रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गतेको बिहान आकस्मिक बाढी गयो । अकल्पनीय विनाशकारी बाढीमा व्यक्तिगत घरहरू बगे अनि क्षतिसमेत भए । जलविद्युत् आयोजना, सडक, विद्यालय, स्वास्थ्य संस्थाजस्ता पूर्वाधारहरुमा क्षति भयो । बाढीको शक्तिशाली भेलले बगाएका आफ्ना प्रियजनका खोजीमा परिवारजन, आफन्तजन भौतारिनुपर्ने, तड्पिनुपर्ने र चिन्तित हुनुपर्ने अवस्था आयो ।
नेपाल रेडक्रस सोसाइटीद्वारा परिचालित प्रारम्भिक प्रतिकार्यकर्ताहरूमध्ये राष्ट्रिय प्रतिकार्य टोली ‘एनआरटी’का सदस्यद्वय नवीनराज तिवारी र प्रकाश कार्की पनि थिए । उनीहरू दुवैका लागि यस विपद्ले प्रभावकारी आपत्कालीन प्रतिकार्यका लागि साहस र प्रतिबद्धतामात्र पर्याप्त नहुने, बरु पूर्वतयारी, समन्वय र समुदायलाई सबैभन्दा बढी सहयोगको आवश्यकता परेका समयमा छिटो र प्रभावकारीरूपमा परिचालित हुन सक्ने क्षमता पनि उत्तिकै महत्वपूर्ण हुने कुरालाई पुनः स्मरण गरायो । उनीहरू दुवैले एनआरटी तालिममा आफ्नो लामो समयदेखिको कार्यगत अनुभव र व्यावहारिक ज्ञान प्रस्तुत गरेका थिए ।
सन् २००१ मा नेपाल रेडक्रस सोसाइटीमा आबद्ध भई हाल चितवन जिल्ला शाखामा कार्यरत नवीनका लागि आपत्कालीन अवस्थामा कार्य गर्नु नौलो होइन । अर्कातिर, जुनियर रेडक्रसबाट आफ्नो रेडक्रसको मानवीय स्वयंसेवा यात्रा सुरुआत गरेका प्रकाश सन् २००९ देखि नेपाल रेडक्रसको कर्मचारीका रूपमा कार्यरत छन् । उनले विकास कार्यक्रमका साथै आपत्कालीन प्रतिकार्यका कार्यहरूमा सहयोग पुर्याउँदै आएका छन् । तै पनि, दुवै तालिमप्राप्त उद्धारकर्मीका अनुसार सन् २०२६ को जुनमा नेपाल रेडक्रसद्वारा आयोजित ‘एनआरटी’ तालिमले केही फरक अनुभव प्रदान ग¥यो । अर्थात्, आपत्कालीन प्रतिकार्यका लागि अझ व्यवस्थित र समन्वयात्मक दृष्टिकोण प्रदान गर्यो । नवीन स्मरण गर्छन्, ‘मसँग पहिले नै व्यावहारिक स्थलगत अनुभव थियो । एनआरटी तालिमले मलाई अझ व्यवस्थित तरिका अपनाएर उक्त अनुभवलाई थप सुदृढ र व्यवस्थित बनाउन सहयोग पुर्यायाो ।’
उनका लागि सबैभन्दा महŒवपूर्ण सिकाइहरूमध्ये क्षति तथा आपत्कालीन आवश्यकताको लेखाजोखा कसरी गर्ने र राहत वितरणको योजना अझ प्रभावकारीरूपमा कसरी बनाउने भन्ने सिकाइ थियो । ‘विपद्का समयमा मानिसहरूका विभिन्न आवश्यकताहरू हुन्छन् र ती सबैलाई तत्काल पूरा गर्न प्रायः सम्भव हुँदैन,’ उनी भन्छन्, ‘यस तालिमले मलाई प्रभावित परिवारहरूका सबैभन्दा अत्यावश्यक आवश्यकताहरू पहिचान गर्न तथा अझ लक्षित र प्रभावकारी ढंगले सहयोगको योजना बनाउन सहयोग ग¥यो ।’
ती ज्ञान र सीपहरूको परीक्षण लगभग तुरुन्तै भयो । रसुवा, नुवाकोट र धादिङसहित आसपासका जिल्लाहरूमा आएको भीषण बाढीपछि, प्रभावित समुदायहरूसम्म पुग्न उद्धार तथा राहतकर्मीहरूले ठूलो चुनौतीको सामना गर्नुप¥यो । बाढीले आवतजावतका मुख्य मार्गहरूमा आवतजावत गर्न अवरोध एवं क्षति भएका कारण ती जिल्लाहरूमा यातायात सम्पर्क विच्छेद भएको थियो । राहत सामग्रीको ओसारपसारमा अवरोध सिर्जना भएको थियो ।
विद्युत् र सञ्चार सेवाहरू पनि नराम्ररी प्रभावित भएका थिए । जसका कारण धेरै परिवारहरू आफ्ना प्रियजनहरूसँग सम्पर्क गर्न वा सूचना प्राप्त गर्न असमर्थ भए । साथै, त्यही समयमा, विपद्का कारण बेपत्ता भएका आफ्ना आफन्तहरू एवं प्रियजनका खोजीमा मानिसहरू व्याकुल भएर भौतारिरहेका थिए । प्रतिकार्यका क्रममा प्रकाशले द्रूत लेखाजोखाहरूमा सहयोग गरे । बाढीप्रभावितको खोज, उद्धार तथा राहत वितरण व्यवस्थापनमा समन्वय गरे । स्वयंसेवक परिचालनमा सहयोग एवं समन्वय पु¥याए र नगद सहयोग प्रदान गर्न सकिन्छ कि भनेर यकिन गर्न बजारको द्रुत मूल्यांकनसमेत गरे । ‘यसअघि पनि मैले विभिन्न विपद्को प्रतिकार्यमा सम्लग्न थिएँ । सामना गरेको थिएँ, तर भोटेकोशी बाढीको अवस्था भने अत्यन्तै फरक थियो,’ प्रकाश भन्छन्, ‘त्यहाँको विनाश र सर्वस्व गुमाएका धेरै बालबालिकालाई देख्दा म निःशब्द भएँ ।’
ती कठिन परिस्थितिहरूमा, एनआरटी तालिमबाट प्राप्त मूल्यांकनसम्बन्धी सीपहरूले अति आवश्यक दिशा प्रदान गर्न सहयोग गरे । उनी भन्छन्, ‘विपद्ले पु¥याएको ठूलो क्षति देखेर आत्तिनुको सट्टा, आवश्यकताको मूल्यांकन गर्ने विधिले मानिसहरूलाई तत्काल के–कस्ता सहयोग चाहिएको छ भन्ने बुझ्न र सबैभन्दा जोखिममा रहेका परिवारलाई पहिले प्राथमिकता दिन मलाई सहज बनायो । चितवन जिल्लामा नदीको तल्लो तटीय क्षेत्रमा, नवीन प्रतिकार्यको अर्को एक महत्वपूर्ण पक्षमा सहयोग गरिरहेका थिए ।’
उनले केन्द्रीय कार्यालय, स्थानीय निकाय, सुरक्षा निकाय, जिल्ला शाखाहरू र स्वयंसेवकहरूसँग नजिक रहेर काम गरे । उनी भन्छन्, ‘समन्वयात्मक निर्णय प्रक्रियामा सहयोग पु¥याएँ । सही सूचना संकलन, विश्लेषण र आदानप्रदान सुनिश्चित गर्न मद्दत गरँे ।’ प्रकाशलाई तालिम अत्यन्तै उपयोगी साबित भयो । ‘किनभने परिस्थिति तीव्र गतिमा परिवर्तन भइरहेको थियो र प्रभावकारी समन्वय सही जानकारी तथा स्पष्ट सञ्चारमा निर्भर थियो,’ उनी भन्छन्, ‘तैपनि, आपत्कालीन प्रतिकार्यका प्राविधिक पक्षहरूका बीचमा पनि, त्यस संकटसँग जोडिएका व्यक्तिगत कथाहरूलाई बेवास्ता गर्न असम्भव थियो ।’
नवीनका सबैभन्दा चुनौतीपूर्ण जिम्मेवारीहरूमध्ये एउटा नदी किनारमा फेला परेका मानव अवशेषहरूको व्यवस्थापन गर्ने कार्य थियो । ‘बाढीले माथिल्लो भागका जिल्लाहरूबाट शवहरू बगाएर ल्याएको थियो र धेरैजसो शवहरू केही दिनपछि फेला परेका थिए,’ उनी भन्छन्, ‘केही गम्भीररूपमा कुहिएका थिए, जसले गर्दा पहिचान गर्न अत्यन्तै चुनौतीपूर्ण बनेको थियो । एउटा सम्झना विशेषरूपमा जीवन्त छ । जब मैले शव राखिने केन्द्रको भ्रमण गरेको थिएँ, मलाई सधैँ याद रहने एउटा क्षण सम्झनामा रहन गयो ।’
विद्युत् र सञ्चार सेवाहरू पनि नराम्ररी प्रभावित भएका थिए । जसका कारण धेरै परिवारहरू आफ्ना प्रियजनहरूसँग सम्पर्क गर्न वा सूचना प्राप्त गर्न असमर्थ भए । साथै, त्यही समयमा, विपद्का कारण बेपत्ता भएका आफ्ना आफन्तहरू एवं प्रियजनका खोजीमा मानिसहरू व्याकुल भएर भौतारिरहेका थिए । प्रतिकार्यका क्रममा प्रकाशले द्रूत लेखाजोखाहरूमा सहयोग गरे ।
बाढीपछि फेला परेका सामानहरूमध्ये एउटा बच्चाको विद्यालयको टाई पनि थियो । उनी भन्छन्, ‘त्यो टाई एउटा महŒवपूर्ण सूचना बन्यो, जसले बच्चाको पहिचान गर्न र शोकाकुल परिवारलाई जवाफ दिन मद्दत ग¥यो । विद्यालयको एउटा सामान्य टाई कसरी परिवार र उनीहरूका प्रियजनबीचको एकमात्र सम्पर्क सूत्र बन्यो भन्ने कुरा निकै मर्माहत बनाउने खालको थियो ।’
प्रकाशलाई उद्धार तथा राहत कार्यका क्रममा भेटेका मानिसहरू पनि याद छन् । ‘धेरै परिवारले आफ्ना कम उमेरका सदस्यहरू गुमाएका थिए,’ उनी भन्छन्, ‘उनीहरू सबैमाझ एउटा साझा कुरा के थियो भने, उनीहरू आफ्ना प्रियजनहरूको सम्झनामा थिए । भौतिक सम्पत्ति महŒवपूर्ण थिएन ।’ यस चुनौतीपूर्ण समयमा, धेरै मानिसहरूले आफ्नै व्यक्तिगत क्षति बेहोर्नुपरेको भएता पनि प्रभावित समुदायहरूलाई सहयोग गर्न अग्रसरता देखाए । दुवै उद्धारकर्ताका लागि, यी अनुभवहरूले मानवीय कार्यसम्बन्धी एउटा साझा पाठलाई अझ बलियो बनाए । स्वयंसेवक तथा समुदायका सदस्यहरूसँग मिलेर काम गर्ने क्रममा उनीहरूले असीम पीडाका साथै उल्लेखनीय सहनशीलता र ऐक्यबद्धता पनि देखे । स्वयंसेवक नवीन भन्छन्, ‘हरेक तथ्यांकको पछाडि एक व्यक्ति, एउटा परिवार र सधैँका लागि बदलिएको जीवन हुन्छ ।’
नेपालभरि जलवायु तथा विपद्जन्य जोखिमहरू बढ्दै जाँदा, हालैका बाढी प्रतिकार्यका अनुभवबाट सिकिएका पाठहरू पहिलेभन्दा अझ बढी सान्दर्भिक भएका छन् । नवीन र प्रकाशजस्ता विपद् प्रतिकार्यमा खटिनेहरूका लागि, पूर्वतयारी भनेको विपद् आइपर्दा काम गर्न तयार रहनुमात्र होइन; यसको अर्थ अत्यन्त कठिन क्षणको सामना गरिरहेका मानिसहरूले आफूलाई सबैभन्दा बढी आवश्यकता पर्दा समयमै सहयोग, सम्मान र आशा प्राप्त गर्ने सुनिश्चित गर्नु पनि हो ।
पूर्वतयारीले सायदै कहिल्यै मुख्य समाचारमा स्थान पाउँछ, तर यसको प्रभाव मानिसहरूसम्म छिटो पुग्ने हरेक प्रतिकार्यमा, सबैभन्दा बढी आवश्यकता परेको बेला सहयोग पाउने हरेक परिवारमा र आगामी संकटको सामना गर्न अझ राम्ररी तयार भएको हरेक समुदायमा महसुस गरिन्छ । रासस
(लेखक पौडेल रेडक्रस तथा रेडक्रिसियन सोसाइटीको महासंघ–आइएफआरसी नेसनल सोसाइटीककी प्रिपियरनेस संयोजक हुन्)