेपालमा स्की खेलको सम्भावना
नेपालमा स्की खेलको सम्भावना
राजु सिलवाल
राजु सिलवाल मंगलबार, मंसिर ११, २०८१

काठमाडौँ- विश्व मानचित्रमा नेपाल साहसिक खेलकुदका लागि महत्वपूर्ण गन्तव्यका रुपमा परिचत रहँदै आएको छ । बर्सेनि हजारौँ आरोही हिमाल आरोहणलगायतका साहसिक गतिविधिमा सहभागिता जनाउन नेपाल आउने गरेका छन् ।

विश्वको विभिन्न मुलुकका आरोहीहरुलाई गन्तव्यसम्म लैजाँदै सफलता दिलाउन खासगरी हिमाली भेगका शेर्पा, तामाङ समुदायका पर्वतीय पथ प्रदर्शकहरुले रुपमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेका छन् । सगरमाथा आरोहण गर्ने आरोहीहरुमा सबैभन्दा बढी सङ्ख्या नेपालीकै रहेको छ ।

यस्तै, अन्य मुलुकमा समेत नेपाली पथप्रदर्शकले यस्ता साहसिक गतिविधिमा सक्रियता जनाउने गरेका छन् । तर उच्च भागमा खेलाइने अन्तर्राष्ट्रिय खेलकुद गतिविधिमा नेपालको सहभागिता उल्लेख्य हुन सकेको छैन । वाल क्लाइम्बिङ जस्ता प्रतियोगिता ओलम्पिकमा समावेश गरिएको छ ।

यस्तै हिउँमा खेलाइने स्की जस्ता साहसिक खेलकुद हिउँदे ओलम्पिक तथा एसियाली खेलकुदमा समावेस गरिएको भएता पनि नेपालले हालसम्म त्यस्ता खेलकुदमा कुनै पहिचान कायम गर्न सकेको छैन् । पर्याप्त सम्भावना भएर पनि नेपालमा यस्ता साहसिक खेलको विकासमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको वास्तविकता छ । हिमालै हिमालको देशको रूपले परिचित नेपालका डाँडाकाँडामा पर्ने हिउँले स्की खेललाई सम्भावना प्रस्टाउँछ ।

Hardik health

उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्कने हिमाल, हिमचुली र मौसममा पर्ने हिउँका कारण स्की नेपालका लागि धेरै सम्भावना भएको खेल हो । नेपालमा हालसम्म पनि सयौं यस्ता हिमालहरु छन्, जसको हालसम्म नामाकरण गर्न समेत सकिएको छैन । यसैगरी विश्वमै प्रसिद्धी कमाएका विभिन्न हिमालहरुमा पनि पर्वतारोहणवाहेक हिउँमा गर्न सकिने विभिन्न गतिविधि खासै सञ्चालन हुन सकेका छैन । संसारमा रहेका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये आठ वटा हिमाल नेपालमै पर्दछ ।

यसमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथा पनि एक हो । नेपालमा रहेका हिमालहरु आरोहणका लागि विश्व प्रसिद्ध मानिएको छ । यस्तै पदयात्राका लागि पनि नेपालका महत्वपूर्ण हिमालहरु आकर्षक गन्तव्यका रुपमा परिचित छन् । विगत केही वर्ष अघिदेखि नेपालका केही हिमालमा खेलाइने स्की जस्ता खेल पनि विश्वमा लोकप्रिय बन्दै गइरहेको छ ।

नेपालका अन्नपूर्ण, मनास्लु, धवलागिरिलगायतका हिमालमा स्की खेल खेलाइने गरिएको छ । धवलागिरि पुठा हिउँचुली स्कीका लागि लोकप्रिय मानिएको छ । यसैगरी केही वर्षदेखि मेरापिक, यालापिकजस्ता हिमालमा आरोहण तथा स्की गराइने गरिएको छ । थोरङ्गला पास, मुक्तिनाथ जस्ता पर्वतीय क्षेत्रमा पदयात्रा तथा स्की साथसाथै गराइने गरिएको छ । अछामको खप्तड, बागलुङको ढोरपाटन र दोलखाका विभिन्न स्थामा स्की खेल्न सकिन्छ ।

राष्ट्रिय स्की च्याम्पियनसीपको तयारी नेपालका हिमाली भेगमा विगत केही वर्षदेखि स्की खेलसम्बन्धी प्रतियोगिता आयोजना हुँदै आइरहेको छ । अग्ला हिमाल र चुली प्रशस्त रहेको नेपालमा हिउँमा चिप्लिएर खेलिने साहसिक खेल स्कीको विकास एवम् प्रवद्र्धनको प्रयास सुरु भएको छ । नेपाल स्की सङ्घले आगामी जनवरी महिनाको अन्यसम्ममा स्की खेलको पाचौं राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेको जानकारी सार्वजनिक भएको छ । नेपालमा सन् २००६ मा स्की सङ्घको स्थापना भएको थियो ।

सङ्घले २०७२ सालको भूकम्पपछि रसुवाको क्यानजिङमा राष्ट्रिय स्की च्याम्पियनसीपको आयोजना गरेको थियो । विगतमा राष्ट्रिय प्रतियोगिता भैसकेको मुस्ताङमा यसपालि पनि प्रतियोगिता गर्ने लक्ष्य राखिएको छ । स्की प्रतियोगिता सञ्चालन गर्न सकिने अन्य स्थानको पनि खोजी भैरहेको छ । दुई वर्षदेखि स्कीको राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिएको छैन । एमेच्योर खेलाडीहरुले स्की खेल्न सक्ने सम्भावित स्थानहरुमा हिउँ नपरेको कारण प्रतियोगिताको आयोजना गर्न नसकिएको हो । ओलम्पिकमा प्रतिनिधित्व नेपालले सन् २००२ को हिउँदे ओलम्पिकमा पहिलोपटक स्की खेलमा प्रतिस्पर्धा गरेको थियो ।

त्यतिखेर जयराम खडकाले डेढ किलोमिटर दूरीको प्रतिस्पर्धा चार मिनेट ४८ दशमलव ४ सेकेण्ड टुङ्ग्याई ७० औं स्थान प्राप्त गर्नु भएको भने १० किलोमिटर दूरीको प्रतिस्पर्धामा भने ७९ औं स्थान हासिल गर्नु भएको थियो । त्यसपछि नेपालको विभिन्न हिउँदे ओलम्पिक तथा हिउँदे एसियाली खेलकुदमा सहभागिता रहेको थियो । तर त्यतिखेर विदेशमा रहेका नेपालीहरुलाई नेपालको तर्फबाट प्रतिनिधित्व गराइने गरिएको थियो । सन २०१४ देखि विभिन्न कारणले नेपालको हिउँदे ओलम्पिकमा सहभागिता हुन सकेको छैन । सन् २०१४ मा रसियाको सोचीमा आयोजित हिउँदे ओलम्पिकमा स्विजरल्याण्डमा बस्ने नेपाली दाछिरी शेर्पाले नेपालको प्रतिनिधित्व गर्नु भएको थियो । त्यतिखेर १५ किलोमिटरको क्रस कन्ट्री स्की प्रतियोगितामा उहाँ ८६ औं  भएको थियो ।

शेर्पाले विभिन्न दुई वटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नु भएको थियो । सोची ओलम्पिकपछि दुई वटा हिउँदे ओलम्पिकमा नेपालको सहभागिता हुन सकेन । कोभिडको प्रकोपलगायत अन्य कारणले हिउँदे ओलम्पिकमा सहभागी नभएको नेपालले सन् २०२६ मा इटलीको टोरिनोमा आयोजना हुने हिउँदे ओलम्पिकमा भाग लिनका लागि नेपाली खेलाडीको छनोट गरिने भएको छ । चीनको डारबिनमा यही फेब्रुवरीमा हुन गइरहेको हिउँदे एसियाली खेलकुदमा पनि नेपालले भाग लिने निश्चित भैसकेको छ ।

यसअघिका हिउँदे एसियाली खेलकुदमा पनि नेपाली स्की खेलाडीहरुले खेल्दै आइरहेका छन् । बिगतमा जस्तो विदेशमा रहेका नेपालीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाउनु पर्ने अवस्था अहिले छैन । नेपाल स्की सङ्घले नेपालमै खेलाडीहरुको उत्पादन गरी हिउँदे एसियाली खेलकुद, युथ ओलम्पिक जस्ता प्रतियोगितामा भाग लिन पठाउने गरेको छ । तर नेपालमा स्की खेलका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्न सकिएको छैन ।

नेपालमा स्की प्रशिक्षण केन्द्र नभएकाले खेलाडीहरुलाई विदेशमा प्रशिक्षणका लागि पठाउनु पर्ने अवस्था रहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको छात्रवृत्तिको आधारमा खेलाडीहरुले यस्ता महत्वपूर्ण प्रशिक्षण हासिल गर्ने अवसर पाउने गरेका छन् । पर्वतीय प्रशिक्षण प्रतिष्ठानको सक्रियता नेपालमा पर्वतारोहणसम्बन्धी स्नातकोत्तर स्तरसम्म अध्यापन सञ्चालन गर्दै आइरहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले पनि स्की खेलको विकासका लागि प्राथमिकता दिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक बन्नका लागि स्कीको प्रशिक्षण अनिवार्य भएकाले प्रतिष्ठानले विगतमा भारतको मोनालीमा पथप्रदर्शकहरु पठाउने गरेको थियो ।

हाल यस्तो प्रशिक्षणका लागि नेपाली प्रशिक्षकहरुलाई स्विजरल्याण्ड तथा फ्रान्समा पठाउने गरिएको छ । यसबाहेक विदेशमै स्कीसम्बन्धी प्रशिक्षण लिएर अन्तर्राष्ट्रिय पथप्रदर्शक बन्नेहरु पनि बढ्दैछन् । यस्ता तालिम प्राप्त जनशक्तिलाई हिउँदे ओलम्पिक तथा एसियाली खेलकुदमा खेलाडी तथा प्रशिक्षकका रुपमा सहभागी गराउनसके नेपाल पदकको दाबेदार बन्न सक्ने सम्भावना नकार्न सकिँदैन । नेपालमा स्की खेलको प्रचुर सम्भावना भए पनि त्यसको विकास तथा विस्तारका लागि सरकारको सक्रियता अपेक्षित मानिएको छ ।

स्कीको सम्भावना भएका हिमालहरु खुल्ला गर्दै त्यस्ता गतिविधिमा इच्छुक नेपालीहरुको संलग्नता पनि बढाउँदै लैजानु पर्दछ । साहसी आरोहीका रुपमा विश्व कीर्तिमान कायम गरिसकेका नेपालीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सरकारका तर्फबाट ठोस कदम अपेक्षित मानिएको छ ।

आगामी दिनमा यस्ता तालिम प्राप्त जनशक्तिलाई खेलाडी तथा प्रशिक्षकका रुपमा सहभागी गराउन सके नेपालले हालसम्म पाउन नसकेको ओलम्पिक पदकको दाबेदार बन्नसक्ने सम्भावना रहेको छ । हिमालको आधारशिविर, चुली एवम् हिमाली क्षेत्रमा हिउँ पाइने भएकाले स्की खेलको विकास गरेर पर्यटक आकर्षित गर्न सकिन्छ । स्की तथा स्नोबोर्डिङ नेपालमा पर्यटक आकर्षित र प्रवद्र्धन गर्ने साहसिक खेलका रुपमा विकास गर्न सकिन्छ ।

दक्षिण कोरिया, चीन, स्विट्जरल्याण्डलगायत पहाड भएका देशले साहसिक खेलकै माध्यमबाट पर्यटक भित्र्याएर करोडौँ नगद जम्मा पारेका छन् । स्की खेल विशेषगरी युरोपमा निकै लोकप्रिय छ । दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेलको विकास गर्दै पर्यटनसँग जोड्न सके स्कीले फड्को मार्ने र यसतर्फ आकर्षण बढ्ने देखिन्छ ।

(लेखक खेल पर्यटनका जानकार हुन् )


प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्
थप विचार
अरनिको नेपालका गहना
अरनिको नेपालका गहना सोमबार, पुस २८, २०८२
सामाजिक सुरक्षामा गर्नुपर्ने सुधार
सामाजिक सुरक्षामा गर्नुपर्ने सुधार बुधबार, पुस २३, २०८२
निजी अस्पताल सञ्चालन र सरकारी नीति 
निजी अस्पताल सञ्चालन र सरकारी नीति  मंगलबार, पुस २२, २०८२
स्लाइन पानी !
स्लाइन पानी ! मंगलबार, पुस २२, २०८२
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति सोमबार, पुस २१, २०८२
राष्ट्रिय एकता र मेलमिलाप नीति सान्दर्भिकता 
राष्ट्रिय एकता र मेलमिलाप नीति सान्दर्भिकता  आइतबार, पुस २०, २०८२
बिपीको मेलमिलापको सान्दर्भिकता
बिपीको मेलमिलापको सान्दर्भिकता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP